सुनसरीमा सालीको गोली हानी हत्या, भिनाजु फरार

  • असार ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा सोमबार राति एक १७ वर्षीया किशोरीको गोली हानी हत्या गरिएको छ।

टाउकोमा गोली लागेका कारण किशोरी अर्चना खातुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

हत्या घटनामा मृतक किशोरीका आफ्नै भिनाजु संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

भारतको बिहार राज्य अन्तर्गत पूर्णिया जिल्ला, पत्राहा पञ्चायत–१६ का २९ वर्षीय अजाज मियाँ जटले कटुवा पेस्तोलबाट गोली प्रहार गरेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।

प्रहरीका अनुसार पारिवारिक वादविवादकै क्रममा सोमबार बिहान करिब १ बजे अर्चना खातुनमाथि गोली प्रहार गरिएको थियो। घटनापछि अजाज मियाँ फरार रहेका छन्।

हत्या पछिको सुराकीका आधारमा आरोपी मियाँको खोजी भारतको सुपौलदेखि सुनसरीको सीमावर्ती नाकासम्म तीव्र पारिएको सुनसरी प्रहरीले जनाएको छ। घटनास्थलमा डिएसपी योगराज खतिवडाको नेतृत्वमा प्रहरी टोली खटिएको छ।

प्रहरीका अनुसार फरार रहेका अजाज मियाँको विगतमा विभिन्न आपराधिक समूहसँग सम्बन्ध रहेको आशंका गरिएको छ। उक्त आशंकाका आधारमा प्रहरीले अन्तरदेशीय समन्वयसहित अनुसन्धान अघि बढाएको जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved