धरानमा ग्यारेजभित्रै गाडीमा गाँजा लोड गर्दै गर्दा ३ जना पक्राउ

  • मंसिर २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको धरान उप–महानगरपालिका–१ कृषि बजार नजिक रहेको ‘साफिर’ नामक ग्यारेजमा गाडीमा गाँजा लोड गर्दै गरेका तीन जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा हिजाे (शनिबार) दिउँसो १ बजे गरिएको छापामा १४९ किलो गाँजा समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले मे.१–ज २०१८ नम्बरको सवारी साधनबाट गाँजा अनलोड/लोड गर्ने क्रममा तिनै जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी–४ का २९ वर्षीय इन्द्रकुमार लिम्बु, सहिदभूमि–४ का २५ वर्षीय जिबसन राई र भारत उत्तर दिनाजपुर सुजाली ग्रामथानका २५ वर्षीय साफिर आलम रहेका छन्। बरामद गाँजा र सवारी साधनसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा बुझाइएर थप अनुसन्धान जारी रहेको छ।

उक्त सवारी साधनका चालक भने घटनास्थलबाट फरार भएकाे र उनको पहिचान तथा खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved