धरान । धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपचार गराइ रहेको बिराटनगरकी कोरोना संक्रमीत महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका २ की ५० बर्षीया महिलाको शनिबार राती मृत्यु भएको हो । उनी न्युरो अस्पतालवाट रेफर भएर आएकी थिइन ।
शनिबार राती १० वजे प्रतिष्ठानको कोभिड असपतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाका अनुसार ४, ५ दिनदेखि अत्यधिक ज्वारो, खोकी, श्वास फेर्नमा समस्या भएको कारण उनलाई न्युरोले प्रतिष्ठान रिफर गरेको थियो ।
मृतक महिलालाई फोक्सोको समस्या, थैरोइडको समस्या र मुटुको उपचार दिल्लीमा भइरहेको पनि जानकारी प्राप्त भएको डा।सापकोटाले बताए । मृतकको शवको व्यवस्थापन गर्ने कार्य भइरहेको पनि उनले बताए ।
यो संगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ७ पुगेको छ