विराटनगर / विराटनगर महानगरपालिकाले गर्भवती महिलाहरुलाई पोषणसहितका सामग्री वितरण गरेको छ । १६ औं गणतन्त्र दिवसको अवसर पारेर विराटनगर –१८ स्थित फडानीमा आयोजित एक कार्यक्रममा महानगरले १ थान ठूलो छाता (लाहुरेछाता), १ थान झुल, ५ थान नुहाउने साबुन, ३ किलो मिक्स गेडागुडी र एक क्रेट अण्डा वितरण गरेको हो । कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, १८ नम्बर वडाका अध्यक्ष जितेन्द्रकुमार साह, सामाजिक समितिका सदस्य सरिता घिमिरे नेपाल,ओमप्रकाश साह, सामान्य प्रशासन महाशाखा प्रमुख अर्ज
धरान । इकाइ बन कार्यालय धरानले फोहोर फाल्ने स्थानको बनाउँदै गरेको गेटको पिलर भत्काएपछि धरान उपमहानगरपालिकाले वन कार्यालय परिषरमै लगेर फोहोर फालेको छ । धरान उपमहानगरपालिकाको डम्पीङ साइडको गेटमा बनाउन लागेको पिलर वन कार्यालयले डोजर लगाएर भत्काइ दिएपछि विरोध स्वरुप वन कार्यालय परिषरमा फोहोर फालेको हो । स्थानीय सरकारलाई वन कार्यालयले काम गर्न नदिएको आरोप लगाउँदै नगरपालिका मेयर हर्क साम्पाङले आक्रोश व्यक्त गरेका थिए । उनले स्थानीय सरकारको कामलाई अवरुद्ध गरे धरानको फोहार दैनिक वन कार्यालय परिषरमै फाल्ने चेतावनी दिएका छन् । धरान उपमहानगरपालिकाको डम्पिङ साइडमा अनैतिक ढंगले आउने फोहोरका गाडीहरुलाई
विराटनगर / विराटनगर स्थित ग्रिनक्रस अस्पतालले सर्पदंशका एक विरामीको सफल उपचार गरेको छ । वैशाख ३१ गते गोमन सर्पले डसेर ग्रिनक्रस अस्पतालमा उपचारार्थ भर्ना भएकी ६८ वर्षीया गंगामाया आचार्यको सफल उपचार गरेको हो । सुन्दरहरैचा ७ गोठगाउँकी आचार्य अचेत अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । आचार्यको श्वासप्रश्वास एवं धड्कनको गति स्थिर नभएको अवस्थामा सो अस्पतालको चिकित्सक समूहको विशेष टोलीले उनको स्वास्थ्य अवस्था गम्भीर ठानी भेन्टिलेटरसहितको सघन उपचार कक्षमा राखेर उपचार शुरू गरेको थियो । पाँच दिनसम्मको अथक प्रयास पछि ग्रिनकस अस्पतालले उनलाई बचाउन सफल भएको हो । आफन्तहरूले माया मारिसकेकै अवस्थाम
रबिन्द्र बराल / पछिल्लो समय महिलाहरुमा पाठेघरको समस्या अधिक देखिन थालेको छ । महिलाहरुको पाठेघरको समस्या बढ्दै गएपछि रंगेली नगरपालिकाले विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । नगरपालिकाले महालक्ष्मी बिधालय दर्वेशामा सोमबार शिविरको आयोजना गरेको थियो । शिविरमा दर्वेशा, बक्राह टोल, खादी टोल,आचार्य टोल,चाईनागेट टोल लगायतका स्थानीय महिलाहरुले पाठेघरको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । । नगरपालिकाले उपचारबाट बन्चित भएका विपन्न घरपरिवारका महिलाहरुलाई लक्षित गरी शिविरको आयोजना गरेको हो । धेरै महिलाहरु लाजका कारण अस्पतालसम्म नपुग्ने, आर्थिक समस्याका कारण समेत उपचार गराउन
मोरङ / अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।विराटनगरमा एक भव्य कार्यक्रम आयोजना गरी नर्सहरुको सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो । हस्पिटलमा कार्यरत एक सय जना नर्सलाई हस्पिटलले सम्मान गरेको छ । सम्मानित हुने नर्सहरुलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरालाले कदर पत्रर र दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । सम्मानित हुने नर्सहरुमा दश वर्ष र पाँच वर्ष वर्षभन्दा बढी न्यूरो हस्पिटलमा काम गरेका प्रत्येक विभागमा कार्यरत उत्कृष्ट नर्सलाई सम्मान गरिएको अस्पतालले जनाएको छ । का
