विराटनगर । विराटनगर महानगरपालिकामा कोभिड १९ को संक्रमण बढ्दै गएपछि नियमिति खोप सम्बन्धी सबै सेवा भदौ १५ सम्मको लागि स्थगन गरिएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखेरलले संक्रमण जोखिमका कारण खोपका कार्यक्रम तत्कालका लागि बन्द गर्नुपर्ने अवस्था आएको बताए । भने,“खोप लगाउने स्थानमा मानिसको बढी भिंडाभांड हुन गई कोरोना जोखिम बढेकोले दुई सातासम्मको लागि खोप सम्बन्धी सेवा स्थगन गरेका हौं ।”
विराटनगरमा नवजात शिशु तथा ५ वर्षमुनिका बालबालिकाको लागि दिइने खोप सम्बन्धी कार्यक्रम प्रभावित बन्न पुगेको छ । महानगरमा दैनिक ४० को हाराहारीमा कोरोना संक्रमित बढ्न थालेका छन् । संक्रमणबाट मृत्यु हुने क्रमसमेत बढेपछि विराटनगरमा भदौ ५ गतेसम्म लकडाउन थप गरिएको छ ।