धरानमा ग्यारेजभित्रै गाडीमा गाँजा लोड गर्दै गर्दा ३ जना पक्राउ

  • मंसिर २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको धरान उप–महानगरपालिका–१ कृषि बजार नजिक रहेको ‘साफिर’ नामक ग्यारेजमा गाडीमा गाँजा लोड गर्दै गरेका तीन जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा हिजाे (शनिबार) दिउँसो १ बजे गरिएको छापामा १४९ किलो गाँजा समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले मे.१–ज २०१८ नम्बरको सवारी साधनबाट गाँजा अनलोड/लोड गर्ने क्रममा तिनै जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी–४ का २९ वर्षीय इन्द्रकुमार लिम्बु, सहिदभूमि–४ का २५ वर्षीय जिबसन राई र भारत उत्तर दिनाजपुर सुजाली ग्रामथानका २५ वर्षीय साफिर आलम रहेका छन्। बरामद गाँजा र सवारी साधनसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा बुझाइएर थप अनुसन्धान जारी रहेको छ।

उक्त सवारी साधनका चालक भने घटनास्थलबाट फरार भएकाे र उनको पहिचान तथा खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved