स्वास्थ्य

    Showing 2,151-2,160 of 2,412 items.
  • प्रदेश १ मा १७ संक्रमित थपिए, ४९ डिस्चार्ज

    विराटनगर २४ असार । प्रदेश १ मा आज १७ जना कोरोना संक्रमित थपिएका छन् । आज मोरंगमा ३, झापामा ७ र सुनसरीमा २, तेह्रथुममा १, ताप्लेजुङ र इलाममा २–२ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको लेटाङमा एक पुरुष र धनपालथानमा २ पुरुष, झापाको मेचीनगरमा एक महिला, ४ पुरुष, विर्तामोड र हल्दिबारीमा १–१ जना पुरुष, सुनसरीको इटहरीका २ पुरुष, तेह्रथुमको लालीगुराँसमा एक पुरुष, ताप्लेजुङको फुङलिङमा एक महिला, एक पुरुष, इलामको सन्दकपुरमा २ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २ पुगेको छ । प्रदेश १ मा आज ४९ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स

    • प्रकाशित मितिः असार २४, २०७७
    • 1,004 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २५५ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि , संक्रमितको संख्या १६ हजार ४ सय २३

    आज थप २५५ जनामा संक्रमण  पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या  १६ हजार ४ सय २३  पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २५५ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप  २५३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या  ७७५२  जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    • प्रकाशित मितिः असार २४, २०७७
    • 666 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रामानन्दाचार्य सेवापिठको होल्डिङ केन्द्रमा १ हजार भन्दा बढीले सेवा लिए

    चतरा । कोरोनाको जोखिमका कारण वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई राख्दै आएको सुनसरीको बराहक्षेत्रमा रहेको रामानन्दाचार्य सेवा पिठ होल्डिङ केन्द्रमा मंगलबार सम्ममा १ हजार १ सय ५० जना बसिसकेका छन् । बराहक्षेत्रको वडा नम्बर १ मा रहेको होल्डिङ केन्द्रमा नेपाली सेनाले सुरक्षा दिएको छ । विदेसवाट फर्किएका हरुलाई होल्डिङ केन्द्रमा राखी उनीहरुलाई आ–आफ्नो नगरमा पठाइने गरिएको छ । नगरले व्यवस्थापन गरेको क्वारेन्टाईनमा राखि स्वाब परिक्षण पश्चात मात्रै घर जान दिइने व्यवस्था गरिएको छ । होल्डीङ केन्द्रमा राखिएकाहरुलाई प्रदेश सरकारको तर्फबाट नेपाली सेनाले नै व्यवस्था गरिदिने गरेको छ । उनीहरुलाई खाना, वस्

    • प्रकाशित मितिः असार २४, २०७७
    • 1,046 पटक पढिएको
    • "हिमाल राई"
  • विपीबाट आज थप ११ जना कोरोना संक्रमितहरु डिस्चार्ज

    धरानर धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ११ जना डिस्चार्ज भएका छन् । उनीहरु ७ वर्ष देखि ५४ वर्ष सम्मका झापा ७ जना र सुनसरीका ४ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा.  निदेश सापकोटाले जानकारी दिए । महिला ७ जना र पुरुष ४ जना डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु जेठ ३१  गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल ४२पुराना र ५ जना नयाँ उपचाररत छन् भने २११ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा ५ जना भर्ति भएका छन् । हाल सम्म प्रतिष्ठानमा १०,५६७  पिसि आर परिक्षण गरिएको छ । 

    • प्रकाशित मितिः असार २३, २०७७
    • 756 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २०४ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १६ हजार १ सय ६८

    आज थप २०४  जनामा संक्रमण  पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या  १६ हजार १ सय ६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २०४  जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप  ६८८  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या  ७४९९   जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    • प्रकाशित मितिः असार २३, २०७७
    • 723 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एन्फा क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पोजिटिभ

     धरान । वैदेशिक रोजगारीबाट फर्किएर क्वारेन्टाइनमा रहेका धरानका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ । दिल्लीबाट आएकी धरान ३ की एक महिला र कतारबाट आएका धरान १९ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु धरान १७ स्थित एन्फा क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरु दुवैलाई क्वारेन्टाइनबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइसकेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । यस्तै, अन्य ६५ जनाको पिसिआर रिपोर्ट भने नेगेटिभ आए पछि उनीहरुलाई घर पठाइएको मेहताले बताए ।

    • प्रकाशित मितिः असार २३, २०७७
    • 802 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल वायुसेवा निगमका तिन पाइलट सहित १४ जनामा कोरोना संक्रमण

    सुनसरी । वैदेशिक रोजगारीबाट फर्काउने कार्यमा खटिएका नेपाल वायुसेवा निगमका तिन चालक सहित १४ कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । ११ जना उडान कर्मचारी र तीन पाइलटमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएको पाइलट तथा कर्मचारीलाई होटलको क्वारेन्टाइनमा राखिएको बताइएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यमा विभिन्न गन्तव्यमा खटिएका पाइलट तथा कर्मचारीमा कोरोना संक्रमण भएको निगम स्रोतले जानकारी दिएको छ ।होटल क्वारेन्टाइनमा बसेका लाई कोरोना संक्रमण पुष्टि भए पछि होटल नै सिल गरिएको छ ।

    • प्रकाशित मितिः असार २२, २०७७
    • 1,052 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज ६ संक्रमित थपिए, १५ डिस्चार्ज

    विराटनगर, २२ असार । प्रदेश १ मा सोमबार ६ जना पुरुषमा कोरोना संक्रमित थपिएका छन् । झापामा ४, खोटाङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भापाको मेचीनगरमा १, विर्तामोडमा २ र गौरीगञ्जमा १, सुनसरीको रामधुनीमा १, खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकामा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ७६ पुगेको छ । संक्रमित मध्ये १ सय ११ महिला र ५ सय ६५ पुरुष रहेका छन् । प्रदेश १ बाट सोमबार १५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ११ महिला र ५ पुरुष डिस्च

    • प्रकाशित मितिः असार २२, २०७७
    • 729 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १८० जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १५ हजार ७ सय ८४

    आज थप १८० जनामा संक्रमण  पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । थप १ जनाको मृत्यु भएको  छ। कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप  २६४  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या  ६८११  जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।        &nb

    • प्रकाशित मितिः असार २२, २०७७
    • 693 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ५ संक्रमित थपिए

    विराटनगर / प्रदेश १ मा आईतबार ५ जना संक्रमित थपिएका छन् । आईतबार मोरंगमा २, झापामा २ र पाँचथरमा १ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको बेलबारी र मिक्लाजुङमा १–१ जना पुरुष, झापाको दमकमा १ महिला, १ पुरुष र पाँचथरको फिदिममा १ पुरुषमा स.क्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ७० पुगेको छ ।

    • प्रकाशित मितिः असार २१, २०७७
    • 682 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved