स्वास्थ्य

    Showing ७४१-७५० of २,६११ items.
  • बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरको प्रकोप, ३६ बङ्गुरको मृत्यु

    सुनसरी/  बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ वटा बङ्गुरको मृत्यु भएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोजकुमार महतोका अनुसार स्थानीय किसानले व्यावसायिक रूपमा पालेका बङ्गुरमा यो सङ्क्रमण पुष्टि भएको हो। बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको र तीमध्ये १७ वटाको मृत्यु भएको छ। त्यस्तै, बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण पुष्टि भएकोमा सातवटा बङ्गुर मरेका छन्। यसैगरी, स्थानीय सुवास श्रेष्ठको बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको र १२ बङ्गुरको मृत्यु भएको डा. महत

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • ७३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जङ्गलमा निगुरो टिप्न गएका पुरुषको पाँच दिनपछि शव भेटियो

    सुनसरी / मोरङको कानेपोखरी गाउँपालिका–५ का ५२ वर्षीय जितलाल राजवंशीको शव पाँच दिनपछि जङ्गलमा फेला परेको छ। निगुरो टिप्न भनी घरबाट निस्किएका राजवंशी यही जेठ २ गते बिहानदेखि बेपत्ता थिए। राजवंशीको खोजीमा परिवार र स्थानीयवासी निरन्तर खटिएका थिए। अन्ततः जेठ ६ गते बिहान करिब ११ बजे कानेपोखरी–७ स्थित राष्ट्रिय वन क्षेत्रभित्र उनको शव फेला परेको हो। शव घरदेखि करिब पाँच किलोमिटर उत्तरतर्फको जङ्गलभित्र भेटिएको स्थानीयले जानकारी दिएका छन्। शव फेला परेपछि तत्काल इलाका प्रहरी कार्यालय कानेपोखरीलाई खबर गरियो। सूचना प्राप्त हुनेबित्तिकै प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुग्यो। स

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • ६७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विवाहित महिलासँगको प्रेम सम्बन्धकै कारण युवकको हत्या: ६ जना पक्राउ

    सर्लाही/ विवाहित महिलासँग प्रेम सम्बन्ध राखेकै कारण सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ किसनपुरका २८ वर्षीय अरविन्दकुमार पण्डितको हत्या गरिएको खुलेको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका–८ स्थित उखु खेतमा वैशाख ३० गते बिहान उनको शव फेला परेको थियो। सुरुवातमा रहस्यमय देखिएको घटनाको अनुसन्धान गर्दा पण्डितको योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको हो। प्रहरीले हत्या वैशाख २८ गते भएको जनाएको छ। प्रहरी अनुसन्धान अनुसार, पण्डित र ईश्वरपुर–६ की २५ वर्षीया नजिमा खातुनबीच प्रेम सम्बन्ध थियो। चैत १९ गते ती दुई गाउँबाट भागेर भारत गएका थिए र केही दिनपछि फर्किएका थिए। गाउँमा बसेको पञ्चायतले

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • १,३४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेतृत्वविहीन बीपी प्रतिष्ठान: भागबन्डा मिलाउन नसक्दा प्रतिष्ठानको शैक्षिक भविष्य अन्योलमा

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनाभन्दा बढी समयदेखि उपकुलपति नियुक्त नहुँदा संस्थाको सञ्चालन अस्थायीत्वको अवस्थामा पुगेको छ। राजनीतिक भागबन्डा मिलाउन नसक्दा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्न नसकेको हो। गत चैत २७ गतेदेखि उपकुलपति पद रिक्त भएपछि प्रतिष्ठानको नेतृत्व कार्यवाहक रूपमा डा. सञ्जीव शर्माले सम्हालिरहेका छन्। तर निमित्त नेतृत्वले दीर्घकालीन योजना, बजेट निर्माण, अन्तर्राष्ट्रिय सहकार्य र गुणस्तरीय सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्ने गुनासो कर्मचारी र सरोकारवालाबाट उठिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेका च

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • ७०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सांसद र डीएसपीको कार नै ठोक्किएपछि....

    मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो प्रदेशसभा सांसदहरू चढेको कार र प्रहरीको डीएसपीले चलाएको अर्को कार एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। झापाबाट विराटनगर आउँदै गरेको बा ५ च ३५३० नम्बरको कार र झापातर्फ गइरहेको बी एई १४०६ नम्बरको कार दिउँसो २ बजेतिर ठोक्किएका हुन्। बी एई १४०६ नम्बरको कारमा कोशी प्रदेशसभा सदस्यहरू मैयाँ श्रेष्ठ लावती (नेपाली कांग्रेस) राधाकृष्ण खनाल (एमाले), नम्बरलाल धिमाल (एमाले) र विद्या चाम्लिङ (नेकपा एकीकृत समाजवादी) सवार थिए। उनीहरू प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर जाँदै थिए। दुर्घटनाको समयमा सांसद सवार कार झ

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ५९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गहुँगोरो वर्ण, कालो कपाल... शव फेला तर को हुन् उनी?

    बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरा स्थित बालसन्त आश्रमको पछाडिपट्टि कोसी नदीको भंगालोमा एक अज्ञात पुरुषको शव फेला परेको छ। मिति २०८२ साल जेठ ४ गते साँझ करिब ६ बजे फेला परेको शव करिब ३५ देखि ४० वर्ष उमेरको पुरुषको भएको अनुमान गरिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चतरा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली र अपराध स्थल अनुसन्धान (SOCO) टोली खटिइ आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको प्रहरीले जनाएको छ। शवको हुलिया: • उचाइ: करिब ५ फिट ४ इन्च • वर्ण: गहुँगोरो • कपाल: कालो • शरीर: मझौला • अनुहार हेर्दा पहाडी मूल

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • १,४३२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान र झापाबाट ब्राउनसुगरसहित ४ जना पक्राउ

    विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। झापाको बिर्तामोड नगरपालिका–४ का २६ वर्षीय संजोग लिम्बूलाई ६६० मिलिग्राम ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जेठ ३ गते चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो। त्यसैदिन दमक नगरपालिका–३ का १९ वर्षीय मिङ्सो लिम्बूलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको टोलीले ९ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। त्यसैगरी, धरान उपमहानगरपालिका–१ का २६ वर्षीय रुस्तम राई र धरान–१३ की २७ वर

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • ९०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान सहित कोशीमा जमिन भासिने उच्च जोखिम

    सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासिने जोखिम बढेको छ । भौगर्भिक अध्ययनबाट विराटनगर सिंकहोल (जमिन भासिने)को जोखिमयुक्त क्षेत्रमा रहेको पत्ता लागेको हो । खानी तथा भूगर्भ विभागले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार विराटनगरसहित मुलुकका २४ स्थान सिंकहोलको उच्च सम्भावित जोखिममा छन् । जमिनको सतह कमजोर, जलनिकास प्रणाली अव्यवस्थित र उच्च जनघनत्वका कारण जमिन भासिने जोखिम रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । यसअघि पनि विराटनगरका केही स्थानमा सामान्य जमिन फाट्ने, धसिने र घरको आँगनमा धाँजा पर्ने समस्या देखिको थियो । जमिनको सतहमुनिको संरचना कमजोर रहेको भन्दै खा

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • ४,२१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दुर्व्यसन विरुद्ध बृहत विद्यार्थी भेला, सरकारी बेवास्ताप्रति निराशा

    धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले शुक्रबार धरानको भानुचोकमा बृहत विद्यार्थी भेला सम्पन्न भएको छ। परिवर्तन संघको आयोजनामा सम्पन्न भेलामा युवालाई कुलतबाट जोगाएर समाज रुपान्तरण गर्न सकिने सन्देश दिइएको थियो। कार्यक्रमको प्रमुख सन्देश युवाले नशाको जालमा नफसी सही मार्गमा अघि बढ्नुपर्नेमा केन्द्रित थियो। संघका अध्यक्ष सागर राई (ओसन) का अनुसार, "धरानमा बढ्दो दुर्व्यसन समस्याले युवाको भविष्यमा गम्भीर असर पारिरहेको छ, त्यसैले यसविरुद्ध अब विद्यार्थीकै नेतृत्व आवश्यक छ।" कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै धरान उपमेयर ऐन्द्र विक्रम बेघाले युवाहरूलाई दुर्व्यसनविरुद्धको अभियानमा

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ४७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षित परिवारमै हिंसा : न्याय खोज्दै डाक्टर निता

    विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी सहायक प्राध्यापक डाक्टर निता यादवले आफ्नै परिवारबाट सम्पत्ति उपभोगमा अवरोध पुगेको गुनासो गर्दै न्यायको लागि आवाज उठाएकी छिन्। पतिको मृत्युपछिको कानुनी हकसमेत नपाएको भन्दै उनी सार्वजनिक रूपमा न्यायको माग गर्दै आएकी छन्। बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै डा। यादवले भनिन्, “मेरो हक खोसिएको छ, मेरो आवाज परिवारले दबाइरहेका छन्।” उनका श्रीमान् सुशील यादवको निधन २०८१ साल जेठ ३१ गते भएको थियो। त्यसपछिको सम्पत्ति उनी स्वतन्त्र रूपमा उपभोग गर्न कानुनी रूपमा सक्षम भए पनि व्यवहारमा ससुरा डा। शीतलप्रसाद यादव र देवर सुनील

    • प्रकाशित मितिः जेठ २, २०८२
    • ३,६५६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved