इटहरी । कोरोनाबाट निको भएर फर्केका इटहरीका एक युवालाई समाजले बहिष्कार गरे पछि इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौत्तमको पहलमा स्थापित गरिएको छ ।
उपचार पछि घर फर्किएका युवालाई घरमा बस्न नदिए पछि उनी होटलमा बस्न बाध्य भएका थिए । समाजले बहिष्कार गरेको भन्दै टिका टिप्पणी हुन थाले पछि उपमेयर गौत्तम सहितको सर्वपक्षिय भेलाले उनलाई आफ्नै घरमा स्थापित गरिएको छ । इटहरी ५ का युवालाई पुनः सोहि गाउमा बस्न दिने सर्वसम्मतबाट निर्णय भएको छ ।
उनी बिगत लामो समयदेखि इटहरी ५ स्थित एक आफन्तको बस्दै आएका थिए । गत २० गते धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उनको स्वाब परिक्षण गर्न दिएका थिए । २२ गते प्राप्त रिपोर्ट पोजिटिभ आए पछि उनलाइ धरान स्थित बिपि प्रतिष्ठानको आइसोलेसन वार्डमा राखेर उपचार सुरू गरिएको थियो । एक साताको उपचार पछि निको भएर फर्किएका उनलाई इटहरी आफन्तकहाँ फर्कन खोज्दा समाजले बस्न नदिने भन्दै उल्टै घरमा ताला लगाइदिने चेतावनि दिएपछि पिडित युवक इटहरीकै एक होटलमा बस्न बाध्य भएका थिए ।
सामाजिक सञ्जालमा समेत टिका टिप्पणी हुन थाले पछि उपमेयर गौतमको पहलमा इटहरी ५ का स्थानीय टोल बिकास समितिका अध्यक्ष लगायत बुद्धिजिवि र स्थानीयहरू सँग छलफल गरेकी थिईन । भेलाले पिडित युवकलाइ उच्च सतर्कता अपनाएर घरमा बस्न दिने निर्णय भएको उपमेयर गौतमले बताईन ।