एम्स एकेडेमीको 'एसइई –६ रन' शनिबार, ३५० भन्दा बढी विद्यार्थीको सहभागिता हुने

  • असार १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानस्थित प्रतिष्ठित शैक्षिक संस्था एम्स एकेडेमीले एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एम्स एसइई–६ किमी रन’  खुला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ।

एम्स क्रिएटिभ ग्रुपको संयोजनमा हुने प्रतियोगिता शनिबार (असार १४) बिहान ७ बजेबाट सुरु हुनेछ।

आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता सम्बन्धी जानकारी दिँदै आयोजक समूहका अध्यक्ष अङ्कित श्रेष्ठले करिब ३५० भन्दा बढी विद्यार्थी सहभागी हुने जानकारी दिए।

धरान–१२ मा अवस्थित एम्स एकेडेमीले २०५६ सालदेखि शिक्षा क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।

 पढाइसँगै खेलकुद र सिर्जनात्मक गतिविधिमार्फत विद्यार्थीहरूको समग्र विकासमा केन्द्रित संस्थाले मानसिक र शारीरिक रूपले सबल बनाउने उद्देश्यले दौड प्रतियोगिता आयोजना गर्न लागेको हो।

पुरस्कार विवरण यस्तो छ:

  • प्रथम हुने विद्यार्थीलाई नगद ५ हजार रुपैयाँ, ट्रफी र कक्षा ११ को पूर्ण छात्रवृत्ति
  • दोस्रो हुनेलाई नगद ३ हजार, ५० प्रतिशत छात्रवृत्ति
  • तेस्रो हुनेलाई नगद १ हजार, ३५ प्रतिशत छात्रवृत्तिसहित ट्रफी प्रदान गरिनेछ

यसैगरी, सहभागी सबै विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुँदा ५० प्रतिशत छुट दिइने कलेजका प्रिन्सिपल सन्तोष कोइरालाले जानकारी दिए।

दौडको रुट एम्स एकेडेमीबाट सुरु भई छाताचोक, भानुचोक, पुतलीलाईन, दुर्गाचोक, कल्याणचोक हुँदै पानी ट्याङ्की पार गरेर पुनः कलेज परिसरमै आएर समाप्त हुनेछ।

एम्स एकेडेमीका सञ्चालकहरूका अनुसार, यस्तो किसिमको प्रतियोगिताबाट विद्यार्थीमा आत्मविश्वास, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताको विकास हुने विश्वास गरिएको छ। एकेडेमीले यसअघि पनि फुटबल, बास्केटबल, हाजिरजवाफ, वादविवाद लगायतका गतिविधि आयोजना गर्दै आएको थियो।

संस्थाले आगामी दिनहरूमा पनि शिक्षा र खेललाई सँगै अघि बढाउने नीतिलाई निरन्तरता दिने जनाएको छ।

भिडियो:

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved