काठमाडौं/नेपालमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमति संख्या २७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दिया, सिराह, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार बर्दिया नार्खु ११ की २८ वर्षीय महिला, सिराहा सखुवा १९ का ३० वर्षीय पुरुष, पर्सा वीरगञ्जका २९ वर्षीय पुरुष, सर्लाही रामनगरका १८ वर्षीय महिला, चितवन गढौली १ की २५ वर्षीय महिलामा कोरोना देखिएको हो।
धरान / सुनसरीको रामधुनी नगरपालिकाबाट भक्तपुर पुगेकी कोरोना संक्रमित युवतीको सम्पर्कमा आएकाहरु मध्ये १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ। संक्रमितको सम्पर्कमा आएका १९ जनाको थ्रोट स्वाव संकलन गरि परीक्षणका कोशी अस्पताल कोभिड १९ उपचार केन्द« बिराटनगर पठाइएको थियो । १९ जना मध्ये १८ जनाको रिपोर्ट नेगेटिभ आएको र १ जनाको पुन परीक्षणको लागि रिस्याम्पलीड गर्नु पर्ने भएको हो । एक जनाको भोली पुनस् थोट स्वाव लई परिक्षणकोलागि पठाइने भएको छ ।
काठमाडौं आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षण अनुसार नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकमा कोरोना संक्रमण देखिएको छ । पर्साका ९ वर्षीय बालक, विरगञ्जका १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिलामा संक्रमण देखिएको हो । त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । त्यस्तै दाङमा पनि पहिलोपटक कोरोनाक
धरान उपमहानगर पालिका वार्ड नंं १४ ले वडमा कार्यरत स्वस्थ्यकमी, प्रहरी र सरसफाईकमीहरुलाई सम्मान् तथा प्रोत्साहत गरेको छ । शुक्रबार वडा कार्यालयमा आयोजित अनौपचारिक कार्यक्रममा उक्त सम्मान् तथा प्रोत्साहन गरिएको थियो । वडाको सरसफाईमा खटेका सरसफाईकमी, शान्ती सुरक्षमा खटिएका प्रहरी विटका प्रहरीहरु र स्वस्थ्यकमी तथा स्वस्थ्य स्वयमसेवीहरुलाई फुलमा र नगद समेतले सम्मान् गरिएको थियो । कोभिड १९ कोरोना संक्रमणको बेला चुनौतिका कार्यरतहरुको मनोवल उच्च बनाउन र प्रोत्साहन गर्न सम्मान् गरिएको १४ नं। वडाका वडाध्यक्ष कृष्ण प्रसाद भट्राईले बताए । धरानको धार्मिक पर्यटकीय क्षेत्रमा बनिरहेको रेडक्रस चैक दे
काठमाडौं नेपालमा थप नौ जनामा कोरोना .भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमित संख्या २५८ पुगेको छ । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार मकवानपुरमा ३७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै, बाँकेको नैनापुर १, ३ र ५ मा ८ जना पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको डा.अधिकारीले जानकारी दिएका छन् । राष्ट्रिजन जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना पुष्टि भएको हो ।
धरान/नेपालमा थप तिन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमित संख्या २४९ पुगेको छ । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं दहचोक का ७ वर्षीय पुरुष , धनुषाका १७ वर्षीय महिला र धादिङ्का ३० वर्षिय महिलामा संक्रमण पुष्टि भएको हो । साथै उनिहरुको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जनामा रिर्पोट नेगेटिभ आएपछि बिहीबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । यसअघि १६ जना डिस्चार्ज भएका थिए । डिस्चार्ज भएका सुल्तानमा गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उनलाई रानी मरकजको क्वारेन्टाईनमा राखीएको स्वास्थ्य कार्यालय मोरंगका प्रमुख तथा कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो । अस्पतालमा अव १८ जना उपचाररत रहेका छन् । उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहे
प्रदेश १ सरकारले कोरोना भाइरसका शंकास्पद १० हजार जनाको परीक्षण गर्ने तयारी थालेको छ । प्रदेशका सबै १४ वटा जिल्लाका १० हजार भन्दा धेरै मानिसका कोराना पपरीक्षण गर्न सामाजिक विकास मन्त्रालयले तयारी थालेको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, जनस्वास्थ्य प्रयोगशालाका प्रतिनिधिबीच आज भएको छलफलमा सामाजिक विकास मन्त्री जीवन घिमिरे पहिलो चरणमा दश दिनभित्रमा १० हजार व्यक्तिको परीक्षण गर्न आवश्यक रहेको बताए । भने,‘‘छिमेकी भारतमा रेलसेवा शुरु भएको छ । हाम्रो प्रदेशमा दश हजार जति मानिस आउने देखिन्छ । सबैको परीक्षण नगरी हुँदैन ।’’ तीर्थ
प्रदेश १ सरकारको पहलमा बिहीबारसम्म ल्याबमा गरिने (पिसीआर) विधिबाट गरिएका मध्ये २ हजार ४ सय ३५ जनामा रिर्पोट नेगेटिभ आएको छ । दू्रत परीक्षण विधिबाट जम्मा ८ हजार ९ सय ८ जनाको रिर्पोट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ । सरकारले परीक्षणलाई तीव्रता दिएको छ । धरान र विराटनगरका तीनवटा ल्याबमा पीसीआर विधिबाट परीक्षण गर्ने प्रबन्ध भएको छ । दू्रत परीक्षण (आरडीटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) दुबै विधिबाट कोरोना परीक्षण दायर र दरलाई तिव्रता दिइएको हो । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल ६ सय ४७ जना छ । आइ
मोरङको बुढीगंगा गाउँपालिका टंकीसिनवारीमा अवस्थित आरती स्ट्रिप्सका प्रशासन प्रमुख दिवश नेपालले उद्योग परिसरमा प्रवेश गर्न खोज्ने चार जना भारतीयलाई गेटमै रोकिदिए । ती सबै उद्योगका भारतीय मजदुर हुन । नेपाली मूलका सुरक्षागार्डले शंकास्पद रुपमा भारतीय कामदार आएको प्रशासनलाई जानकारी गराएपछि नेपाल सतर्क भएका थिए । ‘‘लकडाउनका बेला यतै थियौं, भारत गएका थिएनौं भन्दै थिए,’’ नेपालले भने, ‘‘तर, त्यसको प्रमाण दिन सकेनन् । उनीहरुसंग आधार थिएन,कोरोना संक्रमणको यस्तो त्रासका बेला उनीहरुलाई प्रवेश नगराउने निर्णय लिएँ ।’’ लकडाउन अघि र त्यस लगत्तै उद्योग बाहिर गएका