शिक्षा–स्वास्थ्य ठप्प, विद्यार्थी–बिरामी मारमा

  • वैशाख १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँझन्डै एक महिनादेखि शिक्षक र चिकित्सक आन्दोलनमा उत्रिँदा मुलुकको शिक्षा र स्वास्थ्य सेवा ठप्पजस्तै भएको छ।

सरकारले आन्दोलनलाई वेवास्ता गर्दै दमन र हस्तक्षेप बढाएपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ भने बिरामीहरू उपचारको अभावमा मारमा परेका छन्।

आइतबार काठमाडौंमा आन्दोलनरत शिक्षक र सुरक्षाकर्मीबीच झडप हुँदा ६२ जना शिक्षक तथा कर्मचारी घाइते भएका छन्। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ भने पत्रकार सबिना कार्कीको समेत दुबै आँखामा चोट लागेको छ।

आन्दोलनमा शान्तिपूर्ण तरिकाले उत्रिएका शिक्षकहरूमाथि सरकारको दमन चर्किएको भन्दै महासंघले आन्दोलन अझ तीव्र बनाउने चेतावनी दिएको छ।

महासंघले सरकारसँग वार्तामार्फत समस्याको समाधान गर्न आग्रह गर्दै सबै शिक्षक र कर्मचारीहरूलाई काठमाडौंमा भेला हुन अपिल गरेको छ।

महासंघका उपाध्यक्ष सुवेदीले भने, ‘‘हामी शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौं, तर सरकारले दमन गर्‍यो। अब अन्यायको प्रतिकारमा आन्दोलन थप चर्काउनेछौं।’’

शिक्षक र चिकित्सकको आन्दोलनले देशभरका विद्यालयमा पढाइ अवरुद्ध छ भने अस्पतालहरूमा नियमित सेवा प्रभावित भएका छन्।

आम नागरिक र बालबालिकाको भविष्यमाथि गम्भीर संकट उत्पन्न भएको भन्दै सरोकारवालाहरूले चाँडै समाधान खोज्न सरकारलाई आग्रह गरेका छन्।

महासंघले आन्दोलन भड्काउन केही समूहले योजना गरेको आरोप लगाउँदै, त्यसको आडमा प्रहरीद्वारा शिक्षक–कर्मचारीमाथि पानीको फोहोरा र लाठी प्रहार भएको जनाएको छ। घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग गर्दै महासंघले घटनाको घोर निन्दा र भर्त्सना गरेको छ।

चैत २० गतेदेखि जारी आन्दोलनमा सरकारले कुनै ठोस कदम नचालेपछि शिक्षक र कर्मचारी आक्रोशित भएका छन्। शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत सेवा ठप्प हुँदा विद्यार्थी र बिरामी सबैभन्दा बढी पीडित भएका छन्।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved