सुनसरी/ विशेष सूचनाको आधारमा प्रहरीले धरानबाट कालाबन्जार तर्फ जाँदै गरेको कार नियन्त्रणमा लिँदै ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। मिति २०८२ साल असार १४ गते साँझ ७:३० बजेको समयमा, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तिनकुनेस्थित प्रहरीले उक्त कारवाही गरेको हो। प्रहरी चौकी भरौलबाट खटिएको टोलीले धरानबाट आउँदै गरेको टाटा कम्पनीको नानो कार (प्रदेश १–०२–००१ ज. ४६३७) लाई रोकजाँच गरेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी चौकी नहडाबाट थप टोली खटाई कारमा चेकजाँच गर्दा, कालो प्लास्टिकका ६ वटा बोरामा प्याक गरिएको लागू औषध गाँजा जस्तो देखिने करिब १२०
धरान ।धरान उपमहानगरपालिका वडा नं. १२ स्थित एम्स कलेजले आयोजना गरेको “दोस्रो एम्स एसईई रन २०८२“ शनिबार सम्पन्न भएको छ। एम्स एकेडेमीको विद्यार्थी समुह एम्स क्रिएटिभ ग्रुपले आयोजना गरेको हो । एम्स एसईई रनमा पुरुषतर्फ अप्सु आङ्देङ्बे र महिलातर्फ टिका लिम्बु प्रथम भएका छन रनमा अस्सुले १९ मिनेट २५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै विजेता बने भने टिकाले ३०.५३ सेकेण्डमा दुरी पुरा गर्दै महिलातर्फ विजेता बनेको एम्स कलेज धरानका प्रिन्सिपल सन्तोष कोइरालाले बताएका छन् । पुरुषतर्फ सविन विश्वकर्माले १९ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए भने पेटिस लिम्बुले १९.५० सेकेण्डमा रन पुरा
काठमाण्डौं/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐन बाटा अलग्याएर चिकित्सा विज्ञान विश्वविद्यालय बनाउनु पर्ने नेपाली काङ्ग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ । काठमाण्डौंमा रहेका धरानका सर्वदलीय टोलीसंग बुढानिलकण्ठमा छलफल गर्दै वीपी प्रतिष्ठानलाई “एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने समेत बताउनु भएको हो । वीपीको इतिहास, संरचना र यसले निर्माण गरेको विरासतलाई हेर्ने हो भने छाता ऐनमा समाहित गरेर वीपीलाई साँघुरो बनाउन नहुने सभापति देउवाले प्रष्ट विचार राख्नु भएको टोलीमा सहभागी कांग्रेस धरान सभापति श्याम पोखरेलले बुढानिलक
धरान/ लागू औषधको कारोबारमा संलग्न एक गिरोहलाई प्रहरीले धरानसहित पूर्वी नेपालका विभिन्न स्थानबाट पक्राउ गरेको छ। भारतबाट ब्राउन सुगर जस्तो देखिने लागू औषध नेपाल भित्र्याउने प्रयासमा रहेका उनीहरूलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार अगाडि र भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोड क्षेत्रमा चेकजाँच तथा खानतलासीका क्रममा जम्मा २१.९४० ग्राम लागू औषध बरामद गरेको हो।पक्राउ परेका र उनीहरूको साथबाट फेला परेका वस्तु यसप्रकार छन्:• सुअन ता
धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने प्रस्तावप्रति आफू सकारात्मक रहेको बताएका छन्। शुक्रबार धरानबाट गएको सर्वदलीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर प्रतिष्ठानलाई ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान (छाता) ऐन २०८२’ मा समेट्न नहुने भन्दै ध्यानाकर्षण पत्र बुझाएको थियो। उक्त पत्र प्राप्त गरेपछि प्रधानमन्त्री ओलीले आफू पनि यही धारणा राख्ने बताउँदै सकारात्मक प्रतिक्रिया दिएका हुन्। प्रतिनिधिमण्डलमा सहभागी नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेलले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, "प्रधान
काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ (छाता ऐन) अन्तर्गत नराख्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। शुक्रबार काठमाडौंमा सर्वदलीय टोलीले बुझाएको ध्यानाकर्षणपत्रपछि थापाले वर्तमान सन्दर्भमा वीपी प्रतिष्ठानजस्तो विशिष्ट संरचना भएको संस्थालाई छाता ऐनमा समेट्दा समस्या आउने बताए। “छाता ऐन पुरानो परिकल्पना हो,” उनले भने, “सबै संस्थालाई एउटै ऐनमा कोचेर केन्द्रीकृत बनाउने हो भने संस्थागत विविधता गुम्छ, समस्याहरू बढ्छन्।” उनले
धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षकहरुले पनि छाता ऐनको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । ने्पाल सरकारले नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ नयाँ संस्थामा गाभ्ने गरी विधेयकको मस्यौदा तयार पारेपछि प्रतिष्ठानको शिक्षक कल्याण समाजले कडा समाजले विज्ञप्ति जारी गर्दै सरकारी निर्णयलाई ‘षडयन्त्रपूर्ण’ र ‘प्रतिक्रान्तिकारी’ कदमको संज्ञा दिँदै प्रतिष्ठानको अस्तित्व रक्षाका लागि देशव्यापी आन्दोलनको घोषणा गरेको हो । समाजका अध्यक्ष डा। सेराज अहमद खान र महासचिव डा. कादिर आलमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सरो
धरान/ धरानस्थित प्रतिष्ठित शैक्षिक संस्था एम्स एकेडेमीले एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एम्स एसइई–६ किमी रन’ खुला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ। एम्स क्रिएटिभ ग्रुपको संयोजनमा हुने प्रतियोगिता शनिबार (असार १४) बिहान ७ बजेबाट सुरु हुनेछ। आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता सम्बन्धी जानकारी दिँदै आयोजक समूहका अध्यक्ष अङ्कित श्रेष्ठले करिब ३५० भन्दा बढी विद्यार्थी सहभागी हुने जानकारी दिए। धरान–१२ मा अवस्थित एम्स एकेडेमीले २०५६ सालदेखि शिक्षा क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। प
इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–५ स्थित शिवालय टोलमा प्रहरीले लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। मिति २०८२ साल असार १२ गते राति १०:४० बजेको समयमा विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरी टोलीले नन्दलाल बि.क.को घरमा छापा मार्दा लागू औषध लुकाइछिपाई राखेको अवस्थामा फेला पारेको हो। प्रहरीले नन्दलाल बि.क.को छोरा ३४ वर्षीय प्रकाश बि.क. र उनीसँगै बस्दै आएका जिल्ला उदयपुर, बेलका नगरपालिका–४ घर भई सोही स्थानमा डेरा गरी बसेका ३१ वर्षीय दिनेश आलेलाई पक्राउ गरेको हो। उनीहरूले प्रयोग गर्दै आएको कोठाबाट कालो प्लास्टिकमा पोको पारी लुकाइएक
धरान/ धरान उपमहानगरपालिका–१६ नौलोबस्तीस्थित बहुभाषिक पाठशालाको परिसरमा श्रमदानको क्रममा एक बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप सार्वजनिक भएको छ। घटनाले प्रहरी चौकी निर्माणका विषयमा देखिएको विवादलाई झन् जटिल बनाएको छ। स्थानीय महिलाहरूका अनुसार, ग्याबियन लगाउने कामका लागि श्रमदान भइरहेको बेला टिसर्ट लगाएका एक वृद्ध श्रमदाताले बालिकालाई बोलाई अश्लील व्यवहार गरेका थिए। एक महिलाले बताइन्, “बालिकालाई बोलाएर लैजाँदै गर्दा ठूला बुबाले देखेपछि ती वृद्ध भागेका थिए। म आफैं दौडिएर समातेँ, तर पछि गल्ती भयो भन्दै छोडिदिन आग्रह गरियो। पुलिस बोलाउँछौं भन्दा एक युट्युबरले समेत नछोड्नुस् भनेका थ