इटहरीमा लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ

  • असार १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–५ स्थित शिवालय टोलमा प्रहरीले लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

मिति २०८२ साल असार १२ गते राति १०:४० बजेको समयमा विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरी टोलीले नन्दलाल बि.क.को घरमा छापा मार्दा लागू औषध लुकाइछिपाई राखेको अवस्थामा फेला पारेको हो।

प्रहरीले नन्दलाल बि.क.को छोरा ३४ वर्षीय प्रकाश बि.क. र उनीसँगै बस्दै आएका जिल्ला उदयपुर, बेलका नगरपालिका–४ घर भई सोही स्थानमा डेरा गरी बसेका ३१ वर्षीय दिनेश आलेलाई पक्राउ गरेको हो।

उनीहरूले प्रयोग गर्दै आएको कोठाबाट कालो प्लास्टिकमा पोको पारी लुकाइएको लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.६४ ग्राम (एक ग्राम छ सय चालिस मिलिग्राम) फेला पारिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा ल्याइएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved