धरान/ धरानस्थित प्रतिष्ठित शैक्षिक संस्था एम्स एकेडेमीले एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एम्स एसइई–६ किमी रन’ खुला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ।
एम्स क्रिएटिभ ग्रुपको संयोजनमा हुने प्रतियोगिता शनिबार (असार १४) बिहान ७ बजेबाट सुरु हुनेछ।
आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता सम्बन्धी जानकारी दिँदै आयोजक समूहका अध्यक्ष अङ्कित श्रेष्ठले करिब ३५० भन्दा बढी विद्यार्थी सहभागी हुने जानकारी दिए।
धरान–१२ मा अवस्थित एम्स एकेडेमीले २०५६ सालदेखि शिक्षा क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।
पढाइसँगै खेलकुद र सिर्जनात्मक गतिविधिमार्फत विद्यार्थीहरूको समग्र विकासमा केन्द्रित संस्थाले मानसिक र शारीरिक रूपले सबल बनाउने उद्देश्यले दौड प्रतियोगिता आयोजना गर्न लागेको हो।
पुरस्कार विवरण यस्तो छ:
यसैगरी, सहभागी सबै विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुँदा ५० प्रतिशत छुट दिइने कलेजका प्रिन्सिपल सन्तोष कोइरालाले जानकारी दिए।
दौडको रुट एम्स एकेडेमीबाट सुरु भई छाताचोक, भानुचोक, पुतलीलाईन, दुर्गाचोक, कल्याणचोक हुँदै पानी ट्याङ्की पार गरेर पुनः कलेज परिसरमै आएर समाप्त हुनेछ।
एम्स एकेडेमीका सञ्चालकहरूका अनुसार, यस्तो किसिमको प्रतियोगिताबाट विद्यार्थीमा आत्मविश्वास, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताको विकास हुने विश्वास गरिएको छ। एकेडेमीले यसअघि पनि फुटबल, बास्केटबल, हाजिरजवाफ, वादविवाद लगायतका गतिविधि आयोजना गर्दै आएको थियो।
संस्थाले आगामी दिनहरूमा पनि शिक्षा र खेललाई सँगै अघि बढाउने नीतिलाई निरन्तरता दिने जनाएको छ।
भिडियो: