स्वास्थ्य

    Showing 681-690 of 2,527 items.
  • धरानमा ठूलो परिमाणको लागू औषधसहित दुई जना पक्राउ

    धरान/ सुनसरीको धरानमा प्रहरीले ठूलो परिमाणको लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८२/०१/२३गते धरान उपमहानगरपालिका–३ स्थित क्वालिटी फुड कर्नर होटल एण्ड लजको कोठा नम्बर ३ बाट ३१ वर्षीय निखिल उर्फ वसन्त राजवंशीलाई नियन्त्रणमा लिइएको हो। उनी कैलाली, धनगढीका स्थायी बासिन्दा हुन्। राजवंशीको साथबाट ३७० क्याप्सुल स्पास्मोप्रोक्सिभोन बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, सोही दिन साँझ ८:१५ बजे धरान उपमहानगरपालिका–८ स्थित सभागृह नजिकैको एक घरमा गरिएको अर्को छापामा ३८ वर्षीय मनोज विक पक्राउ परेका छन्। प्रहरीका अनुसार विकको कोठाबाट ८९२ क्याप्

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 3,579 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा विषादी भेटिएपछि २४ सय केजी फुलकोपी नष्ट

    धरान/ धरान उपमहानगरपालिकाको कृषि उपज बजारमा बिक्रीका लागि ल्याइएको फुलकोपीमा अत्यधिक मात्रामा विषादी भेटिएपछि २ हजार ४१२ केजी फुलकोपी नष्ट गरिएको छ। मंगलबार बिहान गरिएको नियमित विषादी परीक्षणका क्रममा मकवानपुर स्थित  पालुङबाट ल्याइएको उक्त फुलकोपीमा ९७.४०१४ प्रतिशत विषादी अवशेष पाइएको थियो। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले गरेको परीक्षणमा मानव उपभोगका लागि अयोग्य ठहरिएपछि फुलकोपी तत्काल नष्ट गरिएको उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघाले जानकारी दिए। उनका अनुसार यसअघि पनि कृषि बजारमा केही तरकारीमा विषादी भेटिए पनि यति धेरै मात्रामा विषादी भेटिएको यो पहिलो पटक हो। &

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 1,067 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटा बस दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ११ जना घाइते

    विराटनगर/ कोशी लोकमार्गअन्तर्गत धनकुटाको गोठगाउँमा सोमबार यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस धनकुटा नगरपालिका–६ स्थित गोठगाउँमा सडकबाट झण्डै ५० मिटर तल खसेको थियो। दुर्घटनामा बस चालक धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङ, भोजपुर नगरपालिका–११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। जसमध्ये राईको घटनास्थलमै र अन्य दुई जनाको धरानस्थित विपी कोइरा

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 813 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायिका सरस्वती रिमालको “धेरै तिर धाए मैले” योग गीत सार्वजनिक(भिडियो सहित)

    धरान/  लोकसंगीतप्रेमीहरूबीच परिचित गायिका सरस्वती रिमालले आफ्नो नयाँ योग गीत “धेरै तिर धाए मैले धेरै दुःख पाए” सार्वजनिक गरेकी छन्। युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतमा जीवनका संघर्ष, माया र गहिरो अनुभूतिलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। योग गीत भन्नाले केवल भौतिक प्रेम वा मनोरञ्जनभन्दा पर, मानिसको जीवनयात्रा, आत्मानुभूति र आध्यात्मिक भावनालाई समेटिएको संगीतलाई जनाइन्छ। यस गीतमा पनि व्यक्तिको जीवनमा भोगिएका दुःख, भौतिक मोह, संघर्ष र त्यसबाट प्राप्त आत्मचिन्तन झल्किन्छ। गीतले श्रोतालाई आफ्नै जीवनसँग तुलना गर्न बाध्य पार्ने खालको भाव बोकेको छ। भिडियो : गीतमा शब

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 691 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा १५ किलो गाँजासहित एक युवक मोटरसाइकलसहित पक्राउ

    धरान/ धरानमा लागू औषध गाँजासहित एक युवकलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो करिब १ः५० बजे धरान उपमहानगरपालिका–४ स्थित लामाचौरमा चेकजाँचको क्रममा प्रहरीले १५ किलो गाँजा बरामद गरेको हो। धनकुटाबाट धरानतर्फ आइरहेको बा. ४२ प. ९८३६ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको गस्ती टोलीले शंका लागेर रोकेर जाँच गर्दा मोटरसाइकलको पछाडि रहेको रातो जेब्रा झोलाभित्र सेतो प्लास्टिकमा प्याक गरिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल चालक धनकुटा चौबिसे गाउँपालिका–३ का १९ वर्षीय सुजन राईलाई पक्राउ गरिएको छ। उनीमाथि लागू औषध (

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 3,055 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कनकाईमा २०० ग्राम ब्राउनसुगर बरामद, चालक फरार

    झापा/ झापाको कनकाई नगरपालिका–५ स्थित सुरुङ्गा–झापा सडकखण्डमा प्रहरीले करिब २०० ग्राम प्रतिबन्धित लागुऔषध ‘ब्राउनसुगर’ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार शरणामतीबाट सुरुङ्गातर्फ आइरहेको भारतीय नम्बर प्लेट (BR 37 T 9198) को मोटरसाइकलमा रहेको झोलाबाट उक्त परिमाणको ब्राउनसुगर फेला परेको हो। आज बिहान करिब ८ः४० बजे प्रहरी टोलीले शङ्कास्पद मोटरसाइकललाई रोकेर जाँच गर्ने प्रयास गर्दा चालक मोटरसाइकल र झोला छाडेर फरार भएका थिए। प्रहरीलाई देख्नेबित्तिकै उनी फरार भएपछि रोक्न दुई राउन्ड हवाई फायरसमे

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 708 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटामा  बस दुर्घटना : एकको मृत्यु, १४ घाइते

    धनकुटा/ धनकुटा नगरपालिका–६ गोलाइ नजिकै आज बिहान भएको एक यात्रुवाहक बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस ब्रेक फेल भई बिहान १०:१० बजे सडकबाट करिब ५० मिटर तल खसेको हो। दुर्घटनामा परी ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा बिहान ११:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए। दुर्घटनामा घाइते भएका १४ जनामध्ये चार जनाको अवस्था गम्भीर छ। उनीहरूलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँकी घाइत

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 1,150 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ११ बोरा गाँजा बरामद

    धरान/ धरान–१७ स्थित खैरेनी टोलमा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ। लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सो बरामद गरेको हो। प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–१ को जंगल क्षेत्रमा शंकास्पद गतिविधि देखेपछि खोजतलास गर्दा प्लास्टिकमा प्याक गरिएको अवस्थामा ११ वटा पोका फेला परेको थियो। ती पोखामा जम्मा ३३० केजी गाँजा रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूले जानकारी दिए। उनका अनुसार गाँजा बोकिरहेका केही व्यक्ति प्रहरीलाई देखेपछि जंगलतर्फ भागेका थिए। फरार रहेका व्यक्तिहरुको खोजी तीव्र पारिएको प्रहर

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 1,417 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भद्रपुरमा स्कुटी दुर्घटनामा एक जनाको मृत्यु

    बिर्तामोड/झापाको भद्रपुरमा स्कुटी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२, गौरीशंकरका ३५ वर्षीय अनिल लिम्बू रहेका छन्। प्रहरीका अनुसार आइतबार राति करिब पौने ९ बजे मेची राजमार्गअन्तर्गत चारआली–केचना सडक खण्डमा भद्रपुरबाट बनियानीतर्फ गइरहेको प्र.१–०१–०१२ प ९९३७ नम्बरको स्कुटी अनियन्त्रित भई भद्रपुर–४ स्थित झापा चोकदेखि दक्षिण तल बाहुन गाउँमा दुर्घटना भएको हो। स्कुटी चालक दमक नगरपालिका–२ का २९ वर्षीय रबिन फुयाँल सकुशल छन् भने पछाडि सवार लिम्बूको टाउकोमा गम्भीर चोट लागेपछि तत्काल प्रादेशिक अस्पताल, भद्रपुरमा भर्ना गरिएको थियो।

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 510 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङ कारागारमा एक सातामै दुई थुनुवाको मृत्यु

    विराटनगर/ मोरङको जिल्ला कारागारमा एक साताभित्र दुई थुनुवाको मृत्यु भएको छ । आइतबार बिहान ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको कोशी अस्पतालमा मृत्यु भएको हो । मृतक रामेछाप दोरम्बा–सैलुङ गाउँपालिका–२ का ५४ वर्षीय प्रवीण तामाङ रहेको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए । उनका अनुसार तामाङलाई शनिबार साँझ अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार बिहान करिब ४ बजे उनको मृत्यु भएको हो । “भर्ना गर्दा अवस्था सामान्य थियो,” ढुंगेलले भने, “अचानक मृत्युको खबर आयो ।” तामाङविरुद्ध

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 724 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved