धरानमा कोशी प्रदेश प्रिमियर लिग धरानमा सुरु

  • माघ २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । कोशी प्रदेश प्रिमियर लिग फुटबल सोमबारबाट धरानमा सुरु भएको छ ।
धरान रगशालामा सुरु भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लब र ताप्लेजुङको प्रगतिशिल युवा क्लब विजयी हुँदै आ–आफ्नो समहुको शिर्ष स्थानमा उक्लिएका छन् ।

WhatsApp Image 2025-02-10 at 18.56.21

पहिलो खेलमा गाईघाट फुटबल क्लबले भाजपुरको लाइबेरी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै तीन अक सहित समुह बीको शिर्ष स्थानमा रहेको छ । गाईघाटको जितको लागी प्रविन राईले दुई गोल गरेका थिए भने प्रितम चौधरीले एक गोल थपेका थिए । खेलको म्यान अफ द म्याच घोषित हुँदै प्रविन राईले नगद ५ हजार सहित ट्रफि हात पारे ।

WhatsApp Image 2025-02-10 at 18.56.25

त्यस्तै सोमबार भएको दोस्रो खेलमा सुनसरीको धरान फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित ताप्लेजुङको प्रगतिशिल युवा क्लब तीन अक सहित समुह डी को शिर्ष स्थानमा रहेको छ । प्रगतिशिलको जितका लागी सबिन तामाङ र अनुप सेन्दोङले गोल गरेका थिए भने धरान फुटबल क्लबका सबिन राईले एक गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच प्रगतिशिल युवा क्लबका सविन तामाङ घोषित हुँदै नगद ५ हजार पुरस्कार प्राप्त गरेका थिए ।

WhatsApp Image 2025-02-10 at 18.56.19
कोशी प्रदेश फुटबल सघको आयोजनामा फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियनहरुको सहभागीता रहेको कोशी प्रदेश फुटबल सघका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो । यस प्रतियोगिताको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तरप्रादेशिक लिग खेल्न छनौट हुनेछन् । प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री षडानन्द मण्डलले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री षडानन्द मण्डलले धरानमा खेल पर्यटनको अपार सम्भावना भएको भन्दै त्यसै अनुसार प्रदेश सरकारले योजना बनाउने बताए । कोशी प्रदेश फुटबल सघका अध्यक्ष किशोर राईले फुटबल खेल व्यवसायीक रुपमा विकास हुँदै गइरहेको बताए ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved