सुनसरीमा घरभित्रै मृत अवस्थामा फेला परे पति–पत्नी

  • असार २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको इनरुवामा एक हृदयविदारक घटना सार्वजनिक भएको छ । इनरुवा नगरपालिका–९ बबियास्थित एक घरमा आइतबार बिहान पति–पत्नी मृत अवस्थामा फेला परेपछि स्थानीय स्तब्ध छन् ।

करिब ३५ वर्षीय सुकदेव शर्मा र उनकी २३ वर्षीया पत्नी सवेता खातुन आफ्नै घरभित्र रहस्यमय ढंगले मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार बाँसको टाटीले बारिएको एकतले कच्ची घरको छानाको धुरीमा सुकदेव शर्मा झुन्डिएको अवस्थामा फेला परेका हुन् भने सवेता ओछ्यानमै मृत भेटिइन् ।

स्थानीय बासिन्दाले आइतबार बिहान करिब ९ बजेतिर दम्पतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि डीएसपी योगराज खतिवडाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

दुबैको शव हालसम्म घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । शव उठाउने प्रक्रिया सवेता खातुनको माइती पक्ष मोरङ, कदमाहबाट आएपछि मात्रै अघि बढाइने प्रहरीले स्पष्ट पारेको छ ।

“घटनाको प्रारम्भिक जानकारी हामीले लिएका छौँ, तर मृत्युको कारण अझै यकिन भइसकेको छैन,” एसपी तिम्सिनाले भने, “माइती पक्ष आइपुगेपछि कानुनी प्रक्रिया अघि बढ्छ र विस्तृत अनुसन्धानबाट मात्र यथार्थ खुल्नेछ ।”

घटनास्थल जिल्ला प्रहरी कार्यालय सुनसरीबाट करिब तीन किलोमिटर पूर्व पर्छ । यस घटनाले इनरुवा क्षेत्रमा शोकको छायाँ छाएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved