धरानबाट कालाबन्जार तर्फ जाँदै गरेको कारबाट १२० केजी गाँजा बरामद, दुई जना पक्राउ

  • असार १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ विशेष सूचनाको आधारमा प्रहरीले धरानबाट कालाबन्जार तर्फ जाँदै गरेको कार नियन्त्रणमा लिँदै ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।

मिति २०८२ साल असार १४ गते साँझ ७:३० बजेको समयमा, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तिनकुनेस्थित प्रहरीले उक्त कारवाही गरेको हो। प्रहरी चौकी भरौलबाट खटिएको टोलीले धरानबाट आउँदै गरेको टाटा कम्पनीको नानो कार (प्रदेश १–०२–००१ ज. ४६३७) लाई रोकजाँच गरेको थियो।

त्यसपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी चौकी नहडाबाट थप टोली खटाई कारमा चेकजाँच गर्दा, कालो प्लास्टिकका ६ वटा बोरामा प्याक गरिएको लागू औषध गाँजा जस्तो देखिने करिब १२० किलो पदार्थ फेला परेको हो।

साथै, प्रहरीले सोही कारका चालक मोरङ, विराटनगर महानगरपालिका–४, इक्राहीका २६ वर्षीय धिरज गोसाई र सहयात्री मोरङ, जहदा गाउँपालिका–७ निवासी २२ वर्षीय बिकास यादवलाई नियन्त्रणमा लिएको छ।

हाल उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ। लागू औषध नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको जनाएको छ।

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved