बिहानै नालामा भेटियो युवकको शव, मोटरसाइकलसहित दुर्घटनामा परेको आशंका

  • वैशाख १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  मोरङको धनपालथान गाउँपालिका–३ ललिया टोलका एक युवक बुधबार बिहान नालामा मृत अवस्थामा फेला परेका छन्। मृतक धनपालथान–२ निवासी ३७ वर्षीय विजय मण्डल रहेको प्रहरीले जनाएको छ।

मण्डलको शव भेटिएको स्थान नजिकै उनी आफैंले चलाउँदै आएका को २१ प १६५६ नम्बरको मोटरसाइकल समेत फेला परेको छ।

शव र मोटरसाइकल एउटै स्थानमा भेटिनुका कारण उनलाई मोटरसाइकल दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार मण्डलको शव सडकदेखि करिब तीन मिटर तल रहेको नालामा फेला परेको हो। स्थानीयवासीले शव देखेपछि बिहान करिब ६ः१५ बजे प्रहरीलाई खबर गरेका थिए।

मोटरसाइकल चलाउने क्रममा सन्तुलन गुमाउँदा मण्डल सडकबाट नालामा खसेको र उठ्न नसकेर घटनास्थलमै मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ।

इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको प्रहरी टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved