सशस्त्र अपरेशनमा ठूलो सफलता, उखुबारीबाट २६ बोरा गाँजा बरामद

  • असार २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा लुकाएर राखिएको ठूलो परिमाणको गाँजा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको छ।

बुधबार साँझ विशेष सूचनाको आधारमा गरिएको संयुक्त अपरेशनमा सुरक्षाकर्मीले २६ बोरा गाँजा फेला पारेका हुन्।

उखुबारीको झाडीबीचमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन्।

बरामद गरिएको गाँजा अहिले प्रहरीको नियन्त्रणमा छ। घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेकाले खोजी र अनुसन्धानको प्रक्रिया तीव्र पारिएको प्रहरीले जनाएको छ।

गाँजाको ओसारपसारमा संलग्न समूहको पत्ता लगाउन थप सुराकी संकलन र निगरानी बढाइएको प्रहरीले बताएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved