विराटनगर/ विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउने अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार बिहानदेखि डोजर परिचालन गरी व्यावसायिक संरचना हटाउन सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा तीनवटा जेसिबी प्रयोग गरी अस्पतालको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संघ, गणेश मन्दिर र देवकोटा पुस्तकालयलगायत संस्थाका सटर तथा भवन भत्काउने काम थालिएको हो। ती संस्थाले लामो समयदेखि अस्पतालको जग्गामा संरचना निर्माण गरी औषधि पसल तथा चिकित्सकीय क्लिनिक सञ्चालनका लागि भाडामा लगाउँदै आएका थिए। केही दिनअघि गृहमन्त्री
धरान/ सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल नजिकबाट प्रहरीले १०७ दशमलव ४५ ग्राम ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ। लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ नोचा टोलका २५ वर्षीय जमालउद्दिन मियाँ र सोही स्थानका २५ वर्षीय इमदाद मियाँलाई आइतबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट १०७ दशमलव ४५ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्याल
धरान/ सुनसरीमा प्रहरीले एकैदिन सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन किशोरसमेत रहेका छन्। उनीहरूको साथबाट करिब पाँच ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। शनिबार बिहान करिब ११ बजे इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले कोशी गाउँपालिका–१ लौकही बजारमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ भी ०७८४ नम्बरको मोटरसाइकललाई शङ्काका आधारमा रोकी जाँच गर्दा सिटमुनि लुकाएर राखिएको १.८२ ग्राम ब्राउन सुगर बरामद गरेको थियो। उक्त घटनामा मोटरसाइकल चालक कोशी गाउँपालिका–६ का ४० वर्षीय सुरेन्द्र महतो पक्राउ परेका
काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारमाथि शनिबार मध्यराति आएको बाढीले थप विपत्ति निम्त्याएको छ। बाढीबाट जोगिन सुरक्षित स्थानतर्फ लाग्ने क्रममा काँधमा जेब्रा झोला बोकेर हिँडिरहेको एक सानो बालकको तस्बिर सार्वजनिक भएपछि त्यसले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलेको छ। उक्त तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले बालकलाई आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। साम्पाङले फेसबुकमा लेखेका छन्, यो बालकलाई मैले मेरो व्यक्तिगत तर्फबाट रु. ५० हजार सहयोग गर्ने भएँ। ति
सुनसरी/ पूर्वी पहाडी तथा तराईका क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण सप्तकोशी नदीको जलसतहमा तीव्र वृद्धि भएपछि सम्बन्धित निकायले ब्यारेज आसपास तथा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो मापनअनुसार सप्तकोशी ब्यारेजमा पानीको बहाव बढेर प्रतिसेकेन्ड १ लाख २६ हजार क्युसेक पुगेको छ, जुन सामान्य अवस्थाको तुलनामा निकै बढी हो। यसअघि चार घण्टा अगाडिको मापनमा बहाव १ लाख २५ हजार १ सय १० क्युसेक रहेकोमा त्यसयता नदीको सतह लगातार बढ्दो क्रममा रहेको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनैभरि वर्षा हुने पूर्वानुमान रहेकाले कोशी नदीमा बाढीको जोखिम
काठमाण्डौं/ आत्मदाहको निर्मम बाटोे रोज्न बाध्य बनाएकाले सरकार राइडसेर श्रमिक गणेश नेपालीको हत्यारा भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ । सरकारका संरचनाहरु जल्लादको भूमिकामा गरिब जनताको हत्यारा रहेको बताएको छ । संगठनका अध्यक्ष भीमज्वाला राईले यातायात श्रमिक तथा सडकप्रयोगकर्तामाथि ट्राफिक जरिवानाको आतंक, अभद्र व्यवहार, अत्याचार र चरम अपमान कतिसम्म थियो भन्ने उदाहरण नेपालीको आत्मदाहको घटनाले स्पष्ट गरेको बताएकाछन् । शुक्रबार विज्ञप्ती जारी गर्दै गरिखाने श्रमिकलाई आत्मदाहजस्तो निर्मम बाटोे रोज्न बाध्य बनाउने सरकार भएको उल्लेख गर्दै वर्तमान सरकारका संरचनाहर
धरान/सुनसरीको धरान १६ मा अवस्थित युएन नवोदय +२ कलेजले कक्षा ११ विज्ञान संकायका विद्यार्थीहरूका लागि चिकित्सा शिक्षा सम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। भविष्यमा एमबीबीएस, बीडीएस तथा बी.एस्सी. (नर्सिङ/मेडिकल साइन्स) अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा कलेजका +२ विज्ञान संकायका एड्भाइजर तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. आर्यन राज श्रवण मण्डल र उहाँको विज्ञ टोलीले चिकित्सा शिक्षाको वर्तमान अवस्था, प्रवेश परीक्षा तयारीका प्रभावकारी उपाय तथा यस क्षेत्रमा रहेका अवसरबारे विद्यार्थीलाई विस्तृत जानकारी गराएका थिए। कल
धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट उपचारका लागि आएका बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि मिलाइदिने भन्दै प्रलोभनमा पारेर अवैध कमिसनको चलखेल गरेको आरोपमा १० जना पक्राउ परेका छन्। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलतर्फ पठाई आर्थिक चलखेल तथा अवैध कमिसन लिने गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा २०८३ असार २३ गते इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काक
झापा/ बाह्रदशी गाउँपालिका कार्यालय भवनमा रंग लगाउने क्रममा तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ। मोरङको सुन्दरहरैंचा नगरपालिका–४ निवासी ४२ वर्षीय टंक थापा सोमबार बिहान करिब ९ः४० बजे बाह्रदशी गाउँपालिका–५ फूलबारीस्थित गाउँपालिका कार्यालयको तीनतले भवनमा रंग लगाइरहेका थिए। सोही क्रममा सन्तुलन गुमाउँदा उनी तल खसेका थिए। प्रहरीका अनुसार थापा सीधै भुइँमा खस्नुअघि भवनको बीच भागमा रहेको फलामे ग्रिलमा ठोक्किएका थिए। दुर्घटनामा उनको निधार र दाहिने तिघ्रामा गम्भीर चोट लागेको थियो। घटनालगत्तै सहकर्मी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उनलाई बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्
विराटनगर/ पत्रकार भएको दाबी गर्दै प्रहरीसँग अभद्र व्यवहार गरेको आरोपमा दुई युवक विराटनगरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१ का ३६ वर्षीय पेशल घिमिरे र विराटनगर–४ का राहुल सरदार रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार दिउँसो नियमित चेकजाँचका क्रममा उनीहरूलाई विराटनगर–१६ स्थित दरैयाबाट नियन्त्रणमा लिएको हो। मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार भारतको जोगबनीबाट नेपाल प्रवेश गर्दै गरेका दुवै जनाले लागुऔषध सेवन गरेको पाइएको थियो। चेकजाँचका क्रममा उनीहरूले आफू पत्रकार भएको दाबी गर्दै ड्युटीमा रहेका प्रहरीसँग विवाद गरेका थिए। प्र