धरानमा संक्रमण फैलिदैछ, लुकेर भए पनि मानिस आउँदैछन्

  • साउन ३१, २०७७
  • "दिनेश गजमेर"
alt

धरान । धरानको प्रमुख प्रवेशद्वारा तिनकुने नाकाबाट दैनिक जसो सयौंको संख्यामा मोटरसाइकलमा मानिसहरु प्रवेश गर्छन् । निजी सवारी साधन प्रयोग गरि धरान भित्रिनेको संख्या पनि उस्तै नै देखिन्छ । तर उनीहरु सुरक्षित ढंगले धरान प्रवेश गरिरहेका छन् त ? कुनै चेकजाँच हुने गर्दैन् । उनको आवश्यक्तालाई हेरेर प्रहरीले प्रवेशमा अनुमती दिने गरेको छ ।

धरानमा बाहिरबाटै आएका मानिसबाट कोरोना फैलिएको थियो । धरान आउँजाउँ गरिरहेका धरान ८ स्थित औद्योगिक क्षेत्रमा रहेको प्रिति भल्भ उद्योगका एक कर्मचारीबाट समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको हो । कोरोनाको संक्रमण शनिबार सम्ममा समुदाय स्तरमा करिब ३० जना भन्दा माथि छन् । हाल सम्म क्वारेन्टाइनमा बसेका समेत गरेर ७१ जना कोरोना संक्रमित धरानमा पुष्टि भइसकेका छन् । समुदायस्तरमै कोरोनाको संक्रमण पनि बढ्दै गएको छ ।

धरान उपमहानगरपालिकाले घोषणा गरेको दोस्रो चरणको लकडाउन शहर बजारमा पुर्ण पालना भएको देखिन्छ तर नजिकैका गाउँ वा नगरबाट रातको समयमा लुकिछिपी आउनेहरुका कारण भने थप जोखिम पुर्ण बन्दै गएको छ ।

पहिलो चरणको लकडाउन खुल्ला भए लगत्तै धरान उपमहानगरपालिका क्षेत्रमा कोरानाको संक्रमण पनि ह्वातै बढ्न थालेको हो । कोरोनाको संक्रमण फैलिदै गए पछि धरानले दोस्रो चरणको लकडाउन घोषणा गरे पछि भदौ ३ गते सम्मका लागि पुर्ण लकडाउन लागु भएको छ । तर रातको समयमा धरानमा व्यापार, व्यवसाय गर्नेहरु लुकिछिपी आउन थाले पछि जोखिम पनि बढ्दै गएको छ ।

रातको समयमा पहाडी क्षेत्रबाट तरकारीहरु पनि लिएर आउने गरेको स्थानीय बताउँछन् । धरानका केही व्यापारीहरु सँगको सम्पर्कमा रातको समयमा तरकारी लिएर आउने र धरानको गाडिले सो क्षेत्रबाट पिकअप गर्ने गरेको उनीहरुको भनाई छ । दिउसोको समयमा पनि तल्लो क्षेत्रबाट मोटरसाइकल वा निजी सवारी साधनहरुमा मानिसहरु भित्रिनै रहेका छन् । नाकाहरुबाट प्रहरीले सामान्य चेकजाँच गरेर प्रवेश गर्न दिएको पनि पाइएको छ ।
धरान प्रवेश गर्न दिइने नाकाहरुबाट आउने व्यक्तिहरुलाई फिर्ता पठाइने गरे पनि चोरबाटो आउनेलाई नियन्त्रण गर्न नसकिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेत बताउँछन् । उनले भने, ‘त्यसरी नआउने होइन्, आउने गर्छन, भेटिएकाहरुलाई फर्काउने गरेका छौं, लुकिछिपी कुबाटो प्रयोग गर्ने बाहेक अन्यलाई अनावश्यक मानिसहरुलाई छिर्न दिदैनौं ।’ अनावश्यक धरान आउनेहरुलाइ पक्राउ गरेर फिर्ता पठाउने गरेको र प्रवेशमा निरुत्साहित गरिरहेको उनको भनाई छ ।dharan prabesh 1

उनका अनुसार प्रवेश गर्ने नाकाहरुमा करिब १ सय २५ जना प्रहरी परिचालन गरिएको छ । धरान प्रवेश गर्ने मुख्य नाका तिनकुने चेकपोस्ट, धरान १७ को पटनाली, पानमारा नाका सहित उत्तर तर्फ बेस क्याम्पमा प्रहरी खटाइएको उनले बताए ।

धरानको सिमानाकाहरुलाई कडाई गर्न सबै नाकाहरुमा नेपाल प्रहरी, बजार क्षेत्रमा शसस्त्रहरुले निगरानी बढाइएको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको भनाई छ । समुदाय स्तरमै स्थानीय संघसंस्थाहरुलाई परिचालन गरेर पनि स्थानीयवासीकै रोहबरमा सिमानाहरुमा कडाई भइरहेको उनले बताए ।
धरानको सिमानामा पर्ने बराहक्षेत्र नगरपालिका, इटहरी नगरपालिका हुँदै चारकोशे जंगलबाट रातको समयमा मानिसहरु धरान भित्रिने गरेको पाइएको छ । बजार क्षेत्रमा कडाई गरे पनि रातको समयमा सिमा क्षेत्र खुल्ला जस्तै हुने गरेको छ । तसर्थ धरान उपमहानगरपालिकाको सुरक्षा समितीले निगरानी पनि बढाउन आवश्यक छ ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved