स्वास्थ्य

    Showing २६१-२७० of २,६११ items.
  • विजयपुर हस्पिटल र एक्वा स्कुलबीच स्वास्थ्य सहुलियत सम्झौता

    धरान/ धरान–१० स्थित विजयपुर हस्पिटल प्रा.लि. र धरान–१७ को एक्वा डाइनास्टी इंग्लिस स्कुलबीच सहुलियत स्वास्थ्य सेवा प्रदान गर्ने महत्वपूर्ण सहकार्य भएको छ। विद्यालयको पहलमा भएको यस समझदारीले विद्यार्थी, शिक्षक, अभिभावक तथा कर्मचारीलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ। सम्झौतामा अस्पतालका तर्फबाट हाडजोर्नी विभाग प्रमुख जनक दास तथा प्रमुख प्रशासक इन्दु नेपाल योन्जन र विद्यालयका तर्फबाट डाइरेक्टर अनिस राईको सहभागिता रहेको थियो। सम्झौता अनुसार विद्यालयसँग आवद्ध सबै व्यक्तिहरूले विभिन्न सेवामा आकर्षक छुट पाउनेछन्। जसअन्तर्गत औषधि (फार्मेसी) सेवामा १० प्रतिशत

    • प्रकाशित मितिः चैत २५, २०८२
    • ७२७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान जोड्ने सडक अलपत्र: मेयर कार्कीको कडा एक्सन

    वराहक्षेत्र/  वाङ्गे बजारदेखि नडाहा हुँदै धरान जोड्ने बहुप्रतिक्षित कालोपत्रे सडक निर्माण लामो समयदेखि अलपत्र पर्दै आएपछि वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की कडा रूपमा अघि बढेका छन्। सोमबार मेयर कार्की स्थानीय जनप्रतिनिधि तथा उपभोक्तासहित विराटनगरस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग पुगेर विभागीय प्रमुख तथा सम्बन्धित अधिकारीहरूको ध्यानाकर्षण गराउँदै योजना यथाशीघ्र सम्पन्न गर्न कडा दबाब दिएका हुन्। संघीय सरकारको बजेटबाट निर्माण भइरहेको उक्त सडक समयमै सम्पन्न नहुँदा स्थानीयवासी तथा सेवाग्राहीले निरन्तर सास्ती खेप्दै आएका छन्। धुलो, हिलो र अव्यवस्थित स

    • प्रकाशित मितिः चैत २४, २०८२
    • ३५९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एशियन लाइफद्वारा विद्यार्थीलाई सहयोगदेखि अभिभावकविहीन बालिकासम्म संरक्षण

    धरान/  एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धरान शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा र मानवीय सेवामा उल्लेखनीय काम गर्दै आएको छ। कम्पनीको १८औँ वार्षिकोत्सवको अवसरमा धरान–१९ स्थित किराँतेश्वर माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्कुल ड्रेस र स्टेशनरी वितरण गरिएको छ। कार्यक्रममा १० जना विद्यार्थीलाई स्कुल ड्रेस तथा ६ जनालाई स्टेशनरी सामग्री हस्तान्तरण गरिएको थियो। प्रधानाध्यापक डा.योगेन्द्र पालुङ्गा, शाखा प्रबन्धक सुजन भण्डारी, वरिष्ठ व्यवसाय प्रबन्धक तिलक कालिकोटे लगायतको उपस्थितिमा सामग्री वितरण गरिएको हो। सो अवसरमा जीवन बीमाको महत्वबारे जानकारी दिँ

    • प्रकाशित मितिः चैत २०, २०८२
    • ३२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बलात्कार मुद्दा हाल्छु भन्दै करोडौं असुली—तुलसा फरार, १० विरुद्ध केस

    सुनसरी/सहमतिमा भएको शारीरिक सम्बन्धलाई नै हतियार बनाएर ‘जबरजस्ती करणीको मुद्दा हाल्ने’ धम्की दिँदै करोडौं रकम असुली गरेको आरोपमा टिकटकर ‘तुलसा’ भनिने तुल्सी अधिकारीसहित १० जनाविरुद्ध मुद्दा दायर भएको छ। जिल्ला प्रहरी परिसर ललितपुर ले जबर्जस्ती रकम असुली, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन बुझाएपछि बिहीबार जिल्ला अदालत ललितपुर मा मुद्दा दायर गरिएको हो। अभियोगपत्रअनुसार तुल्सी अधिकारीले आर्थिक लाभ लिने मुख्य उद्देश्यसहित सहमतिमा भएको सम्बन्धलाई आधार बनाउँदै पीडित कुमार चिमोरियालाई बारम्बार ‘बलात्कारको मुद्दा हाल्ने’ भन्दै

    • प्रकाशित मितिः चैत २०, २०८२
    • २९८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमै मोतियाबिन्दुको शल्यक्रिया सुरु, अब उपचारका लागि बाहिर धाउनु नपर्ने

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले स्वास्थ्य सेवामा महत्वपूर्ण फड्को मार्दै नगर अस्पतालबाटै मोतियाबिन्दुको शल्यक्रिया सेवा सुरु गरेको छ। यससँगै स्थानीय बासिन्दाले अब उपचारका लागि नगर बाहिर धाउनु पर्ने बाध्यता अन्त्य भएको छ। चक्रघट्टि स्थित बराहक्षेत्र नगर अस्पताल अन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रमा नियमित रूपमा विशेषज्ञ डाक्टरको टोली ल्याई मोतियाबिन्दुको अप्रेसन सेवा प्रदान गर्न थालिएको हो। नगर प्रमुख रमेश कार्कीका अनुसार अस्पतालले परीक्षणदेखि शल्यक्रियासम्मको सेवा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ। नगरपालिकाले विगतदेखि सञ्चालन गर्दै आएको निःशुल्क आँखा शिविरलाई थप प्रभावकारी बनाउँद

    • प्रकाशित मितिः चैत १९, २०८२
    • ३७० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चक्रघट्टी जेसिजद्बारा महिला सशक्तिकरण तथा नेतृत्व क्षमता बिषयमा अभिमुखिकरण

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका क्रियासिल रहेक चक्रघट्टी जेसिजले महिला सशक्तिकरण तथा नेतृत्व क्षमता बिषयमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । मङलवार चक्रघट्टी जेसिजले सप्तकोशी बहुमुखि क्याम्पसमा अध्यनरत छात्रा विद्यार्थीहरुलाई उक्त महिला सशक्तिकरण तथा नेतृत्व क्षमता बिषयमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । अभिमुखिकरण कार्यक्रमा ३६ जना छात्रा विद्यार्थीहरुको सहभागिता रहेको थियो। क्याम्पसको सभाहलमा आयोजना भएको कार्यक्रममा नेपाल जेसिज क्षेत्र क तालिम संयोजक लक्ष्मी वराहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा क्याम्पस प्रमुख शुशिल कोईराला विशिष्ट अतिथि रहेका थिए । अभिमुखिकरणम

    • प्रकाशित मितिः चैत १७, २०८२
    • ३४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

    धरान/ सुनसरीको धरानमा लागूऔषध विरुद्ध प्रहरीले चलाएको सक्रिय अभियान अन्तर्गत दुई भारतीय नागरिक ब्राउन सुगरसहित पक्राउ परेका छन्। मिति २०८२ चैत १५ गते दिउँसो करिब १२:३० बजे वडा प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय  बाट संयुक्त रूपमा खटिएको टोलीले धरान–९ देवकोटा पथमा मोटरसाइकल चेकजाँच गर्ने क्रममा भारत बिहार सुपौल जिल्लाका २३ वर्षीय आदित्य सागरलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट २।९४ ग्राम ब्राउन सुगर बरामद भएपछि थप अनुसन्धानका क्रममा प्रहरीले उनको बयानकै आधारमा धरान–१८ बुद्ध चौकस्थित कान्तिपुर गेष्ट हाउसमा पुगेको थियो। त्यहाँ बसेका अर्का भारतीय नागरिक, सु

    • प्रकाशित मितिः चैत १६, २०८२
    • ७०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पब्लिक हाइ स्कुलको ७९ औँ वार्षिकोत्सवमा ६६ युनिट रगत सङ्कलन

    धरान/  सुनसरीको धरानस्थित पब्लिक हाइ स्कुलले आफ्नो ७९ औँ वार्षिकोत्सवको अवसरमा आइतबार भव्य रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा ६६ युनिट रगत सङ्कलन भएको छ। कार्यक्रम संयोजक वीरेन्द्रबहादुर साहका अनुसार रक्तदानमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सङ्कलित रगतमध्ये २१ जना महिला र ४५ जना पुरुषले रक्तदान गरेका थिए। विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको संयोजक साहले जानकारी दिए। नेपाल रेडक्रस सोसाइटी सुनसरीको ब्लड बैङ्कको प्राविधिक सहयोगम

    • प्रकाशित मितिः चैत १५, २०८२
    • २९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सफारी चालकद्वारा युवती अपहरणपछि जङ्गलमा बला*त्कार र लुटपाट

    धरान/  सुनसरीको धरान मा एक गम्भीर आपराधिक घटना सार्वजनिक भएको छ। एक १९ वर्षीया युवतीलाई अपहरण गरी जङ्गलमा लगेर कुटपिट, बलात्कार र लुटपाट गरेको आरोपमा सीटी सफारी चालक पक्राउ परेका छन्। प्रहरीका अनुसार चैत ६ गते बेलुका धरान १७ घर भएकि पीडित युवती आफ्नो मावली घर मोरङको सुन्दरहरैचा–७ गोठगाउँमा पुराना कपडा लिएर जाने क्रममा धरानकाे  भोटेपुलमा बसको प्रतीक्षा गरिरहेकी थिइन्। सोही बेला अपरिचित व्यक्तिले उनलाई सीटी सफारीमा चढ्न लगाएर भानुचोक बसपार्क हुँदै पानमारा क्षेत्रतर्फ लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आरोपितले उनलाई साकेला पार्क नजिकको एकान्त जङ्गलमा पुर्‍याई कुटप

    • प्रकाशित मितिः चैत ११, २०८२
    • २,८५३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अब घरबाटै गुनासो राख्न मिल्ने: धरानको बीपी प्रतिष्ठानमा डिजिटल सेवा सुरु

    धरान/  वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सुझाव तथा गुनासो दर्ताका लागि अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ। अब प्रतिष्ठानमा उपचारका लागि आउने सर्वसाधारणदेखि लिएर संस्थाभित्र कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीले समेत घरमै बसेर मोबाइल वा कम्प्युटरमार्फत सजिलै आफ्ना सुझाव तथा गुनासो राख्न सक्ने भएका छन्। यसअघि सुझाव तथा गुनासो राख्नका लागि उपकुलपति कार्यालय परिसरमा रहेको योजना तथा अनुगमन महाशाखामा लिखित निवेदन दिनुपर्ने वा हरेक आइतबार दिउँसो ४ देखि ५ बजेसम्म प्रत्यक्ष रूपमा समितिसँग भेटघाट गर्नुपर्ने

    • प्रकाशित मितिः चैत १०, २०८२
    • ४०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved