प्रतिबन्धित लागूऔषध सहित ४ जना पक्राउ

  • फागुन १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/  इलाम र मोरङका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

माघ ३० गते बिराटनगर महानगरपालिका-१७ स्थित चेकजाँचको क्रममा, इलाका प्रहरी रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको ३२ वर्षीय बिजय राईलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। राई मोरङको बेलबारी नगरपालिका-४ का निवासी हुन्।

त्यसै गरी, इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पथरीशनिश्चरे-१ का ३३ वर्षीय बाल कृष्ण परियार र २० वर्षीय मौषम धिमाललाई १०५ चक्की ट्रामाडोलसहित नियन्त्रणमा लिएको छ।

इलामको महमाई प्रहरी चौकीबाट गस्ती टोलीले माई नगरपालिका-७ का ४५ वर्षीय टेक बहादुर लिम्बुलाई ७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिहरुका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

श्रीमानको खुकुरी प्र ...

झापा/ झापाको दमकमा श्रीमान–श्रीमतीबीच भएको झगडापछ ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved