धरानमा ३०औं जनयुद्ध दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

  • फागुन १, २०८१
  • कोशीपत्र/संवाददाता
alt -तस्बिर: गणतन्त्र खबर

धरान/  नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिले ३०औं जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

विहीबार बिहान धरानको भानुचौकमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका नेता, कार्यकर्ता र शुभचिन्तकहरूले रक्तदान गर्दै जनयुद्धको स्मरण गरेका छन्। कार्यक्रमको प्रमुख आतिथ्य माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्वर काङमाङले गर्नुभएको थियो।

धरान नगर समितिले प्रत्येक वर्ष जनयुद्ध दिवसलाई रक्तदान कार्यक्रममार्फत मनाउँदै आएको छ। यस वर्ष १२२ पिन्ट रगत संकलन भएको नगर सदस्य जीवन राईले जानकारी दिनुभयो।

नगर समितिका अध्यक्ष उद्धव लिम्बुले जनयुद्ध दिवसका अवसरमा तीनवटा कार्यक्रम आयोजना गरिएको बताउनुभयो। रक्तदान कार्यक्रमपछि दिउँसो धरानभरका शहीद र बेपत्ता परिवारका घरमा सम्मान र साँझ दीप प्रज्वलन गरिने उहाँले जानकारी दिनुभयो।

वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा परिणत भएको थियो। त्यही जनयुद्धको आधारमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको हो। गणतन्त्र, संघीयता, समावेशी लोकतन्त्र र सामाजिक न्यायजस्ता उपलब्धिहरू जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित भएका छन्।

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

धरान–८ को खहरे पुल ...

 सुनसरी/धरान उपमहानगरपालिका–८ स्थित अरुण टोल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved