वीपी प्रतिष्ठानमा १८ केजी बढीको ट्यूमर निकालियो

  • माघ २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक महिलाको डिम्बासयबाट १८.६ किलो वजन तथा ५० से.मी. आकारको ट्यूमर शल्यक्रिया गरि सफलतापूर्वक निकालिएको छ ।

मोर¨ जिल्लामा बसोबास गर्दै आएकी ३९ वर्षिय ती महिलाको २०८१ असोज २२ गते उक्त शल्यक्रिया प्रतिष्ठानको गाइनोकोलोजी एण्ड अब्स्टेट्रिक्स विभागका एसोसिएट प्रोफेसर तथा गाइनो(अन्कोलोजी सर्जन डा.रमेश श्रेष्ठको नेतृत्वमा भएको हो ।

सामान्यतया डिम्बाशयको ट्यूमर भन्नाले महिलाहरुमा प्रजनन् अ¨को रुपमा रहेको डिम्बाशय (Ovary) को कोषिका अनियन्त्रित रुपमा बढ्दै जानु हो ।

महिलाहरुमा सामान्यतया यो डिम्बाशय पाठेघरको माथिल्लो भागको दा“या र बा“या दुवै भागमा टा“सिएर रहेको अवस्थामा हुन्छ ।

डिम्बाशयको ट्यूमर प्राय क्यान्सर रहित अवस्था (Benign), क्यान्सर हुनसक्ने अवस्था (Borderline) र क्यान्सर भएको अवस्था (Malignant) का हुन्छन् ।

बिरामीको स्वास्थ्य समस्या बारे जानकारी (History), प्रत्यक्षरुपमा जा“चबुझ (Clinical Examination), रगतको परिक्षण (Tumor Markers), Ultrasound र CT Scan जस्ता रेडियोलोजीकल परिक्षणहरुबाट ट्युमरको अवस्था बारे पत्ता लगाई त्यसको शल्यक्रियाको जटिलता बारे अनुमान गर्ने गरिन्छ ।

चार महिना देखि हिड्डुल गर्न, खान र श्वास प्रश्वासमा कठिनाई भोग्दै आएकी तथा आर्थिक स्थित नाजुक भएकी ती महिला आफ्नो उपचारको लागि विराटनगर, भरतपुर लगायत पोखरासम्म पुगेकी थिइन ।

तर आर्थिक अभावका साथै शल्यक्रियाको जटिलताका कारणले उनको शल्यक्रिया हुन नसकेकोले अन्त्यमा उपचारको आशा बोकी यस प्रतिष्ठानमा आएको कुरा निजको श्रीमान्ले बताए ।

निज महिलाको आर्थिक अवस्थालाई मध्यनजर गर्दै विभागीय प्रमुख प्रा.डा. अचला ठाकुरको सिफारिशमा प्रतिष्ठानले सबै परिक्षणहरु, बेड चार्ज तथा शल्यक्रियाको निःशुल्क व्यवस्था गरेको थियो ।

यस प्रकारको जटिल शल्यक्रिया (Fertility sparing surgery=Right salphingo – oophorectomy + Left ovarian biopsy + Total omentectomy + Bilateral pelvic lymph node dissection + Para-aortic lymph node dissection) सफलतापूर्वक सम्पन्न गर्नमा डा. श्रेष्ठ लगायत उक्त विभागकी प्रा.डा. प्रिथा बस्नेत, डा. सन्तोष कुमार झा, डा. रिचा भट्टराईको संलग्नता रहेको थियो ।

त्यसैगरी, एनेस्थेसियोलोजी विभागबाट डा. योगेश ढकाल तथा वहा“को टिमको संलग्नता रहेको थियो भने नर्सि¨ तर्फबाट श्री सुजाता राई लगायत टिमको संलग्नता रहेको थियो ।

शल्यक्रिया पश्चात् महिलालाई बा“की औषधोपचारका लागि ९ दिनसम्म वार्डमा राखी २०८१ कात्तिक १ गते सकुशल डिस्चार्ज गरिएको थियो ।

जटिल स्वास्थ्य समस्याबाट ग्रसित भई कष्टकर जिवन भोग्दै गर्दा उपचारको खोजीमा चार महिनादेखि भौतारिएकी ती महिला तथा उनको श्रीमान्ले उक्त सफल तथा निःशुल्क शल्यक्रिया प्रतिष्ठानमा मात्र सम्भव भएकोमा उपचारमा संलग्न सम्पूर्ण चिकित्सक तथा कर्मचारी लगायत प्रतिष्ठान प्रति आभार व्यक्त गरेका थिए ।

डिस्चार्ज भएको दुई महिना पश्चात् ती महिला तथा उनको श्रीमान् बायोप्सीको रिपोर्ट सहित ओपीडीमाFollow up  का लागि आएका थिए र प्रतिष्ठानको प्याथोलोजी विभागको रिपोर्ट अनुसार उक्त ट्यूमर क्यान्सर हुन सक्ने अवस्था (Borderline) को मात्र रहेको थियो ।

उपचार नै गर्न असम्भव जस्तो लागेको आफ्नी श्रीमतीलाई पुनः पुरानै अवस्थाको जस्तो तन्दुरुस्त बनाइदिएकोमा सम्बन्धित सम्पूर्णलाई पुनः धन्यवाद दि“दै प्रतिष्ठान प्रति अझ विश्वास बढेको श्रीमान्ले बताएका थिए ।

tumar

pb-pratisthanama Photo---4

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved