प्रदेश स्तरिय प्रयोगशाला बन्ने मुख्यमन्त्रीद्वारा शिलान्यास

  • पुस १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । कोरोनाको संक्रमण फैलिदै गर्दा अस्पतालहरुमा स्वाव परिक्षण गर्ने प्रयोगशालाको अभाव बढ्दै गएको छ ।

निजी तथा सरकारी अस्पतालहरुमा भएका प्रयोगशालामा परिक्षण गर्दा नागरिकहरु ठगिएका छन् । महंगो शुल्क तिरेर पनि अहिले नागरिकहरुले ल्याब परिक्षण गर्न पाएका छैनन् ।

यसै बिच प्रदेश १ सरकारले सुविधा सम्पन्न जनस्वास्थ्य प्रयोगशाला निर्माण गर्ने भएको छ । आगामी असार १५ भित्रमा निर्माण सम्पन्न गर्नेगरि प्रयोशालाको मंगलबार मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण पछि विशिष्टकृत सेवा प्रदान हुने मुख्यमन्त्री शेरधन राईले बताए ।

उनले प्रयोगशालाका नाममा हुने गरेका वेथिति, अनियमितता, सर्वसधारणलाई ठग्ने कार्यको नियमन हुने बताए । उनले भने, प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अन्य प्रयोगशालाको पनि काम गर्ने छ ।’ सामाजिक विकास मन्त्री जीवन घिमिरेले विशिष्टिकृत परीक्षणका लागि काठमाण्डौं र भारतका विभिन्न शहरहरु जानुपर्ने समस्याको अन्त्य हुने बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट विशिष्टिकृत परीक्षण हुने उनले बताउँदै मन्त्री घिमिरेले भने, ‘प्रदेश भित्रका प्रयोगशालाको गुणस्तर मापनको जिम्मेवारी, शुल्कको नियमन, अनुगमनको काम प्रदेश प्रयोगशालाले गर्ने छ ।’

शिलान्यासको ८ महिनापछि सेवा शुरु गरिने दावी गर्दै उनले ६ महिना भित्रमा निर्माण सम्पन्न हुने बताए । प्रदेश संसद जयराम यादवले कुनैपनि परीक्षणका लागि काठमाण्डौं धाउनुपर्ने समस्याको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

उनले निश्चित समयमा भवन निर्माण गरि सेवा शुरु गर्न सुझाव दिए । प्रयोगशालामा जेनरल ल्याव, नसर्ने रोग, सरुवा रोग, पीसीआर भाईरल कल्चर परीक्षण लगायतका काम हुने प्रदेश जनस्वास्थ्य निर्देशक जयवेन्द्र यादवले बताए । सेभ द चिल्ड्रेन र ग्लोवल फण्डसँगको सहायतामा जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ । भवन निर्माणका लागि ८ करोड बजेट उपलब्ध गराईने सेभ द चिल्ड्रेनका बरिष्ठ व्यवस्थापक बजगाईले जानकारी दिए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि स्नातकोत्तर क्याम्पसले ८ कठ्ठा १२ धुर जमिन उपलब्ध गराएको छ ।

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved