स्वास्थ्य

    Showing 601-610 of 2,527 items.
  • पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचिँदा तीन मजदुरको मृत्यु, तीन गम्भीर घाइते

    फिदिम/ पाँचथरको हेवाखोला क्षेत्रमा निर्माणाधीन बेलिब्रिज भाँचिँदा तीन जना मजदुरको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। शनिबार अपराह्न फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई जोड्ने मेची राजमार्ग अन्तर्गतको अस्थायी बेलिब्रिज जडानको अन्तिम चरणमा पुग्दा अचानक पुल भाँचिएको हो। पुल भाँचिँदा काममा संलग्न मजदुरहरू खोलामा खस्दा ६ जना घाइते भएका थिए। घाइते सबै मजदुरलाई सुरुमा फिदिम अस्पतालमा लगिएको थियो। अवस्था गम्भीर भएपछि उनीहरूलाई थप उपचारका लागि विराटनगरस्थित नोबल अस्पताल पठाइएको थियो। नोबल अस्पतालमा उपचारको क्रममा बाराको सिमरा उपमहानगरपालिका–१२ का ३ जना मज

    • प्रकाशित मितिः असार १, २०८२
    • 1,041 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • करेन्टबाट माछा मार्न खोज्दा श्रीमान–श्रीमतीको ज्यान गयो

    सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करेन्ट लागेर एकै परिवारका श्रीमान–श्रीमतीको ज्यान गएको छ। सुन्दरहरैंचा नगरपालिका–७ निवासी ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया पत्नी फूलमाया लिम्बूको माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार मदेली खोलाको पुलमुनि विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतक पूर्णबहादुरले बिजुलीको पोलबाट हुक जोडेर खोलामा करेन्ट प्रवाह गर्दा श्रीमतीसहित आफैँ पनि करेन्ट लागेर ज्यान गुमाएका हुन्। घटना शनिबा

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • 4,793 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा अन्दाजी ३५–४० वर्षका पुरुषको शव झाडीमा फेला

    झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउको झाडीमा एक अन्दाजी ३५–४० वर्षका पुरुषको शव फेला परेको छ। स्थानीयवासीले शव देखेपछि इलाका प्रहरी कार्यालय धुलाबारीलाई खबर गरेका थिए। प्रहरीका अनुसार मृतक पहाडी मूलका जस्तो देखिने भए पनि उनको परिचय खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। मृतकको पहिचान खुलाउने र मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।    

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • 888 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा लागूऔषधसहित दुई जना पक्राउ

    ईनरुवा/  सुनसरीको ईनरुवामा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। बिहिबार राति १०ः३० बजेको समयमा ईनरुवा नगरपालिका–४ स्थित बसचौक नजिक पूर्व–पश्चिम राजमार्गमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा स्कुटरमा लागूऔषध फेला पारेको हो। पश्चिमबाट पूर्वतर्फ गइरहेको बा.प्र.०२–०५२ प ७७५७ नम्बरको स्कुटर चेकजाँच गर्दा डिक्कीभित्र प्लास्टिकमा पोका पारेर राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लागूऔषध २७.९२ ग्राम फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित सिन्धुलीको

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 850 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा तीन दिने फुड फेस्टिवल : परिकार, लाइभ म्युजिक, गेम्स,आदि

    धरान/ धरान–१२, चतरालाइनस्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजको प्राङ्गणमा आयोजित ‘फुड फेस्टिवल २०२५’ आज दोस्रो दिनमा प्रवेश गरेको छ। जेठ २९ देखि ३१ गतेसम्म चल्ने  तीन दिने महोत्सव बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणका लागि निःशुल्क प्रवेशसहित खुला गरिएको छ। कलेजका निर्देशक अनिल श्रेष्ठका अनुसार, “फेस्टिवल विद्यार्थीहरूको व्यवहारिक सीप र सिर्जनशीलता देखाउने जीवन्त अवसर हो।   विद्यार्थीहरूले तयार गरेका परिकार, खेल र व्यवस्थापन सिपमार्फत उनीहरूको व्यावसायिक क्षमता प्रत्यक्ष रूपमा जनसमक्ष प्रस्तुत भइरहेको छ।” फेस्टिव

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 694 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगरसहित एक जना पक्राउ

    धरान/मिति २०८२ जेठ २९ गते (आज)(१२:१० बजे) धरान उपमहानगरपालिका वडा नं. १६ जोरसखुवा भुमीपथ क्षेत्रबाट लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोली त्यहाँ पुग्दा ३४ वर्षीय रोहित विष्टले THC GATSBY लेखिएको प्लाष्टिकको बट्टा फालेर भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको थियो। प्रहरीले उक्त बट्टा खोली हेर्दा कालो प्लास्टिकमा बेरी स-साना १८ वटा बुलेटजस्तै पोका बनाइ राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लागू औषध फेला परेको जनाएको छ। तौल जाँच गर्दा लागू औषधको परिमाण १.०२ ग्राम (१ ग्राम २० मिलिग्राम) रहेको पाइएको हो। हाल उ

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 2,900 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङ र पाँचथरमा लागूऔषधसहित ६ जना पक्राउ

    ताप्लेजुङ/ ताप्लेजुङ र पाँचथर जिल्लाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ। ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा फुङलिङ नगरपालिका–११ का २१ वर्षीय रोमन विश्वकर्मा, सिन्धुली दुधौली–१० का २७ वर्षीय देवबहादुर विक, फक्तालुङ गाउँपालिका–३ का ३२ वर्षीय मन्दिप लिम्बू र भारतीय नागरिक मनोज साहलाई ३३३ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। यस्तै, पाँचथरको फिदिम नगरपालिका–४ मा पनि प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्र

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 859 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अत्यधिक गर्मीसँगै रगतको चरम अभाव

    धरान/ गर्मीको चर्को प्रभावसँगै कोशी प्रदेशमा रगत अभाव हुन थालेको छ । प्रदेशभरका अस्पतालहरूमा दैनिक जसो सुत्केरी, डायलिसिस र क्यान्सर बिरामी तथा दुर्घटनाका घाइतेलाई रगतको आवश्यक पर्छ । तर, रगतको आपूर्ति ठप्पजस्तै हुँदा उपचार सेवा नै प्रभावित हुन पुगेको हो ।प्रदेशका प्रमुख रक्तसञ्चार केन्द्रहरूबाट प्राप्त विवरणले देखाएअनुसार पनि कोशीमा रगतको चरम सङ्कट देखिएको छ । जसका कारण तत्काल रगतको आवश्यकता पर्ने बिरामी मर्कामा परेका छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै दैनिक ७० देखि ८० पिन्ट रगत आवश्यक पर्छ । तर, पछिल्लो समय त्यो परिमाणमा रगत उपलब्ध हुन सकेको छैन । रक्त

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 534 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङमा २२ वर्षीय युवक मृत फेला

    विराटनगर/ मोरङको रतुवामाई नगरपालिका–७ मा एक युवक मृत अवस्थामा फेला परेका छन्। झापा हल्दिबारी गाउँपालिका–२ पाराखोपीका २२ वर्षीय सुदीप यादवको शव बिहीबार बिहान स्थानीय मनोज कर्मकारको घर छेउमा रहेको बाँसको चौतारामा फेला परेको हो। इलाका प्रहरी कार्यालय सिजुवाका अनुसार यादव रतुवामाई–९ निवासी राम भट्टराईको ट्याक्टरमा काम गर्दै आएका थिए। भट्टराईकै ट्याक्टरमा कार्यरत यादव आफ्ना सहकर्मी मनोज कर्मकारका पिताको निधन भएपछि शोक प्रकट गर्न कर्मकारको घर पुगेका थिए। शव भेटिएको स्थानमा कुनै संघर्ष वा आक्रमणको संकेत नभेटिएको प्रहरीको प्रारम्भिक भनाइ छ। यादवको मुखबाट फिँज निस्किएको अवस्था

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 1,033 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका किशोरसँग फिरौती माग गर्ने तीन पक्राउ, तीन जनाको सकुशल उद्धार

    सुनसरी/ धरानका एक किशोरलाई भारतीय सीमावर्ती क्षेत्रमा पुर्‍याई मोबाइल लुटेर उनका अभिभावकसँग फिरौती रकम माग गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारीअनुसार घटनामा भारतीय नागरिकको समेत संलग्नता देखिएको छ। पक्राउ परेका व्यक्तिहरूमा विराटनगर महानगरपालिका–१६ निवासी १९ वर्षीय प्रलवकुमार विक, १७ वर्षीय दीपक अधिकारी र २३ वर्षीय मुकेश सरदार छन्। उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय रानी, मोरङमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ फोकल्याण्ड टापु निवा

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 4,157 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved