श्रमदाताले यौन दुव्र्यवहार गरेको भए कारबाही गर्छु- मेयर सम्पाङ

  • असार १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका–१६ नौलोबस्तीस्थित बहुभाषिक पाठशालाको परिसरमा श्रमदानको क्रममा एक बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप सार्वजनिक भएको छ।

घटनाले प्रहरी चौकी निर्माणका विषयमा देखिएको विवादलाई झन् जटिल बनाएको छ।

स्थानीय महिलाहरूका अनुसार, ग्याबियन लगाउने कामका लागि श्रमदान भइरहेको बेला टिसर्ट लगाएका एक वृद्ध श्रमदाताले बालिकालाई बोलाई अश्लील व्यवहार गरेका थिए।

एक महिलाले बताइन्, “बालिकालाई बोलाएर लैजाँदै गर्दा ठूला बुबाले देखेपछि ती वृद्ध भागेका थिए। म आफैं दौडिएर समातेँ, तर पछि गल्ती भयो भन्दै छोडिदिन आग्रह गरियो। पुलिस बोलाउँछौं भन्दा एक युट्युबरले समेत नछोड्नुस् भनेका थिए।”

वडा नं. १६ का अध्यक्ष मुरारी भट्टराईले समेत घटनाको पुष्टि गरेका छन्।

तर उनले उक्त घटनाबारे तत्काल नबोलेको कारण बताए, “म माथि श्रमदानमा अवरोध ल्याएको आरोप लाग्ने डरले चुप बसेँ। घटना त भएको थियो तर म खोलैखोला लागेँ।”

यो आरोपसँगै धरान–१६ मा बहसको अर्को चर्को विषय बनेको छ—अस्थायी प्रहरी चौकी निर्माण। प्रदेश सरकारबाट विनियोजित बजेटमार्फत सोही स्थानमा चौकी बनाउने तयारी भइरहेकोमा मेयर हर्कराज राई (साम्पाङ)ले निर्माण कार्य रोक्न निर्देशन दिएका थिए।

उनले बहुभाषिक पाठशालाको मुख्य गेटमा ताला लगाउन निर्देशन दिँदै चौकी स्थानान्तरणको प्रस्ताव अघि सारेका हुन्।

स्थानीयवासी र वडा अध्यक्ष भने पहिले नै शुरू भइसकेको निर्माण कार्य रोक्न नहुने अडानमा छन्।

अध्यक्ष भट्टराईका अनुसार कार्यपालिका बैठकको निर्णय अनुसार १० लाख रुपैयाँ बजेट विनियोजन भइसकेकाले चौकी त्यही ठाउँमा बन्नु आवश्यक छ। “कम्पाउण्ड वाल लगाएर पाठशाला र चौकी छुट्याउन सकिन्छ,” उनले स्पष्ट पारे।

यसबीच, मेयर साम्पाङले बालिकामाथि दुर्व्यवहारको आरोपबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्।

“हिजो १६ को एक महिलाले निकै पहिल्यै लट्ठी टेक्दै आउने बुढो मान्छेले यौन दुर्व्यवहार गर्यो भन्ने आरोप लगाएको सुनेँ,” उनले लेखेका छन्, “प्रमाणित गर्नुहोस्, म कारबाही गर्छु।

होइन भने सार्वजनिक माफी माग्नुपर्छ र कस्ले आरोप लगायो भन्ने पनि खुल्नुपर्छ।”

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved