धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षकहरुले पनि छाता ऐनको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन् ।
ने्पाल सरकारले नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ नयाँ संस्थामा गाभ्ने गरी विधेयकको मस्यौदा तयार पारेपछि प्रतिष्ठानको शिक्षक कल्याण समाजले कडा
समाजले विज्ञप्ति जारी गर्दै सरकारी निर्णयलाई ‘षडयन्त्रपूर्ण’ र ‘प्रतिक्रान्तिकारी’ कदमको संज्ञा दिँदै प्रतिष्ठानको अस्तित्व रक्षाका लागि देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।
समाजका अध्यक्ष डा। सेराज अहमद खान र महासचिव डा. कादिर आलमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सरोकारवालासँग कुनै छलफल बिना गरिएको एकपक्षीय निर्णय लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाको घोर अपमान भएकाले तुरुन्त प्रतिष्ठानलाई छाता ऐृनमा लैजाने प्रक्रियाबाट सरकार पछि हट्नु पर्ने उल्लेख छ ।
समाजले सङ्घीयता र विकेन्द्रीकरणको मर्म विपरीत स्वायत्त संस्थालाई केन्द्रीकृत गर्ने प्रयास पूर्णतः असंवैधानिक र अपारदर्शी भएको ठहर गरेको छ । “त्रिभुवन विश्वविद्यालयले प्रदेशस्तरमा विश्वविद्यालय खोल्ने निर्णय गरिरहेको बेला सङ्घीय संविधानअन्तर्गत स्थापित प्रतिष्ठानलाई एउटै छाता ऐनमा ल्याउनु रहस्यमय छ, विज्ञप्तिमा उल्लेख छ ।
समाजले सरकारी हस्तक्षेप, भ्रष्टाचार र गलत राजनीतिक नियुक्तिले पहिले नै थला परेको प्रतिष्ठानलाई थप धराशायी बनाउन खोजिएको आरोप लगाएको छ। विज्ञप्तिमा प्रतिष्ठानले सामना गरिरहेका समस्याहरूको दोष शिक्षक र कर्मचारीलाई दिएर सरकार पन्छिन खोजेको भन्दै आक्रोश व्यक्त गरिएको छ ।
शिक्षक कल्याण समाजले विभिन्न ७ बुँदे माग अघि सार्दै सरकारलाई गम्भीर हुन आग्रह गरेको छ। जसमा प्रतिष्ठानको स्वायत्ततामाथिको हस्तक्षेप रोक्नुपर्ने, नेपाल–भारत द्विपक्षीय सहकार्यबाट स्थापित संस्थाको पहिचान जोगाउनुपर्ने र यसको विशिष्ट शैक्षिक संरचना नष्ट हुनबाट बचाउनुपर्ने मागहरू प्रमुख छन् ।
यदि सरोकारवालासँगको छलफलविना विधेयक अघि बढाइएमा नेपालको संविधान, स्वास्थ्य शिक्षाको स्वतन्त्रता र जनताको स्वास्थ्य अधिकारका लागि निर्णायक आन्दोलनमा उत्रिने चेतावनी समेत विज्ञप्ती मार्फत दिएको छ ।