स्वास्थ्य

    Showing ६६१-६७० of २,६११ items.
  • मोरङ कारागारमा लागुऔषध मुद्दाका कैदीको उपचारका क्रममा मृत्यु

    विराटनगर/ मोरङ जिल्ला कारागारमा सजाय भोगिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । लागुऔषध मुद्दामा दोषी ठहर भई कैद भोगिरहेका सुनवर्षी नगरपालिका–२ का २४ वर्षीय उमेश दर्जीको मंगलबार साँझ विराट शिक्षण अस्पताल बुढीगंगामा मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए । ज्वरो र खुट्टा सुन्निने समस्या देखिएपछि उनलाई गत जेठ ३० गते कोशी अस्पताल भर्ना गरिएको थियो । कोशीमा उपचार सम्भव नभएपछि असार ३ गते थप उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । लामो समयदेखि अस्पतालमा उपचाररत दर्जीको स्वास्थ्यमा सुधार नआएपछि मंगलबार साँझ ७ः५० बजेतिर मृत्यु भएको कारागार प्रशासनले जनाएको छ

    • प्रकाशित मितिः असार ११, २०८२
    • ७५९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विजयपुर हस्पिटलमा ७१ बर्षीया बृद्धाको घुँडा सफल अप्रेसन,कृतिम घुँडा प्रत्यारोपण

    धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन शल्यक्रिया गरी कृत्रिम घुँडा प्रत्यारोपण गर्ने कार्य सफल भएको छ ।चिकित्सकीय भाषामा ‘पूर्ण रूपमा घुँडा प्रतिस्थापन’ (टोटल निई रिप्लेसमेन्ट) भनिन्छ । मोरङको सुन्दरहरैँचा–९, मदरसा टोलकी ७१ वर्षीया हदिसा खातुनको देब्रे घुँडाको शल्यक्रिया बिहीबार सफलतापूर्वक सम्पन्न गरिएको विजयपुर हस्पिटलका प्रमुख अस्पताल प्रशासक इन्दु नेपाल योन्जनले जनाए । वरिष्ठ हाडजोर्नी, स्पाइन तथा निई रिप्लेसमेन्ट विशेषज्ञ डा. जनक दास कथवनियाको नेतृत्वमा शल्यक्रिया सम्पन्न भएको हो ।खातुन लामो समययता दुवै घुँडा दुख्ने तथा टेक्न नहुने समस्याबाट पीडित थिइन्

    • प्रकाशित मितिः असार १०, २०८२
    • २,६९८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपी प्रतिष्ठानलाई छाता ऐनमा लैजान एमाले धरानको असहमति ,स्वायत्त विश्व विद्यालय बनाउन माग 

    धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई स्वायत्त विश्व विद्यालय बनाउन माग गरिएको छ ।    नेकपा एमाले धरान उमहानगरकमिटीले आज एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारले देशैभरका प्रतिष्ठानलाई छाता ऐनमा लैजाने तयारी गरहेका बेला उक्त ऐनबाट धरानको वीपी प्रतिष्ठानलाई उक्त ऐनबाट हटाएर स्वायत्त विश्व विद्यालय बनाउनको लागि माग गरेको हो ।   पार्टी अध्यक्ष हर्कराज एभेङद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘वीपी प्रतिष्ठान नेपालमा नै प्रमाण पत्र तहको चिकित्सकीय अध्ययन गर्ने पहिलो प्रतिष्ठान हो।आज प्रतिष्ठान देशका लागि मात्र नभएर अन्राष्ट्रिय क्षेत्रमा पनि गुणस्तरीय चिकित

    • प्रकाशित मितिः असार १०, २०८२
    • ८४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भात नपकाएको झोकमा श्रीमान्को कुटपिट,सुनसरीमा श्रीमतीको मृत्यु

    बराहक्षेत्र / ‘भात नपकाएको’ भन्दै सुरु भएको सामान्य भनाभन ज्यानै जाने घटनामा परिणत भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मुसहरी टोलमा घरेलु विवादका कारण २४ वर्षीया ढलिसदा मुसहरको ज्यान गएको हो । श्रीमान् सोनिया मुसहरको कुटपिटबाट गम्भीर घाइते भएकी ढलिसदाको उपचारको मौका नपाउँदै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार शनिवार राति मदिरा सेवन गरेर घर फर्किएका ३० वर्षीय सोनियाले घरमा खाना तयार नभएको भन्दै पत्नीमाथि आक्रोश पोख्दै निर्घात कुटपिट गरेका थिए । अत्यन्त कमजोर अवस्थामा रहेकी ढलिसदालाई उपचारका लाग

    • प्रकाशित मितिः असार ९, २०८२
    • १,५०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट जङ्गलतर्फ लगिँदै गरेको कारबाट अत्याधुनिक राइफल बरामद

    सुनसरी/ धरानबाट कालाबञ्जारतर्फ जङ्गल हुँदै गइरहेको अवस्थामा बराहक्षेत्र नगरपालिका–५ स्थित अमहा सिमसार क्षेत्रमा छाडिएको कारबाट प्रहरीले अत्याधुनिक राइफल बरामद गरेको छ । प्रहरीलाई देखेपछि कारभित्र रहेका व्यक्ति जङ्गलतर्फ फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार धरानबाट जङ्गल हुँदै गइरहेको बा ६ च ८४०३ नम्बरको कालो रङको कारलाई सोमबार राति करिब १ बजे शंका लागेर प्रहरी टोलीले रोक्न खोजेको थियो । प्रहरीलाई देखेपछि कारभित्र सवार ४–५ जना व्यक्ति भागेका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको इन्स्पेक्टर दिवस कुँवर नेतृत्वको टोलीले घ

    • प्रकाशित मितिः असार ९, २०८२
    • २,४०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ट्रान्सफर्मर मर्मतका क्रममा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

    सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ घुन्सा नुनथलामा ट्रान्सफर्मर मर्मतका क्रममा करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोलुदूधकुण्ड–७ भित्ताखर्कका ३५ वर्षीय रविन बस्नेत रहेका छन्। उनी विद्युत प्राधिकरणमा कार्यरत थिए। शनिबार दिउँसो ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका बस्नेतलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः असार ८, २०८२
    • ८८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतमा बन्धक बनाइएका ३५ नेपाली युवकको उद्धार, मंगलबार नेपाल फर्काइने तयारी

    काठमाडौँ/  आकर्षक रोजगारीको झुटो आश्वासनमा भारतको उत्तराखण्ड, काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवकको उद्धार गरिएको छ। उनीहरूलाई सम्भवत: मंगलबार नेपाल फर्काउने तयारी भइरहेको छ। नेपाली राजदूतावास, भारतीय प्रहरी तथा ‘केन इन्डिया’ नामक सामाजिक संस्थाको समन्वयमा गत बिहीबार ती नेपाली युवाहरूको उद्धार गरिएको हो। संस्थाका निर्देशक नवीन जोशीका अनुसार अदालती तथा प्रशासनिक प्रक्रिया पूरा गरी ती युवकलाई सकुशल नेपाल फर्काउने तयारी भइरहेको छ। ‘एक महिनासम्म निरन्तर खटिएर ठुलो हिम्मत र साहसका साथ ३५ नेपालीलाई उद्धार गर्न सफल भएका छौँ,’ उनले भने। नेपाली युवकहरूलाई फसा

    • प्रकाशित मितिः असार ८, २०८२
    • ९२९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा सर्पले टोकेर १२ वर्षीया बालिकाको मृत्यु

    सुनसरी/  सुनसरीको कोशी गाउँपालिका–८ मा सर्पले टोकेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय मोहमद कासिमकी छोरी नविजन खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार नविजन आफ्नै घरको आँगनमा खेल्दै गर्दा दाहिने खुट्टाको घुँडामुनि सर्पले टोकेको थियो। कुन प्रजातिको सर्पले टोकेको हो भन्ने यकिन भइसकेको छैन। सर्पदंशपछि घाइते बालिकालाई तत्काल इनरुवा अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा शनिबार दिउँसो ३:४० बजे नविजनको मृत्यु भएको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइ

    • प्रकाशित मितिः असार ८, २०८२
    • ९१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • क्यान्सर बिरामीका लागि धरानमै पहिलोपटक ‘होम बेस्ड हस्पाइस केयर’ सेवा सुरु

    धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ले क्यान्सरका सिकिस्त बिरामीहरूलाई लक्षित गर्दै ‘होम बेस्ड हस्पाइस केयर’ सेवा सुरु गरेको छ। यो सेवा अन्तर्गत अब अस्पताल आउन कठिन भएका बिरामीलाई आवश्यक उपचार र हेरचाह स्वास्थ्यकर्मीको टोलीले घरमै गएर दिनेछ। क्यान्सरका कारण थलिएका, पीडित अवस्थामा रहेका बिरामी तथा आफन्तलाई सहजता पुर्‍याउने उद्देश्यले सेवा प्रारम्भ गरिएको हो। यो सेवा हाल काठमाडौं उपत्यका बाहिरकै पहिलो होम बेस्ड हस्पाइस केयर सेवा भएको बीपीएसएसले जनाएको छ। इच्छुक बिरामी वा आफन्तजनले प्रतिष्ठानको आन्तरिक चिकित्सा विभाग (अन्कोलोजी युनिट) सँग समन्वय

    • प्रकाशित मितिः असार ६, २०८२
    • १,४०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेम सम्बन्धको तिक्तताले हिंसात्मक रुप : युवतीले प्रेमीमाथि छुरा प्रहार, आफैँ पनि घाइते

    सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले हिंसात्मक रुप लिएपछि एक युवतीले आफ्नै प्रेमीमाथि छुरा प्रहार गरेकी छिन् । छुरा प्रहारबाट घाइते भएका युवक २४ वर्षीय अशोक कुमार महतो हुन्, जो गोलबजार नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् र हाल गोलबजार–४ मा भाडाको कोठामा बस्दै आएका थिए । घटना गोलबजार–४ मा रहेको दिनेश साहको घरको कोठामा भएको हो । प्रहरीका अनुसार ती युवती अचानक अशोक बस्दै आएको कोठामा पुगिन् र छुरा प्रहार गरिन् । त्यसपछि आफैँ घरको छतबाट हामफालेर भाग्ने प्रयास गर्दा उनी पनि घाइते भएकी छन् । अशोकको हाल गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको छ भने युवती सामा

    • प्रकाशित मितिः असार ६, २०८२
    • ७१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved