सशस्त्र अपरेशनमा ठूलो सफलता, उखुबारीबाट २६ बोरा गाँजा बरामद

  • असार २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा लुकाएर राखिएको ठूलो परिमाणको गाँजा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको छ।

बुधबार साँझ विशेष सूचनाको आधारमा गरिएको संयुक्त अपरेशनमा सुरक्षाकर्मीले २६ बोरा गाँजा फेला पारेका हुन्।

उखुबारीको झाडीबीचमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन्।

बरामद गरिएको गाँजा अहिले प्रहरीको नियन्त्रणमा छ। घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेकाले खोजी र अनुसन्धानको प्रक्रिया तीव्र पारिएको प्रहरीले जनाएको छ।

गाँजाको ओसारपसारमा संलग्न समूहको पत्ता लगाउन थप सुराकी संकलन र निगरानी बढाइएको प्रहरीले बताएको छ।

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved