भारतमा बन्धक बनाइएका ३५ नेपाली युवकको उद्धार, मंगलबार नेपाल फर्काइने तयारी

  • असार ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/  आकर्षक रोजगारीको झुटो आश्वासनमा भारतको उत्तराखण्ड, काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवकको उद्धार गरिएको छ। उनीहरूलाई सम्भवत: मंगलबार नेपाल फर्काउने तयारी भइरहेको छ।

नेपाली राजदूतावास, भारतीय प्रहरी तथा ‘केन इन्डिया’ नामक सामाजिक संस्थाको समन्वयमा गत बिहीबार ती नेपाली युवाहरूको उद्धार गरिएको हो।

संस्थाका निर्देशक नवीन जोशीका अनुसार अदालती तथा प्रशासनिक प्रक्रिया पूरा गरी ती युवकलाई सकुशल नेपाल फर्काउने तयारी भइरहेको छ। ‘एक महिनासम्म निरन्तर खटिएर ठुलो हिम्मत र साहसका साथ ३५ नेपालीलाई उद्धार गर्न सफल भएका छौँ,’ उनले भने।

नेपाली युवकहरूलाई फसाउने गिरोहमध्ये एक नेपाली र दुई भारतीय नागरिकलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

पीडितहरूमाथि बन्धक बनाइएकै अवस्थामा कुटपिट, यातना र आर्थिक शोषण गरिएको थियो।

इलामको महमाइ–८ का सौगात काफ्लेका अनुसार वीरेन्द्र शाही नाम गरेका व्यक्तिले आफ्नै अङ्कलको नक्कली परिचयपत्र बनाई ‘महिनाको ३८ हजार तलब पाइने’ भन्दै आकर्षक प्रलोभन देखाएर भारत पुर्‍याएको बताए।

‘चार लाख ऋण लिएर आएको थिएँ, यहाँ आइपुगेपछि त फसिएछ। सुरुमा राम्रो खानेकुरा र कामको आश्वासन दिए पनि पछि कोठामा थुनेर यातना दिइयो,’ काफ्लेले बताए।

परराष्ट्र मन्त्रालयको निर्देशनमा नेपाली दूतावासको पहलमा असार ५ गते उत्तराखण्ड प्रहरी र ‘केन इन्डिया’को सहयोगमा उद्धार गरिएको हो।

निर्देशक जोशीका अनुसार गिरोहले एक जना नेपालीबाट ४० देखि ७० हजार रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ।

‘हामीले पत्ता लगाएका छौँ— यस्ता गिरोहहरूले महिनामा ५० जना नेपालीलाई विभिन्न भारतीय सहरहरूमा पुर्‍याइरहेका छन्,’ उनले भने।

जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बसेर मानव बेचबिखनविरुद्ध सक्रिय रहँदै आएका छन्। उनको नेतृत्वमा ‘केन इन्डिया’ संस्थाले नेपालबाट भारत हुँदै तेस्रो मुलुक जान खोज्दा ठगिएका वा अलपत्र परेका नेपालीहरूको उद्धार गर्दै आइरहेको छ।

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

सुनसरीमा सर्पले टोके ...

सुनसरी/  सुनसरीको कोशी गाउँपालिका–८ मा ...

साहित्य"बिहानी त हु ...

बाचुन्जेल जे जस्तो गरे पनि जिउदाको जन्ती मर्दाको मलामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved