विराटनगर/ नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री शिव कुमार मण्डलका दाजु/भाईले स्थानीय एक जनालाई कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएका छन् ।
आइतबार सुनवर्षी–६ स्थित कैमीमा माओवादी केन्द्रका नेता मण्डलका दाजु राजकुमार, भाई रामेश्वर र उनका भतिजहरु मिलेर स्थानीय अजय मण्डललाई कुटपिट गरेका हुन् ।
उनीहरुले ‘आमाचकारी’ गाली गर्दै लेखेटी–लखेटी कुटपिट गरेको अजयले बताएका छन् ।
भिडियो :
उनले आफुले पाउने रकम माग्दा उल्टै पूर्वमन्त्री मण्डलका दाजु÷भाईले कुटपिट गर्ने र आगो लगाएर ज्यान मार्ने धम्की दिएको बताए ।
उनले लामो समयदेखि आफ्नो करिब तीन लाख रुपैयाँ लिन बाँकी रहेको र सोही विषयलाई लिएर उल्टै माओवादी नेता मण्डलका दाजुभाईले आफुलाई कुटपिट गरेको आरोप लगाए ।
अजयले आफुसहित कामदारहरुलाई पनि तथानाम अमाचकारी गाली गलौज गर्दै कुटपिट गरेको बताए ।
‘माओवादी नेताको परिवारको मान्छे भन्दैमा जे पनि गर्न पाइन्छ रु माथिसम्म पहुँच छ भन्दै आगो लगाएर मार्दिन्छु भनेका छन् ।
लखेटी–लखेटी कुटेका छन् ।’ उनले भने,‘असुरक्षित भएकाले रंगेली प्रहरीमा जाहेरी दिएको छु ।’
अजयले जाहेरी दिएको प्रहरी स्रोत जनाएको छ । स्थानीयवासीले सो घटनालाई गम्भिर रुपमा लिएर शान्ति सुरक्षा कायम गराउन प्रहरी प्रशासनसँग माग गरेका छन् ।