स्वास्थ्य

    Showing ७८१-७९० of २,६११ items.
  • पेस्तोल निकालेर तर्साउने युवक समातिए, प्रहरीद्वारा अनुसन्धान जारी

     सुनसरी/ सुनसरीको हरिनगरा गाउँपालिका–७ मा विवादका क्रममा कटुवा पेस्तोल निकालेर तर्साउन खोज्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति २५ वर्षीय सजाद अन्सारी हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार अन्सारीले बिहीबार दिउँसो करिब ३ः३० बजेतिर स्थानीय सारिक जटसँग विवाद भएको बेला पेस्तोल देखाएर धम्क्याउने प्रयास गरेका थिए। घटना थाहा पाउनासाथ प्रहरी चौकी घुस्की, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बीओपी घुस्कीको संयुक्त टोली परिचालन गरिएको थियो। स्थानीयको सहयोगमा अन्सारीलाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको खतिवडाले जानकार

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • ९२३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुई महिनामै दुई नेपाली छात्रा मृत: केआईआईटीमा के हुँदैछ?

    धरान/भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह आफ्नै होस्टेलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। पर्सा वीरगञ्जकी प्रिशा बिहीबार राति मृत भेटिएको पुष्टि विभिन्न सञ्चारमाध्यमहरूले गरेका छन्। उनकाे शव हाल अस्पतालमा राखिएको छ भने परिवार भारत पुगिसकेकाले पोष्टमार्टम प्रक्रिया अघि बढ्ने तयारीमा छ। यो घटना सामान्य देखिए पनि पछिल्लो अढाई महिनाभित्र केआईआईटीमै अर्की नेपाली छात्रा—प्रकृति लम्सालको पनि यस्तै शंकास्पद मृत्यु भइसकेको पृष्ठभूमिमा यो थप गम्भीर बनेको छ। नेपाल सरकार, परराष्ट्र मन्त्रालय र

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • ७०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट ७८३ किलो गाँजासहित ट्रक चालक र सहचालक पक्राउ

    सुनसरी/  सशस्त्र प्रहरीले धरानबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ। धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडाबाट भेडेटारतर्फ आउँदै गरेको नम्बर प्लेटविहीन ट्रकबाट ७८३ किलो गाँजा बरामद गरिएको हो। सशस्त्र प्रहरी बलको १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले शंका लागेपछि ट्रक जाँच गर्दा गाँजा भेटिएको हो। खोजतलासका क्रममा ट्रकमा ना ७ ख २८१ नम्बरको प्लेट पनि फेला परेको छ। ट्रकका चालक ३१ वर्षीय मनोज परियार (सुनसरी) र सहचालक १८ वर्षीय आकाश राई (धनकुटा)लाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • १,५७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विज्ञापन बोर्ड सदस्य एवम् पत्रकार अधिकारीलाई पितृ शोक

    इटहरी । नेपाल सरकार विज्ञापन बोर्ड सदस्य एवं कोशी प्रदेशस्थित इटहरीबाट सञ्चालित यस अनलाईन पोर्टल प्रदेश खबरका अध्यक्ष पवन अधिकारीलाई पितृ शोक परेको छ । नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष समेत रहेका सुनसरीका सक्रिय पत्रकार अधिकारीका पिता इन्द्रलाल अधिकारीको ८६ वर्षको उमेरमा बुधवार दिउँसो १ बजे निधन भएको हो । फोक्सो सम्बन्धी रोगबाट पीडित रहेका स्व.अधिकारीका पवन सहित प्रेम र ध्रुव अधिकारी छोरा र मीना, हिमा, तुलसा र अस्मिता छोरी रहेका छन् । स्व.अधिकारीको आजै दिउँसो इटहरीस्थित बूढीगङ्गा जमुना मुक्तिघाटमा अन्त्येष्टि गरिएको छ ।  

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • ६०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिहानै नालामा भेटियो युवकको शव, मोटरसाइकलसहित दुर्घटनामा परेको आशंका

    विराटनगर/  मोरङको धनपालथान गाउँपालिका–३ ललिया टोलका एक युवक बुधबार बिहान नालामा मृत अवस्थामा फेला परेका छन्। मृतक धनपालथान–२ निवासी ३७ वर्षीय विजय मण्डल रहेको प्रहरीले जनाएको छ। मण्डलको शव भेटिएको स्थान नजिकै उनी आफैंले चलाउँदै आएका को २१ प १६५६ नम्बरको मोटरसाइकल समेत फेला परेको छ। शव र मोटरसाइकल एउटै स्थानमा भेटिनुका कारण उनलाई मोटरसाइकल दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार मण्डलको शव सडकदेखि करिब तीन मिटर तल रहेको नालामा फेला परेको हो। स्थानीयवासीले शव देखेपछि बिहान करिब ६ः१५ बजे प्रहरीलाई खबर गरेका थिए। मोटर

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • ९०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रतिष्ठानमा राष्ट्रि«य स्तरको अग्नाशय क्यान्सरको सम्मेलन

    धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा अग्नाशयमा हुने क्यान्सरसम्बन्धी एकदिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलन २०८१ सालको चैत्र २२ गते प्रतिष्ठानको अडिटोरियम हलमा सम्पन्न भएको हो। ग्याष्ट्रो–इन्टेस्टाइनल सर्जरी विभाग, इन्टर्नल मेडिसिन विभाग तथा ग्याष्ट्रो–इन्टेरोलोजी एण्ड हेपाटोलोजी विभागको संयुक्त आयोजनामा सम्पन्न उक्त सम्मेलनमा देशभरका एक सयभन्दा बढी क्यान्सर विशेषज्ञ, सर्जन, रेडिएसन तथा मेडिकल अन्कोलोजिष्टहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनको उद्घाटन प्रतिष्ठानका डीन प्रा.डा. शिवेन्द्र झाले पानसमा बत्ती बालेर गर्नु भएको थियो। स्वागत म

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • ८१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दीर्घरोगी लक्षित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    धरान/अव्यवस्थित जीवनशैली र असन्तुलित खानपानका कारण समाजमा बढ्दै गएका दीर्घ रोगीहरुलाई लक्षित गरी परिवर्तनका लागि सामाजिक अभियानु नामक संस्थाले निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण गरेको छ। धरान–१ स्थित धरान मोडल कलेजमा आइतबार आयोजना गरिएको ७८औं संस्करणको शिविरमा मुटुरोग विशेषज्ञ प्रा.डा. प्रशान्त शाहले जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्नुभएको हो। शिविरमा विशेष गरी मुटु रोग, मधुमेह र उच्च रक्तचापका समस्याबाट प्रभावित ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरिएको थियो। परिवर्तनका लागि सामाजिक अभियानका अध्यक्ष विष्णु बरालका अनुसार, प्रत्येक महिनामा दुई पटक यस्ता शिविर नियमित र

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ७१६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षा–स्वास्थ्य ठप्प, विद्यार्थी–बिरामी मारमा

    काठमाडौँ/ झन्डै एक महिनादेखि शिक्षक र चिकित्सक आन्दोलनमा उत्रिँदा मुलुकको शिक्षा र स्वास्थ्य सेवा ठप्पजस्तै भएको छ। सरकारले आन्दोलनलाई वेवास्ता गर्दै दमन र हस्तक्षेप बढाएपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ भने बिरामीहरू उपचारको अभावमा मारमा परेका छन्। आइतबार काठमाडौंमा आन्दोलनरत शिक्षक र सुरक्षाकर्मीबीच झडप हुँदा ६२ जना शिक्षक तथा कर्मचारी घाइते भएका छन्। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ भने पत्रकार सबिना कार्कीको समेत दुबै आँखामा चोट लागेको छ। आन्दोलनमा शान्तिपूर्ण तरिकाले उत्रिएका शिक्षकहरूमाथि सरकारको दमन चर्किएको भन्दै महासंघले आन्दोलन अझ तीव्र बनाउने चेतावनी दिएको छ। महा

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ६०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नेपालकै पहिलो आइविए प्रो एण्ड एमेचर फाइट नाइट भव्य सम्पन्न

    धरान/ धरान बक्सिङको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय स्तरको आइविए प्रो एण्ड एमेचर महिला तथा पुरुष धरान फाइट नाइट २०२५ शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा ४ वटा प्रो फाइट तथा ५ वटा एमेचर फाइट सम्पन्न भएका थिए। प्रो फाइट अन्तर्गत फ्लाइ वेट ९५१ केजी० तौल समूहमा झापाका फुङलाङ काम्बाङले नक्साल, काठमाडौंका आयुसलाई ५–० अंकले युनानिमस निर्णयमा पराजित गर्दै स्वर्ण पदक जिते। फेदर वेट ९५७ केजी० मा एभिसी धरानका सिंहविर लिम्बुले त्रिभुवन आर्मी क्लबका पुरन सुनुवारलाई ३–१ अंकले स्प्लिट डिसिजनमा हराउँदै स्वर्ण हात पारे। त्यस्तै, लाइट वेट ९६० केजी० मा सिएचजी काठमाडौंका सुलभ मालीले

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ७१६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खाँदबारीमा घरमै सुतिरहेका वृद्धको हत्या, दुई जना फरार

     तुम्लिङटार/ संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा घरमै सुतिरहेका एक वृद्धको हत्या भएको छ। हत्या गरी फरार भएका दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। शनिबार राति करिब १२ बजेतिर आफ्नै घरको बरन्डामा सुतिरहेकै बेला ७२ वर्षीय मीनबहादुर कुमालमाथि दुई अपरिचित व्यक्तिले आक्रमण गरेका थिए। इलाका प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार कुमालको घाँटी थिचेर गम्भीर घाइते बनाइएको थियो। तत्कालै उपचारका लागि मनकामना सामुदायिक अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाको समयमा कुमालले चिच्याउँदा घरभित्र सुतिरहेकी उनकी पत्नी सुनम

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • ६६६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved