बिराट अस्पतालको बदमासी ,गलत रिपोर्टले परिवारनै तनावमा

  • मंसिर ३०, २०७७
  • "तेजबहादुर बन "
alt

इटहरी । संखुवासभा पाचखपन ४ का ६१ बर्षिय प्रेम बहादुर श्रेष्ठलाई विराटनगर स्थित बिराट मेडिकल कलेज टिचिङ अस्पतालले दुवै किड्नी फेलको रिपोर्ट दिए पछि ४ दिन सम्म उनी तनावमा रहे । इटहरी ९ गैसारस्थित नातिनीको बेलबिवाहमा आएका श्रेष्ठले मंसिर २५ गते पुरै शरिर चेकजाँच गराएका थिए ।

संखुवासभाबाट कुशलै आएका श्रेष्ठलाई अस्पतालले दिएको गलत रिपोर्टले साच्चिकै बिरामी बनायो । परिवार पुरै तनावमा रहे ।
उनलाइ दुवै किडनी फेल भएको रिपोर्ट हातमा राखिदिदै तुरून्त आइसियुमा भर्ना हुन चिकित्सकले सुझाव दिए । सरकार मार्फत पाइने स्वास्थ्य बिमा अन्तरगत आफ्नो स्वास्थ्य चेक जाच गर्न श्रेष्ठ अस्पताल पुगेका थिए ।

उनले भर्ना नहुने तर पुनः परिक्षण गर्ने भने पछि परिक्षण त भयो तर रिपोर्ट केही दिन ढिला हुने भन्दै अस्पतालले फर्काइयो । गत २८ गते आइतबार पुनः परिक्षण गरिएको रिपोर्टमा अघिल्लो रिपोर्ट जस्तो कुनै बिमार देखिएन् ।

केहि रोग नभएको र पुनः परिक्षण गर्दा पनि रिपोर्ट नर्मल आएपछि पिडित श्रेष्ठको परिवार अस्पतालको सेवा प्रति आक्रोशीत बनेका छन । अस्पताल दिएको गलत रिपोर्टको कारण श्रेष्ठको परिवारले ४ दिन सम्म मानसिक समस्या भोग्नु प¥यो । गलत रिपोर्टकाका कारण डिप्रेशनमा परेको श्रेष्ठको भनाई छ ।

रिपोर्टका विषयमा अस्पताल पुगेका श्रेष्ठले भने, ‘अस्पतालले गलत रिपोर्ट दियो, हामीलाई मानसिक तनाव दियो, तर पनि अस्पताल आफ्नो गल्ती स्वीकार्न मान्दैन, अस्पतालको कुरा बाहिर लाने भनेपछि कर्मचारीले गल्ती गरेको भन्दै पिडित समक्ष माफि मागेर बिवाद सुल्झाउन दबाब दिएका छन् ।’

अस्पताल प्रशासनले कर्मचारीको गल्तीले भएको बताउँदै माफि माग्दै हल्ला नगरिदिन आग्रह गरेको पिडित श्रेष्ठले बताए ।
बिराट मेडिकल कलेज टिचिङ अस्पतालका सञ्चालक ज्ञानेन्द्रमान सिंह कार्कीले अस्पताल अन्तरगत ल्यावमा खटिने कर्मचारीको गल्तीले भएको स्विकार गरे । अबका दिनहरुमा यस्तो गल्ती नगर्न कर्मचारीलाइ चेतावनी समेत दिइसकेको उनले बताए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved