स्वास्थ्य

    Showing ३४१-३५० of २,६११ items.
  • इटहरीमा ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ

    इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–२, नाङलो होटल अगाडिको कोशी लोकमार्ग क्षेत्रमा लागू औषध ओसार–पसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले दुई विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ १८:४० बजे इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले BR 38 T 3596 नम्बरको मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा भारतको बिहार राज्य, अररिया जिल्लाका ३० वर्षीय सुरज कुमार सोनार र २५ वर्षीय केशव कुमार ठाकुरलाई चेकजाँच गरेको थियो। जाँचका क्रममा केशव कुमार ठाकुरको साथबाट ब्राउनसुगर   १३. ४४० ग्राम बरामद भएपछि दुवैलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • ४८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा स्कुल बसको ठक्करले अटो चालकको मृत्यु, एक जना घाइते

    धरान/ धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडकखण्डमा स्कुल बसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। {आज} बुधबार बिहान झन्डै ९ः४० बजे मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुल बसले विपरीत दिशाबाट आइरहेको को १ ह ८७७४ नम्बरको अटोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए। गम्भीर घाइते भएका अटो चालक धरान–१९, एकता मार्गका २४ वर्षीय निमेष भुजेललाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर उपचारकै क्रममा 

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • १,६९५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रको श्रीलंका टप्पुमा पशु,कृषि,ब्यक्तिगत तथा सामाजिक सुरक्षा सम्बन्धि एकीकृत घुम्ती सिविर

    वराहक्षेत्र/भौगौलिक रुपमा दुर्गम , शैक्षिक रुपमा पछि रहेको वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ कोशीपारी स्थित श्रीलंका टप्पुमा नगरपालिकाले पशु स्वास्थ्य शिबिर , कृषि माटो परिक्षण तथा व्यक्तीगत तथा सामाजिक सुरक्षा सम्बन्धी एकीकृत घुम्ती सिविर आयोजना गरेको छ ।  नगरपालिकाको प्रशासनिक केन्द्रसंग भौगौलोक रुपमा टाढा रहेको श्रीलंका टप्पुका स्थानियहरुलाई राहत तथा सुविधाकालागी मङलवार पशु पालन किसानहरुलाई निशुल्क औषधी सहित पशु स्वास्थ्य शिविर , खोरेत बिरुद्बको खोप , माटो परिक्षण सहित परामर्श सेवा तथा व्यक्तीगत घटना दर्ता, सामाजिक सुरक्षा कार्यक्रम दर्ता सिविर आयोजना गरिएको थियो । पशु तथा चौपायमा द

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • ४९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ठूलो परिमाणको लागू औषधसहित ३ जना पक्राउ

    धरान / सुनसरीको धरान उप–महानगरपालिका–८ तिनकुने क्षेत्रमा प्रहरीले ठूलो मात्रामा लागू औषध बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको अस्थायी प्रहरी पोष्ट तिनकुनेको टोलीले लागू औषध ओसारपसारमा संलग्न ३ जनालाई पक्राउ गरेको हो। मंसिर २२ गते साँझ करिब ४:४० बजे लांघाली सामुदायिक वनतर्फबाट तिनकुनेतर्फ आउँदै गरेको को १ ह ७७२८ नम्बरको अटोलाई चेकजाँच गर्दा चालक लाक्पा देर्जे तामाङ (२८, धरान–१५) र सोही अटोमा सवार प्रमिला राई (२३, धरान–४) को साथबाट ट्रामोल र स्पास पेन औषधिको सानो मात्रा फेला परेको थियो। प्रहरीका अनुसार तामाङको साथबाट Tramol

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • १,०६७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुहारीले खुवाइन ‘बिष’ ! सासूको मृत्यु, ससुरा आईसीयूमा

    धरान / मोरङ — बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बुहारीले सासू–ससुरालाई ‘विष मिसाइएको खाना’ खुवाइदिएको आरोपमा एक महिला पक्राउ परेकी छिन्। घटनामा ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ भने ७० वर्षीय भक्तबहादुर राई गम्भीर अवस्थामा आईसीयूमा उपचाररत छन्। शनिबार दिउँसो वृद्ध दम्पती बेहोस अवस्थामा फेला परेपछि घटना सार्वजनिक भएको हो। भक्तबहादुर राई घरनजिकैको खोल्सामा ढलेका अवस्थामा भेटिए भने इन्द्रमाया घरभित्रै अचेत अवस्थामा पाइइन्। त्यही बेला खोरमा रहेका तीन कुखुरा समेत मृत फेला परेपछि खानेकुरामै विष हालिएको आशंका झनै प्रबल बनेको प्रहरी प्रवक्ता डीएसपी हरिनन्दन चौ

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • ४४७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बला*त्कारपछि घाँटी रेटेर ह*त्या : लेटाङकी अंशुको ज्यान लिने छिमेकी पक्राउ

    धरान/  मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीय अंशु गौतमको बलात्कारपछि घाँटी रेटेर हत्या गरेको अभियोगमा ५९ वर्षीय छिमेकी पदम अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै अधिकारीलाई सार्वजनिक गरेको हो। उनी मृतककै छिमेकी र पेशाले ज्याला–मजदूरी गर्ने व्यक्ति हुन्। प्रहरीले जनाएको छ कि अधिकारी घटना खुल्न नपरोस् भनी भारत भागेका थिए। निरन्तर खोज र सुराकीका आधारमा उनलाई नेपाल फर्कने क्रममा पक्राउ गरिएको छ। अंशु असोज २१ गते घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भइन् । तर साँझसम्म घर नफर्केपछि परिवारले खोजतला

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • ६५२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ग्यारेजभित्रै गाडीमा गाँजा लोड गर्दै गर्दा ३ जना पक्राउ

    धरान/  सुनसरीको धरान उप–महानगरपालिका–१ कृषि बजार नजिक रहेको ‘साफिर’ नामक ग्यारेजमा गाडीमा गाँजा लोड गर्दै गरेका तीन जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा हिजाे (शनिबार) दिउँसो १ बजे गरिएको छापामा १४९ किलो गाँजा समेत बरामद गरिएको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले मे.१–ज २०१८ नम्बरको सवारी साधनबाट गाँजा अनलोड/लोड गर्ने क्रममा तिनै जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी–४ का २९ वर्षीय इन्द्रकुमार लिम्बु, सहिदभूमि–४ का २५ वर्षीय जिबस

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • ७१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागूऔषध ओसारपसार गर्ने २ जना पक्राउ

    धरान/  जिल्ला सुनसरी, धरान उप–महानगरपालिका वडा नं.–५ देउराली भोटे बस्तीमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचना पाएपछि अस्थायी प्रहरी चौकी देउरालीको टोलीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ। मंसिर २० गते राति २ बजे गएको चेकजाँच क्रममा वडा नं.–५ का २२ वर्षीय जितेन्द्र राई र धनकुटा जिल्ला, साँगुरीगढी गाउँपालिका वडा नं.–७ का २२ वर्षीय जीवन राईको साथबाट ट्रामाडोल–७० र स्पास्मो–७० गरी कुल १४० पिस ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले दुवैजनालाई लागूऔषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा लगेको र थप अनुसन्धान जारी रहेको बताएको छ।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • ६३४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रेडक्रसको एम्बुलेन्समा ५१ किलो गाँजासहित चालक पक्राउ

    सर्लाही/ मानवीय सेवा गर्ने उद्देश्यले प्रयोग गरिने रेडक्रसको एम्बुलेन्समै ठूलो परिमाणको गाँजा फेला परेको छ। हरिवन नगरपालिका–५, घुर्कौलीस्थित हिरालाल टोलमा ज १ च १५५८ नम्बरको एम्बुलेन्समा लागुऔषध लुकाइ–छिपाइ गरी ढुवानी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पछ्याउँदै नियन्त्रणमा लिएको हो। नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता गरिएको सो एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा पछाडिको भागमा बोराभित्र लुकाइएको ५१ किलो ५०० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति एम्बुलेन्स चा

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • ४४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लेटाङकी अंशुको हत्*यामा छिमेकीकै हात रहेको प्रहरी संकेत,१ जना पक्राउ

    सुनसरी/मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या छिमेकी पदम अधिकारीले गरेका हुन् भन्ने निष्कर्षमा प्रहरी पुगेको छ। करिब ५०–५२ वर्षका पदमलाई नियन्त्रणमा लिएर विस्तृत सोधपुछ जारी छ। प्रहरी स्रोतका अनुसार उनले हत्या गरेको स्वीकार गरिसकेका छन्, यद्यपि प्रहरी अधिकारीहरूले आधिकारिक रुपमा पुष्टि गर्न बाँकी छ। असोज २१ गते घरबाट निस्किएकी अंशुको शव कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र टाउको र शरीर छुट्टिएको भयानक अवस्थामा भेटिएको थियो। शव कुहिंदा धेरै प्रमाण नष्ट भएकाले अनुसन्धान निकै चुनौतीपूर्ण बनेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानमा अंशु घर

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • ६०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved