स्वास्थ्य

    Showing 1,831-1,840 of 2,528 items.
  • धरानका वडा सहित उपमहानगरपालिकाको कार्यलय एक साताको लागि बन्द

    धरान । धरान उपमहानगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधीहरुमा कोरोना संक्रमण बढ्दै गए पछि उपमहानगरपालिकाको कार्यालय सहित वडा कार्यालयहरु पनि विहिबार देखि बन्द हुने भएका छन् । धरानमा लकडाउन घोषणा नगरि एक साताका लागि कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । बिहिबारदेखि असोज २८ गतेसम्म कार्यपालिका र वडाहरुबाट गरिने अत्यावश्यक सेवा बाहेकका सेवाहरु बन्द गरिने उपमहानगरपालिकाले जनाएको छ ।उपमहानगरपालिकाले सुचना जारी गर्दै कार्यालयका कर्मचारी, वडाका जनप्रतिनिधिहरु समेत कोरोना संक्रमण पुष्टि भएकोले उनीहरु आइसोलेसन तथा क्वारेन्टाइनमा बस्नु पर्ने भएकाले उपमहानगर र वडा कार्यालयहरु बन्द गर्नु परेको जनाएको छ ।

    • प्रकाशित मितिः असोज २१, २०७७
    • 789 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ३४३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९० हजार ८सय १४ पुग्यो

    धरान /  पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३४ सय ३९  जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ९० हजार ८१४   पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ सय २६  जना निको भए सगै जम्मा निको हुनेको संख्या ६८ हजार ६ सय ६८ जना पुगेको छ भने मृतकको संख्या ५ सय ६३ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको मन्त्रालयले जनाएको छ।

    • प्रकाशित मितिः असोज २१, २०७७
    • 665 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमित दिर्घरोगीले उपचारमा प्राथमिकता पाएनन् , समयमै उपचार नहुँदा मृत्यु ( भिडियो सहित )

    धरान । किड्नीका बिरामी लाल बहादुर माझीलाई कारोना संक्रमण देखिए पछि कोभिड अस्पतालमा सरुवा गरिएको थियो । उनी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मीक कक्षमा उपचार गराईरहेका थिए । डायलासिसका लागि ल्याएका माझीलाई निमोनिया देखिए पछि पिसिआर परिक्षण गरिएको थियो । ४÷५ दिन पछि उनलाई कोरोना पुष्टि भए पछि कोभिड अस्पतालमा सरुवा गरिएको थियो । उनको आइतबार राती मृत्यु भए पनि सोमबार बिहान मात्रै परिवारलाई खबर गरिएको थियो । कोभिड अस्पतालमा मृत्यु भएका माझीका परिवारले चिकित्सकहरुले लापरवाही गरेको आरोप लगाएका छन् । आकस्मीक कक्षमा उपचार गराइरहेका उनको कोरोना पोजिटिभको रिपोर्ट परिवारलाई पनि नद

    • प्रकाशित मितिः असोज २१, २०७७
    • 1,481 पटक पढिएको
    • "दिनेश गजमेर"
  • एन बि बैंक भेडेटार शाखाका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

    धरान/  नेपाल बङ्गलादेश बैंक (एन बि) सागुंरिगढि (भेडेटार) शाखामा कार्यरत दुई जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । बैंकमा प्रत्यक्ष उपस्थित भएर सेवा प्रदान गर्दै आएको दुई जना कर्मचारीमा आइतबर संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएसगै संक्रमित कर्मचारीहरु आइतबारनै धरान स्थित एक होटलको आइशोलसनमा बसिरहेका छन् । यो सगै कोरोना संक्रमितको संख्या शुन्य रहेको धनकुटा जिल्लामा दुई जना संक्रमित थपिएका छन् ।

    • प्रकाशित मितिः असोज १८, २०७७
    • 1,284 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २७ सय २२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुग्यो

    धरान /  पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २७ सय २२  जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ८२ हजार ४५०  पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३०७  जना निको भए सगै जम्मा निको हुनेको संख्या ६० हजार १९६   जना पुगेको छ भने मृतकको संख्या ५ सय २० पुगेको छ ।

    • प्रकाशित मितिः असोज १६, २०७७
    • 675 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बेलबारीका एक जनप्रतिनिधिमा कोरोना संक्रमण

    बेलबारी / बेलबारी नगरपालिकाका एक जना जनप्रतिनिधिमा कोरोना संक्रमण देखीएको छ । वडा नम्बर ५ का एक जना वडा सदस्यमा कोरोना संक्रमण भएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताउनु भयो । उहाँका अनुसार सक्रमण हुने जनप्रतिनिधि केहि दिन अघि उपचारका लागि बिराटनगर परिवारका सदस्यको उपचारका लागि जानु भएको थियो । उहाँको परिवारको सदस्यमा समेत संक्रमण देखीएको छ । वडा सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि केहि दिनको लागि वडा नम्बर ५को कार्यालयमा अत्याआवश्यक बाहेकका काम केहि दिनका लागि बन्द गर्ने निर्णय गरीएको वडा अध्यक्ष विवबन्धु बस्नेतले बताउनु भयो ।  

    • प्रकाशित मितिः असोज १६, २०७७
    • 971 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरी अस्पताल र उपमहानगरको कार्यालय तिन दिन बन्द

     इटहरी / कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि सुनसरीको इटहरीस्थित महत्वपुर्ण दुईवटा कार्यालयहरु आगामि तिनदिन सम्म बन्द रहने भएको छ ।     इटहरी उपमहानगरमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालीकाको कार्यालय तथा मातहतमा रहेका सबै वडा कार्यालयहरु आज शुक्रबार देखि ३ दिन सम्म बन्द रहने भएको हो ।   इटहरी अस्पतालले पनि कर्मचारीमा कोरोना देखिएको कारण बताउदै आज शुक्रबार देखि आगामि ३ दिन सम्म आकस्मिक बाहेक सबै सेवाहरु बन्द गरेको जानकारी दिएको छ । बिहीबार बिहान उपमहानगरको केहि कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि उ

    • प्रकाशित मितिः असोज १६, २०७७
    • 1,138 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १९ सय ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७९ हजार ७ २७पुग्यो

    धरान /  पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १९११ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ७९ हजार ७२७  पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९६१ जना निको भए सगै जम्मा निको हुनेको संख्या ५७ हजार ३८९   जना पुगेको छ भने मृतकको संख्या ५ सय ९  पुगेको छ ।

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 745 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको वडा १५ को कार्यालय १ हप्ताको लागि बन्द, उपमहानगरपालिकाको सुचना र घरनक्शा शाखा सिल

    धरान । कर्मचारीमा कोरोना पुष्टि भए पछि धरान उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयले सेवा एक हप्ताको लागि बन्द गरेको जनाएको छ । कार्यालयले आज सुचना जारी गर्दै असोज १५ गते देखि एक हप्ताको लागि कार्यालय बन्द रहने जनाएको छ । वडा कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएकाले सेवा बन्द गरिएको हो । वडा कार्यालयका २ जना कर्मचारीलाई संक्रमण देखिएकोले थप फैलन नदिन कार्यालय ७ दिनलाई बन्द गर्ने निर्णय गरिएको अध्यक्ष अध्यक्ष नरेश इवारमले बताए । वडा १५ मा प्रशासनको खरदार र एक जना अमिनलाई संक्रमण पुष्टि भएके छ । त्यसै गरि धरान उपमहानगरपालिकाको सुचना र घरनक्सा शाखामा कार्यरत कर्मचारीहरुलाई सं

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 1,165 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरिमा २ जना कोरोना संक्रमितको मृत्यु

     इटहरी/  सुनसरीको इटहरीस्थित चर्चीत पराजुली होटलका सञ्चालक शिव पराजुलीको कोरोना संक्रमण संगै निमोनीयाका कारण बिहीबार मृत्यु भएको छ । पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनको उपचारको क्रममा धरान स्थित बिपी प्रतिष्ठान अन्तरगत कोभिड १९ असपतालमा मृत्यु भएको हो । पराजुलीलाइ स्वास प्रस्वासमा समस्या देखिए पछि उनको असोज १४ गते बुधबार बिराट मेडिकल कलेजमा पिसिआरबाट स्वाव संकलन गरि परिक्षण गर्दा रिर्पोट कोरोना पोजेटिभ देखिएसंगै सो मेडिकलले बिरामीलाइ धरान स्थित बिपी प्रतिष्ठान धरानको कोबिड १९ असपतालमा रेफर गरेको थियो ।   पराजुली इटहरी स्थित क्षेत्रीय रंगशालामा र्निमाण भएको आइसोल

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 630 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved