गहुँगोरो वर्ण, कालो कपाल... शव फेला तर को हुन् उनी?

  • जेठ ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरा स्थित बालसन्त आश्रमको पछाडिपट्टि कोसी नदीको भंगालोमा एक अज्ञात पुरुषको शव फेला परेको छ।

मिति २०८२ साल जेठ ४ गते साँझ करिब ६ बजे फेला परेको शव करिब ३५ देखि ४० वर्ष उमेरको पुरुषको भएको अनुमान गरिएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय चतरा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली र अपराध स्थल अनुसन्धान (SOCO) टोली खटिइ आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको प्रहरीले जनाएको छ।

शवको हुलिया:

• उचाइ: करिब ५ फिट ४ इन्च

• वर्ण: गहुँगोरो

• कपाल: कालो

• शरीर: मझौला

• अनुहार हेर्दा पहाडी मूलको जस्तो देखिने

हालसम्म मृतकको नाम, ठेगाना र पहिचान खुल्न सकेको छैन। प्रहरीले शवको पहिचान गर्न सहयोग गर्न आम नागरिकसमक्ष अनुरोध गरेको छ।

जानकारी भएमा सम्पर्क गर्न सकिने नम्बरहरू:

• जिल्ला प्रहरी कार्यालय, सुनसरी: ९८५२०९०१२७, ९८५२०४१०६४

• इलाका प्रहरी कार्यालय, धरान: ०२५–५७४५५५, ९८५२०९०१२६

यदि तपाईंले उक्त हुलिया अनुसारको व्यक्ति हराएको जानकारी पाउनुभएको छ भने नजिकको प्रहरी कार्यालय वा माथि उल्लेखित नम्बरहरूमा सम्पर्क गरी सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

Bepatta

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

माछा नभएको ठाउँमा पो ...

काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर ...

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved