धरानबाट ७८३ किलो गाँजासहित ट्रक चालक र सहचालक पक्राउ

  • वैशाख १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  सशस्त्र प्रहरीले धरानबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ।

धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडाबाट भेडेटारतर्फ आउँदै गरेको नम्बर प्लेटविहीन ट्रकबाट ७८३ किलो गाँजा बरामद गरिएको हो।

सशस्त्र प्रहरी बलको १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले शंका लागेपछि ट्रक जाँच गर्दा गाँजा भेटिएको हो।

खोजतलासका क्रममा ट्रकमा ना ७ ख २८१ नम्बरको प्लेट पनि फेला परेको छ।

ट्रकका चालक ३१ वर्षीय मनोज परियार (सुनसरी) र सहचालक १८ वर्षीय आकाश राई (धनकुटा)लाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई ट्रक र बरामद गरिएको गाँजासहित थप कारबाहीका लागि बुधबार राति जिल्ला प्रहरी कार्यालय, सुनसरीमा बुझाइएको उनले बताए।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved