विवाहित महिलासँगको प्रेम सम्बन्धकै कारण युवकको हत्या: ६ जना पक्राउ

  • जेठ ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सर्लाही/ विवाहित महिलासँग प्रेम सम्बन्ध राखेकै कारण सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ किसनपुरका २८ वर्षीय अरविन्दकुमार पण्डितको हत्या गरिएको खुलेको छ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–८ स्थित उखु खेतमा वैशाख ३० गते बिहान उनको शव फेला परेको थियो।

सुरुवातमा रहस्यमय देखिएको घटनाको अनुसन्धान गर्दा पण्डितको योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको हो। प्रहरीले हत्या वैशाख २८ गते भएको जनाएको छ।

प्रहरी अनुसन्धान अनुसार, पण्डित र ईश्वरपुर–६ की २५ वर्षीया नजिमा खातुनबीच प्रेम सम्बन्ध थियो। चैत १९ गते ती दुई गाउँबाट भागेर भारत गएका थिए र केही दिनपछि फर्किएका थिए।

गाउँमा बसेको पञ्चायतले नजिमालाई पुनः उनका श्रीमान मोस्तकिम अन्सारीसँग पठाएको थियो। तर पनि पण्डित र नजिमाबीच सम्पर्क जारी रहेको प्रहरीले जनाएको छ।

प्रेम सम्बन्धको निरन्तरताले आक्रोशित मोस्तकिम अन्सारीले केही आफन्तसहित मिलेर पण्डितको हत्या गर्ने योजना बनाएको प्रहरीको भनाइ छ।

वैशाख २८ गते पण्डितले नजिमालाई भेट्न बोलाएपछि मोस्तकिम आफ्ना नातेदारहरूसहित त्यहाँ पुगेका थिए। मन्दिर नजिकैबाट पण्डितलाई नियन्त्रणमा लिएर ईश्वरपुर–८ कै फुलजोर क्षेत्रमा हत्या गरिएको थियो।

हत्या पछि शव सिसौको रुखमुनी झारपातले छोपिएको थियो। वैशाख २९ गते राति शव उठाएर थकरिया चौरीस्थित उखु खेतमा फालिएको थियो।

घटना रहस्यमय देखिए पनि पण्डितको चप्पलका कारण हत्याको रहस्य खुलेको हो। अभियुक्त मोहमद हुसेन मोमिनले मृतकको चप्पल लगाइरहेका थिए, जसलाई मृतकका बुवाले चिनेर प्रहरीलाई खबर गरेका थिए। मोमिनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा हत्या योजनाको पर्दाफास भएको हो।

हत्यामा संलग्न ६ जना – मोहमद हुसेन मोमिन (४३), सुयव अन्सारी (४०), आलम अन्सारी (२५), सलाउद्दिन अन्सारी (५४), मोस्तकिम अन्सारी (२९) र उनकी श्रीमती नजिमा खातुन (२५) – लाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved