धरानमा दीर्घरोगी लक्षित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • वैशाख १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/अव्यवस्थित जीवनशैली र असन्तुलित खानपानका कारण समाजमा बढ्दै गएका दीर्घ रोगीहरुलाई लक्षित गरी परिवर्तनका लागि सामाजिक अभियानु नामक संस्थाले निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण गरेको छ।

धरान–१ स्थित धरान मोडल कलेजमा आइतबार आयोजना गरिएको ७८औं संस्करणको शिविरमा मुटुरोग विशेषज्ञ प्रा.डा. प्रशान्त शाहले जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्नुभएको हो।

शिविरमा विशेष गरी मुटु रोग, मधुमेह र उच्च रक्तचापका समस्याबाट प्रभावित ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरिएको थियो।

परिवर्तनका लागि सामाजिक अभियानका अध्यक्ष विष्णु बरालका अनुसार, प्रत्येक महिनामा दुई पटक यस्ता शिविर नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

७८औं संस्करणसम्म आइपुग्दा हजारौँ जेष्ठ नागरिकले निःशुल्क स्वास्थ्य सेवा र औषधि लाभ उठाएको अध्यक्ष बरालले जानकारी दिनुभयो। यसपटकको शिविरमा ७५ जना उच्च रक्तचाप र मुटुरोगीलाई निःशुल्क उपचारसहित औषधि वितरण गरिएको छ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले जेष्ठ नागरिकका लागि समर्पित यो मानवीय अभियानलाई प्रशंसनीय कदम भन्दै संस्थालाई धन्यवाद दिनुभयो।

अस्पतालसम्म पुग्न नसक्ने अशक्त जेष्ठ नागरिकलाई लक्षित गरेर निरन्तर सेवा पुर्‍याउँदै आएकोमा प्रा।डा। शाहको योगदान पनि उल्लेखनीय रहेको बताइएको छ। संस्थाले आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिने जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved