शिक्षित परिवारमै हिंसा : न्याय खोज्दै डाक्टर निता

  • जेठ २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी सहायक प्राध्यापक डाक्टर निता यादवले आफ्नै परिवारबाट सम्पत्ति उपभोगमा अवरोध पुगेको गुनासो गर्दै न्यायको लागि आवाज उठाएकी छिन्।

पतिको मृत्युपछिको कानुनी हकसमेत नपाएको भन्दै उनी सार्वजनिक रूपमा न्यायको माग गर्दै आएकी छन्।

बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै डा। यादवले भनिन्, “मेरो हक खोसिएको छ, मेरो आवाज परिवारले दबाइरहेका छन्।” उनका श्रीमान् सुशील यादवको निधन २०८१ साल जेठ ३१ गते भएको थियो।

त्यसपछिको सम्पत्ति उनी स्वतन्त्र रूपमा उपभोग गर्न कानुनी रूपमा सक्षम भए पनि व्यवहारमा ससुरा डा। शीतलप्रसाद यादव र देवर सुनील यादवले अवरोध पुर्‍याइरहेको उनको आरोप छ।

उनले सुनसरी जिल्ला अदालत र उच्च अदालत विराटनगरबाट अनुमति पाइसकेकी छन्। तर, व्यवहारमा त्यो अधिकार लागू नहुनु दुःखद भएको बताउँदै उनले भनिन्, “फैसला आएको छ, तर मैले आफ्नो नाममा रहेको जग्गामा सामान्य टहरा पनि बनाउन दिइएन।

स्थानीय तहका कर्मचारीहरूले समेत विवादित भन्दै काम रोके।”

डा.यादवले आफ्नो सुरक्षाका लागि अपिलसमेत गरेकी छन्। उनले बताइन्, “परिवारबाट धम्की, मानसिक यातना र चरित्र हत्या गर्ने प्रयास भइरहेको छ। महिलाको अधिकार यति कमजोर हुन्छ भन्ने सोचेकै थिइनँ।”

‘रोग लुकाएर विवाह’को आरोप

डा. यादवका अनुसार, एमबीबीएस अध्ययनकै क्रममा सन् २०११ मा सुशील यादवसँग विवाह भएको थियो। तर विवाहअघि सुशीलको सिजोफ्रेनिया (एक प्रकारको मानसिक रोग) लुकाइएको उनले दाबी गरिन्। उनले भनिन्, “विवाहपछि मात्रै श्रीमान् गम्भीर मानसिक रोगी भएको थाहा पाएँ। सोध्दा सासूले उल्टै मानसिक यातना दिइन्।”

घरपरिवारबाट अपहेलित भएर उनले माइतीको सहयोगमा पढाइ पूरा गरिन्। २०७९ सालमा उनले पतिको नाममा रहेको सम्पत्तिमा हकको लागि अंश मुद्दा दायर गरिन्, जसमा अदालतले उनको पक्षमा फैसला गर्‍यो।

‘अधिकार कार्यान्वयन गरिदिनुपर्छ’

पतिको निधनपछिको सम्पत्तिमा आफ्नो वैधानिक हक कार्यान्वयन गराउन उनले राज्य, कानुनी निकाय र मानवअधिकारकर्मीहरूलाई ध्यान दिन आग्रह गरेकी छन्।

“म शान्ति, सुरक्षा र आफ्नो हकको मात्र माग गर्दैछु,” उनले भनिन्, “यो न्यायको लडाइँ हो, जसमा म जस्तो शिक्षित महिलासमेत संघर्षमा छु भने अरूको अवस्था झन् कमजोर होला।” यस विषयमा ससुरा डा. शीतलप्रसाद यादवसँग प्रतिक्रिया लिन खोज्दा उनले बोलेनन्।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved