विराटनगर/ ३७ औं एचआईभी एड्स दिवसको अवसरमा विराटनगर महानगरपालिकाको नेतृत्वमा आइतबार प्रभातफेरी निकालिएको छ । ३७ औं एचआईभी एड्स दिवसको अवसरमा विराटनगर महानगरपालिकाको नेतृत्वमा आइतबार प्रभातफेरी निकालिएको हो । महानगर परिसरबाट सुरु भएको प्रभातफेरी बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । बसपार्कमा आयोजित कोणसभालाई सम्बोधन गर्दैै महानगरपालिकाका मेयर नागेश कोइरालाले एचआइभी एड्सको जोखिम न्यूनीकरणका लागि सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । महानगरले एचआइभी एड्सजस्ता घातक रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बजेट विनियोजन गरेर काम गरिरहेको बताए । महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्
धरान । धरानमा “अटिजम स्पेक्ट्रम डिसअर्डर का लागि वकालत र सचेतना अभियान” बिषय एकदिवसिय कार्यक्रम भएको छ । अन्तरक्रियात्मक गोष्ठी काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका स्कलर्सले आयोजना गरेको हो । उक्त कार्यक्रमलाई सहयोग गर्ने संस्थामा धरान उपमहानगरपालिका,वडा नं १४ को कार्यालय,आकार फाउन्डेसन उर्लाबारी मोरङ्ग,सुनसरि अटिजम थेरापि सेन्टर धरान रहेका थिए। अटिजम भएका बालबालिकाहरूका अभिभावकहरू सहितको छलफलमा सहजीकरण बिपी प्रतिष्ठानका प्रोफेसर डा. विकास साह, अस्ट्रेलियाका रजिष्टार्ड अकुपेशल थेरापिष्ट जिवानाथ देवकोटा, केयु स्कुल अफ एजुकेशनकी फ्याकल्टि तथा आकार फाउन्डेशनक
धरान/ धरान मेघा हिमालयन कलेजको आयोजनामा पुस १ गते देखि तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिता हुने भएको छ । धरान बास्केटवल संघको व्यवस्थापन, रेवाहाङ रुछेन्वुङ स्मृति प्रतिष्ठान र सुनसरी बास्केटवल संघको प्रविधिक सहयोगमा प्रतियोगिता संपँन्न हुन लागेका आइतवार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराए । प्रतियोगितामा धरान उपमहानगर र आसपासका क्षेत्र तथा जिल्लाका विद्यालयहरु वाट करिव १२ वटा टिमले सहभागिता जनाउनेछ । प्रतियोगितामा १२ कक्षा सम्म अध्यन गरिरहेको खेलाडिहरुले सहभागिता हुन पाउने छ । प्रतियोगिताको एक टिममा १० कक्षा सम्मका ६ जना र ११ र १२ कक्षाका ६ जना खेलाडिल
एड्सको महामारीलाई अन्त हुन नदिने असमानताहरूलाई अन्त गर्न जरुरी छ र हामी तिनी असमानताहरूलाई सामना गर्न सक्छौँ भन्ने विश्वास हामी सबैमा आवश्यक छ । यो विश्व एड्स दिवस, १ डिसेम्बरमा यूएनएड्सले हामी सबैलाई असमानताहरूलाई सम्बोधन गर्दै एड्सलाई रोक्न आग्रह गरेको छ ।यस वर्षको नारा नै त्बपभ तजभ चष्नजतक उबतजस् ःथ जभबतिज, mथ चष्नजत१”,अधिकारको बाटो लिनुहोस्, मेरो स्वास्थ्य, मेरो अधिकार भन्ने अर्थ लाग्दछ ।एचआईभी प्रतिक्रिया र विश्वव्यापी स्वास्थ्यलाई आकार दिन समुदायहरूले पारेको महत्त्वपूर्ण प्रभावलाई प्रकाश पार्दै विश्व एड्स दिवस २०२४ को नारा अधिकारको बाटो लिनुहोस्, मेरो स्वास्थ्य, मेरो अधिकार भन्ने अ
बालचतुर्दश्याः पुण्यं श्राद्धतर्पणपूर्वकम्।पितृभक्त्या समाराध्यं सद्गतिर्मोक्षदायिनी॥ बाला चतुर्दशीका दिन दिवंगतहरूको लागि बलिदान र अनुष्ठान गर्दा पुण्य प्राप्त हुन्छ।पितृहरूप्रति भक्ति गरेमा यसले मुक्ति र परम शान्ति प्रदान गर्दछ। पितृका नाममा दीप दानआजको तिथिमा पितृका नाममा दीप दान गरेर बाला चतुर्दशी पर्व मनाइन्छ । काठमाडौँको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ ।हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शत बीज छर्ने चलन रहेको छ । शत बीजमा सप्त बीज हुन्छ । शत बीज छर्ने चलनआउनुहोस्, हाम्रो पात्रोमा आज चर्चा गरौ
झापा/ हल्दिबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सुविधा उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेको हो । यसबाट विपन्न महिलालाई सहयोग पुगेको छ । गाउँपालिकाले सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत आठपटक नियमित गर्भजाँच गराउने महिलालाई प्रोत्साहनस्वरुप दुई हजार प्रदान गर्दै आएको छ । पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनका साथै पालिका बाहिर जानुपरेमा ५० प्रतिशत छुटका व्यवस्था भएको छभने निःशुल्क
विराटनगर/ कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा मात्र रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु भएको पाइएको । पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा कुल रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु रहेको बताएका छन् । भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन आफ्नो पहिलो सङ्कल्प रहेको मन्त्री राईले बताए । उनले भने, ‘मन्त्रालयबाट हुने ढिलासुस्तीलाई निरुत्साहित गरी आमनागरिकले प्राप्त गर्ने सेवा विस्तार तथा निःशुल्क औषधि खरिद प्रक्रियालाई प्राथमिकता दिई काम भईरहेको छ, अब जनताले राहतको अनुभूति गर्नेछन् ।’ मन्त्रालयमा आवश्यक जनशक्तिको
धरान/ विश्वमा रहेका मानिसहरु पछिल्लो समय प्रदुषण,हावापानी र खानपानका साथै विलासिताको जीवनकै कारण दीर्घ रोगबाट ग्रसित छन् । विश्व सहित नेपाल पनि अछुतो भने छैन । यहाँ पनि पछिल्लो सयम दीर्घ रोगहरु मुलतः मृगौला,मुटु,लिभर, फोक्सो,डाइविटिज, प्रेसर लगायतका दीर्घ रोगको शिकार हुनु परेको छ । नेपालका गाउँ र शहर नै यस्ता समस्याहरु देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । यो सबै अहिलेको आधुनिकरणसँगै बनाइएको जीवन शैली रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ । मानव शरीर पनि तनाँकतुनुक अनि शरीरमा पसिना आउनु पर्छ अर्थात शरीरलाई चलायमान बनाउनु नै सबैभन्दा उत्तम उपाय हो । तर पछिल्लो समय आएर शरीरले त्यस्तो काम गरेक
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सा र फलेटारका स्थानीय र केही संस्थाले परीक्षणका रूपमा स्याउखेती गर्न थालेका छन् । ग्याप्ला र फलेटार क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा परीक्षण गरिएको हो । इटालीबाट आयात गरिएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका बिरुवाले पहिलो पटक फल दिएका छन् ।बिरुवामा फल लागेपछि किसानहरू उत्साहित भएका छन् । मनाङ एग्रो फार्मको समन्वयमा बिरुवा ल्याएर परीक्षणका रूपमा रोपिएका र फल लागेकामा दङ्ग स्याउ किसान मिङ्मा शेर्पाले व्यावसायिक रूपमा स्याउखेत गर्न सकिने बताए । फलेटार र घुन्सामा दुई रोपनी जग्गामा नम
धरान । नेपाल फोटो पत्रकार महासंघ सुनसरीले देउसी खेलेर संकलन गरेको दक्षिणालाई विभिन्न रोगबाट पीडितहरुलाई हस्तान्तरण गरेको छ । यसै क्रममा मृगौला प्रत्यारोपण गरेका इटहरीका अग्रज पत्रकार पीबी दियालीलाई बुधबार १५ हजार सहयोग हस्तान्तरण गरेकोछ । बुधबार धरानमा पत्रकार दियालीकी भान्जी लिला घिमिरेलाई सहयोग हस्तान्तरण गरिएको हो ।नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि चाम्लिङ, अग्रज पत्रकार तथा मजदुर नेता भीमज्वाला राई र प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य देवेन्द्र कार्कीले सहयोग हस्तान्तरण गरेका हुन् । मृगौला प्रत्यारोपणपछि पनि समस्या आएपछि दियाली काठमाण्डौंमै निरन्तर फलोअपमा उपचार गराइरहेकाछन् । २