मोरङ / नेपाल नर्सिङ संघ मोरङको नवनिर्मित भवन उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिका –४ कञ्चनवारीस्थित नोबेल मेडिकल कलेज परिसरमा निर्माण गरिएको भवन अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसर पारेर उद्घाटन गरिएको हो । जग्गादाता होमादेवी न्यौपानेले शिलालेखको पर्दा उघारेर भवन उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै जग्गादाता न्यौपानेले नर्शहरुलाई विरामीको राम्रो सेवा गर्न सुझाव दिदै नर्सिङ संघलाई आफ्नो भूमिका अब्बल बनाउँन शुभकामना दिइन् । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माकी आमासमेत रहेकी न्यौपानेले नर्सिङ संघको कार्यालयलाई व्यवस्थित गर्न थप ५० हजार प्रदान गर्ने घोषणा पनि गरिन् । का
सुनसरी / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समय समयमा चिकित्सकले गरेका लापारबाहीका घट्ना बाहिरिने गरेका छन् । त्यहाँ कार्यरत चिकित्सक, नर्सहरुले विरामी तथा विरामीका आफन्तप्रति गरेको दुव्र्यवहारका विषयमा पनि समाचार आउने गरेका छन् । पछिल्लो समय चिकित्सकले गरेको हेलचेक्र्याइएको समाचार बाहिरिएको छ । धरान २ निवासी मुकुस अग्रवालको उपचारमा चिकित्सक गम्भीर नभएको तर विरामी र विरामीका आफन्तलाई अनावश्यक दु: ख दिएको भन्दै परिवारले पत्रकार सम्मेलनकै आयोजना गरेर आफ्नो व्यथा सुनाएका छन् । धरान २ निवासी विरामी अग्रवालकी बहिनी पूजा अग्रवालले प्रतिष्ठानका चिकित्सक डा. लोकेस जैयसव
धरान / बराहक्षेत्र नगरपालिका वडा नं. १ चावचा गाउँमा कोकाहा खानेपानी परियोजनामा काम गर्न गएका कामदारको लापारबाहीका कारण लागी हुदा स्थानीय मोहन दाहालको घर जलेर पूर्ण नष्ट भएको छ । विहीबार दिउँसो तीन बजेको समयमा खाना पकाएर आगो ननिभाइ जाँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको मोहन दाहालकी बुहारी गंगा कार्की दाहालले बताइन् । उनका अनुसार श्रमदान धरानबाट कोकाहा खानेपानीका लागि श्रमदानमा गएकाहरु त्यही घरमा खाने, सुत्ने र दिउँसो काममा जाने गर्थे । तर विहीबार भने खाना खाइसकेपछि आगो ननिभाईकन जादा घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । उनले भनिन्–‘ हाम्रो घरबाट अलि पर बर्खामा बस
धरान / स्वास्थ्यलाई प्रभावकारी बनाउन हरेक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने संघीय सरकारको योजना अनुसार स्थानीय तहमा अगाडि बढाइएको हो । स्थानीय सरकार सञ्चलान ऐन २०७४ सबै स्थानीय तहमा १५ शैया अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था छ । धनकुटाका सबै स्थानीय तहले १० शैयाको आधारभूत अस्पतालको निर्माणको तयारीमा रहेका छन् । अस्पताल सञ्चालनमा आए उपचारका लागि टाढा टाढा धाउनुपर्ने अवस्थाको अन्त्य हुने थियो । तर धनकुटाका अधिकांं स्थानीय तहमा अस्पताल निर्माणको काम शुरु भइसकेको छ । २०७७ साल मंसिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ सय ९६ स्थानीय तहमा आधारभूत स्वास्थ्य अस्पतालको शिलान्यास
विजयपुर /धरान वडालाई नै लागू पदार्थ दुव्र्यसन रहित वडा बनाउने उदेश्यले धरान उपमहानगरपालिका वडा नम्बर ४ मा दुई दिने सचेतना कार्यक्रम सुरु गरिएको छ । धरान उपमहानगपालिका वडा नम्बर ४ को सहयोग र जनता मिडिया हव धरानको आयोजनामा दुई दिने सचेतना कार्यक्रम सुरु गरिएको छ। पहिलो दिनको सचेतना कार्यक्रम शनिवार वडा कार्यालयको भवनमा सम्पन्न भएको छ । वडालाई लागु पदार्थ दुर्वशन रहित वनाउनको लागि धरान उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले दुई दिने लागू पदार्थ विरुद्धको दुई दिने सचेतना कार्यक्रम आयोजना गरिएको औपचारिक कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथी&nb