धरान/ बाल दिवसको अवसरमा धरान उपमहानगरपालिका–११ नं. वडा बाल सञ्जालद्वारा आयोजित दन्त तथा सामान्य स्वास्थ्य शिविरमा १३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। ‘स्वस्थ बालबालिका, समृद्ध भविष्य’ भन्ने नारासहित असोज ३ गते मंगलबार धरान–११ वडा कार्यालयमा आयोजित शिविर बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो। शिविरमा बालबालिकासहित विभिन्न उमेर समूहका व्यक्तिहरूले स्वास्थ्य परीक्षण गराएका थिए। शिविरमा दन्त तथा सामान्य स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श र उपचार सेवा प्रदान गरिएको थियो। शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. स्मृति क
इनरुवा/ सुनसरीमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । इनरुवा नगरपालिका–१० जल्पापुर चम्राही टोलबाट प्रहरीले १ हजार ४५४ किलो ८७० ग्राम गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले शनिबार बिहान करिब ३ बजे उक्त स्थानमा निगरानी गरेको थियो। सो क्रममा भोक्राहा नरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादव को को १ च ८२७९ नम्बरको टाटा पिकअपमा गाँजा लोड गरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पिकअपसहित बरामद पदार्थ र यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसर
धरान/ भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाका लागि सुनसरीको धरान–१६ स्थित सिटी मन्टेश्वरी चिल्ड्रेन हाउस तथा ट्रेनिङ सेन्टरले राहत सामग्री सहयोग गरेको छ। विद्यालयमा अध्ययनरत बालबालिका, शिक्षक तथा कर्मचारीबाट रकम संकलन गरी बाढीपीडितका लागि आवश्यक लत्ताकपडा तथा अन्य सामग्री खरिद गरी सहयोग गरिएको हो। विद्यालयले सञ्चालन गरेको अभियानबाट ४३ हजार ९ सय ४५ रुपैयाँ संकलन भएको थियो। सो रकमबाट ४७ जोर कपडा, २३ जोर भित्री कपडा, ४० वटा ऊनी टोपी, ५० जोर चप्पल र ६० जोर जुत्ता खरिद गरी राहतस्वरूप पठाइएको विद्यालयले जनाएको छ। संकलित राहत सामग्री नेपाल स्काउट, कोशी प्रदेशका प्रद
धरान/ सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् । कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–४ आर्मी क्याम्पनजिक शुक्रबार बिहान करिब ४ः३० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पानी परिरहेका बेला उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १९ प ३१५० नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनामा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय मोटरसाइकल चालक अनिल राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सुरुमा सामुदायिक अस्पताल इटहरी लगिएको थियो । त्यहाँ उ
धरान/ सुनसरीको धरानमा ईभी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा खटिएका एक प्रहरी हवल्दार घाइते भएका छन्। बुधबार दिउँसो करिब २ः५० बजे धरान उपमहानगरपालिका–८ डम्पिङ साइटस्थित कोशी राजमार्गमा धरानबाट सेउतीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४६०२ नम्बरको ईभी गाडीले सोही दिशातर्फ जाँदै गरेको स ६ प ४४९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रबन्ध शाखामा दरबन्दी भई अस्थायी प्रहरी चौकी तिनकुनेमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार चन्द्रकुमार श्रेष्ठ घाइते भएका हुन्। खोटाङको बराहपोखरी गाउँपालिका–४ घर भएका श्रेष्ठ ड्युटीमा खटि
सुनसरी/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ को जंगलमा बाँदर खेदाउने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँसो करिब साढे २ बजे जंगलमा बाँदर खेदाउने क्रममा ५४ वर्षीय भलबहादुर तामाङले चलाएको भरुवा बन्दुकको गोली लाग्दा उनका काकाका छोरा ५३ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। गोली लागेर गम्भीर घाइते भएका श्यामबहादुरको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि प्रहरीले भरुवा बन्दुकसहित भलबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सुनसरी/ बराहक्षेत्र -६ श्रीलंका टप्पुका बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थाल्नुभएको छ । दुई वर्ष कुवेत बसेर स्वदेश फर्केका बालक कुवेतबाट नेपाल फर्किएर रु ५० हजार लगानीमा कृषि पेसा सुरु गर्नुभएको उहाँले अहिले करिब चार बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्नुभएको छ । पहिले बारी बाँझो हुन्थ्यो । घरमा काम गर्ने मान्छे हुँदैनथे । थोरै खेतीमा धान र मकै खेती गरिन्थ्यो । खानका लागि पुग्थ्यो । तर नगद पैसा हात पर्दैनथ्यो, चन्द्रवंशीले भन्नुभयो, नेपालमा जागिर खाँदा कमाइ थोरै थियो । अलिक बढी कमाइ होला भन्ने सोचेर विदेश गएँ, त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन । अहिले
उर्लाबारी/ मोरङको केराबारी गाउँपालिका –१ पाटीगाउँको तेलेङमा पानी भरिएको भाँडो (फोसी) मा डुबेर तीन वर्षकी बालिकाको मृत्यु भएको छ । केरावारी गाउँपालिका वडा –१ का वडासदस्य टेकबहादुर मगरका अनुसार मङ्गलबार दिउँसो घरमा खेल्नेक्रममा फडिन्द्र मगरकी छोरी दियाना मगरको मृत्यु भएको हो । दिउँसो करिब अढाइ बजेतिर घरमा खेलिरहेकी बालिका चारो पकाउने पानीले भरिएको ठुलो भाँडोमा डुबिरहेको अवस्थामा आमा यमुनाले भेटेपछि यमुनाले वडासदस्यलाई खबर गर्नुभएको थियो । वडासदस्य मगरले बालिकालाई तत्काल धनकुटाको डाँडाबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो । तर स्वास्थ्य केन्द्रका चि
धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलअन्तर्गतको हिबिस्कस बाल क्लबले विद्यार्थीलाई पढाइसँगै सामाजिक सेवामा जोड्ने उद्देश्यले मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको छ। बाल क्लबले आफ्नो मासिक सरसफाइ अभियानअन्तर्गत मंगलबार धरान–८ स्थित शनि मन्दिर र विश्वकर्मा मन्दिर परिसरमा सरसफाइ गरेको हो। यसअघि क्लबले सडक क्षेत्रलगायत विभिन्न स्थानमा नियमित रूपमा सरसफाइ गर्दै आएको विद्यालयले जनाएको छ। आगामी बिहीबार असोज १ गते विश्वकर्मा पूजा हुने भएकाले उक्त मन्दिरमा भक्तजनको अत्यधिक भीड हुने भएकाले पनि पूजा अगावै मन्दिर क्षेत्र सफा गरिएको विद्यालयका निर्देशक गंगराम कुलुङ राई
धरान/ जन्मदिनमा हुने फजुल खर्चलाई सामाजिक सेवामा लगाउने उद्देश्यसहित धरानका शिक्षासेवी डम्बरकुमार तुम्बापोले मानव सेवा आश्रममा आश्रित आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा बालबालिकासँग जन्मदिन मनाएका छन्। सुनसरीको धरान–१६ स्थित युएन स्कूलका डाइरेक्टर तथा युएन नवोदय प्लस टु र युएन कलेजका प्रिन्सिपल एवं क्याम्पस प्रमुख तुम्बापोले आफ्नो जन्मदिनको अवसरमा धरानस्थित मानव सेवा आश्रममा आश्रितहरूलाई विशेष भोजनका रूपमा खीर खुवाएका हुन्। आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै आएका तुम्बापोले आश्रमका आश्रितहरूसँग खुसी साट्न पाउँदा आफूलाई विशेष खुसी लागेको बताए। उनका अनुसार हरेक वर्ष राष्ट्रिय बाल