स्वास्थ्य

    Showing १,८३१-१,८४० of २,६२२ items.
  • प्रदेश १ मा २ सय २३ डिस्चार्ज, ४७ संक्रमित थपिए

    विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २ सय २३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय ९३, मेची अस्पताल र होटल एसियाटिक आईसोलेसनबाट १२–१२, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलबारी आईसोलेसन केन्द्र र विराट मेडिकल कलेजबाट २–२ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २ सय ४६ पुगेको छ । प्रदेश १ मा विहीबार ४७ जना कोरोना संक्रमित थपिएका छन् । ४ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा २४ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङमा १९, झापामा १५, सुनसरीमा ११, संखुवासभा र प्रदेश १ बाहिर १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः पुस २, २०७७
    • ९१७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १५ को स्वास्थ्य केन्द्र आफ्नै भवनमा

    धरान । स्थानीयलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा दिदै आएका धरान–१५ स्थित शहरी स्वास्थ्य केन्द्र आफ्नै भवनमा सरेको छ । बुधबार एक कार्यक्रमका बीच भवनको उद्घाटन भएको हो । स्वास्थ्य सेवाका साथै केन्द्रले विरामीलाई निःशुल्क रुपमा४५ प्रकारको औषधी सहित आकस्मिक उपचार सेवा समेत प्रदान गर्दै आएको छ । अहिले स्वास्थ्य केन्द्रमा अहेब सहित ३ जना कर्मचारी कार्यरत छन् । धरान–१५ स्थित खोरीया बस्तीमा निर्माण भएको २ कोठे भवनको उद्घाटन गर्दैै वडाध्यक्ष नरेशकुमार इवारमले शहरी स्वास्थ्य केन्द्रमा अहिले प्रेसरको जाँच गर्ने, चोटपटक लागेका घाइतेहरुको ड्रेसिङ गर्नेदेखि ज्वरो आउँदा र टाउको दुख्दा आवश्यक औषध

    • प्रकाशित मितिः पुस २, २०७७
    • १,६८८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश स्तरिय प्रयोगशाला बन्ने मुख्यमन्त्रीद्वारा शिलान्यास

    विराटनगर । कोरोनाको संक्रमण फैलिदै गर्दा अस्पतालहरुमा स्वाव परिक्षण गर्ने प्रयोगशालाको अभाव बढ्दै गएको छ । निजी तथा सरकारी अस्पतालहरुमा भएका प्रयोगशालामा परिक्षण गर्दा नागरिकहरु ठगिएका छन् । महंगो शुल्क तिरेर पनि अहिले नागरिकहरुले ल्याब परिक्षण गर्न पाएका छैनन् । यसै बिच प्रदेश १ सरकारले सुविधा सम्पन्न जनस्वास्थ्य प्रयोगशाला निर्माण गर्ने भएको छ । आगामी असार १५ भित्रमा निर्माण सम्पन्न गर्नेगरि प्रयोशालाको मंगलबार मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण पछि विशिष्टकृत सेवा प्रदान हुने मुख्यमन्त्री शेरधन राईले बताए । उनले प्रयोगशालाका नाममा ह

    • प्रकाशित मितिः पुस १, २०७७
    • १,२२९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिराट अस्पतालको बदमासी ,गलत रिपोर्टले परिवारनै तनावमा

    इटहरी । संखुवासभा पाचखपन ४ का ६१ बर्षिय प्रेम बहादुर श्रेष्ठलाई विराटनगर स्थित बिराट मेडिकल कलेज टिचिङ अस्पतालले दुवै किड्नी फेलको रिपोर्ट दिए पछि ४ दिन सम्म उनी तनावमा रहे । इटहरी ९ गैसारस्थित नातिनीको बेलबिवाहमा आएका श्रेष्ठले मंसिर २५ गते पुरै शरिर चेकजाँच गराएका थिए । संखुवासभाबाट कुशलै आएका श्रेष्ठलाई अस्पतालले दिएको गलत रिपोर्टले साच्चिकै बिरामी बनायो । परिवार पुरै तनावमा रहे । उनलाइ दुवै किडनी फेल भएको रिपोर्ट हातमा राखिदिदै तुरून्त आइसियुमा भर्ना हुन चिकित्सकले सुझाव दिए । सरकार मार्फत पाइने स्वास्थ्य बिमा अन्तरगत आफ्नो स्वास्थ्य चेक जाच गर्न श्रेष्ठ अस्पताल पुगेका थिए । उनले भर्ना न

    • प्रकाशित मितिः मंसिर ३०, २०७७
    • २,६४० पटक पढिएको
    • "तेजबहादुर बन "
  • उदयपुरमा स्वास्थ्य वीमा दर्ता कार्य प्रारम्भ,थापा दोश्रो बिमीत

    गाईघाट उदयपुर/  नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको ६१ औ ज़िल्लाको रुपमा उदयपुर जिल्लामा स्वास्थ्य बिमा दर्ता कार्य प्रारम्भ गरेको छ।मंसिर २४ मा उदयपुरको गाईघाटमा आयोजित एक कार्यक्रमका बिच पाँच जना जेष्ठ नागरिकलाई स्वास्थ्य बिमा कार्ड बितरण गरेर कार्यक्रमको सुभारम्भ गरिएको हो । स्वास्थ्य बिमा सुभारम्भ कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ का माननीय अम्बिका थापाले त्रियुगा नगरपालिकाका जेष्ठ नागरिक भुबनसिं श्रेष्ठलाई स्वास्थ्यबिमा कार्ड हस्तान्तरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गरे । त्यस्तै गरि माननिय थापा आफैले दोश्रो सदस्यता परिचय पत्र बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर गड्तौलाबाट

    • प्रकाशित मितिः मंसिर २५, २०७७
    • १,४१६ पटक पढिएको
    • "ललित राई"
  • प्रदेश १ मा ९६ जना डिस्चार्ज, ८० संक्रमित थपिए

    विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २४६ पुगेको छ । प्रदेश १ मा आज ८० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २६, झापामा २२, सुनसरीमा १०, इलाममा ७, संखुवासभा र ताप्लेजुङमा ३–३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १५, सुन्दरहरैचा, बेलबारी र पथरीशनिश्चरेमा २–२, रंगेली, केराबारी, बुढीगंगा, रतुवामाई र स्थानीय तह नखुलेका १–१ , झापाको विर्तामोडमा ४, मेचीनगर र दमकमा ३–३, बा&y

    • प्रकाशित मितिः मंसिर २२, २०७७
    • ८९१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारका हाई प्रोफाईलमा कोरोना संक्रमण हुने क्रम बढ्दो

    विराटनगर । कोरोनाबाट संक्रमित प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) को शरीरमा अक्सिजन कम देखिएपछि शुक्रबार नै थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंतर्फ लगियो । उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा थप सुविधासहित उपचार गर्न त्यसतर्फ लगिएको उनको निजी सचिवालयले जनाएको छ । अधिकारीमा यही मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी विराटनगरस्थित निवासमा होम आईसोलेसनमा थिए । तर, मुटुसम्बन्धी समस्या रहेका अधिकारीको शरीरमा अक्सिजन लेभल घट्न थालेपछि थप उपचारको लागि काठमाडौं लगिएको हो । २०७३ सालमा मनमोहन कार्डियोथोरापिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अ

    • प्रकाशित मितिः मंसिर २२, २०७७
    • १,०३१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा १ सय ६८ डिस्चार्ज, ९२ संक्रमित थपिए

    विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय ६३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ८सय ९९ पुगेको छ । प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ४४, सुनसरीमा २८, मोरङमा ८, इलाममा ५, सोलुखुम्वुमा ४, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको कनकाईमा ११, विर्तामोडमा ९, शिवसताक्षी र कमल गाउँपालिकामा ७–७, अर्जुनधारामा ४, भद्रपुरमा ३, मेचीनगरमा २, बुद्धशान्तिमा १, सुनसरीको धरानमा १५

    • प्रकाशित मितिः मंसिर २०, २०७७
    • १,१७१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना नियन्त्रणमा इलामका तिन स्थानीय तहको खर्च २ करोड बढी

    इलाम । इलामको तिन नगरपालिकामा कोरोना संक्रमण नियन्त्रणका लागि २ करोड १७ लाख ७५ हजार ४ सय ६० रुपैया खर्च गरेको छ । सूर्योदय नगरपालिकामा कोभिड–१९ व्यवस्थापनका लागि ७५ लाख ६६ हजार ७ सय ८ रुपैया खर्च भएको छ भने माई नगरपालिकाको ४८ लाख ५० हजार र इलाम नगरपालिकाको ९३ लाख ५८ हजार ७ सय ५२ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । सूर्योदय नगरपालिकामा पशुपतीनगर नाका प्रवेश गर्नेलाई सम्बन्धित क्षेत्रसम्म पु¥याउन, होल्डिङ सेन्टरबाट क्वारेन्टाइनसम्म ल्याउन, संक्रमितलाई आइसोलेसनसम्म पु¥याउनका लागि यातायातमा ५ लाख ३१ हजार ८ सय ७० रुपैया खर्च गरेको छ । क्वारेन्टाइन व्यवस्थापनमा १५ लाख ५८ हजार

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • १,०१६ पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • प्रदेश १ को हजार बेडको कोभिड अस्पतालको पत्तो छैन

    विराटनगर । प्रदेश १ सरकारले बनाउने भनेर घोषणा गरेको एक हजार बेड क्षमताको कोभिड १९ अस्पालको अझै पत्तो छैन । तर, निजी क्षेत्रसमेतको साझेदारीमा शुरु गर्ने भनिएको कोभिड केयर सेन्टर संचालनमा समेत ढिलाइ भएको छ । सरकारको ढिलासुस्तीका कारण विराटनगर– १० को रोडशेष चौक दक्षिण नेशनल ट्रेडिङ कम्पनीको परिसरभित्र हाल कोसी कोभिड–१९ अस्पताल संचालनमा छ । त्यसलाई नै विस्तार गर्ने गरी हजार क्षमताको अस्पताल संचालन गर्ने निर्णय भएको थियो । तर, अस्पताल बनाउने र यसको संचालनको अझै अत्तोपत्तो छैन । चिसो बढ्न शुरु भएसंगै कोरोना संक्रमण फैलने त्रास उत्तिकै छ । सामाजिक विकास मन्त्रालयले जिम्मेवारीमा अस्पताल

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • ९३६ पटक पढिएको
    • "कुमार लुइटेल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved