स्वास्थ्य

    Showing १७१-१८० of २,६०९ items.
  • बेपत्ता भएको चार दिनपछि शव भेटियो

    मकवानपुर/ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा बाढीले स्कुटरसहित बगाएका चालकको शव चार दिनपछि फेला परेको छ। सोमबार खोलाले स्कुटरसहित बगाएका चालकको शव बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। चालकले चलाएको स्कुटर भने मङ्गलबार क्षतिग्रस्त अवस्थामा भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार स्कुटरमा फेला परेको ब्लुबुकका आधारमा स्कुटरधनी सर्लाहीका महेश कार्की रहेको खुलेको छ। कार्कीका आफन्त घटनास्थलमा पुगेका छन्। प्रहरीका अनुसार सिमखोलाले बगाएको शव घटनास्थलबाट करिब १५० मिटर तल बालुवामा पुरिएको अवस

    • प्रकाशित मितिः असार ३२, २०८३
    • २२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पत्रङ्गा पुलमा ब्राउन सुगरसहित धरानका युवक पक्राउ

    सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित पत्रङ्गा पुलबाट प्रहरीले ७.५६ ग्राम ब्राउन सुगरसहित धरानका एक युवकलाई पक्राउ गरेको छ। मंगलबार साँझ करिब ५ः३० बजे कालाबन्जरबाट धरानतर्फ स्कुटरमार्फत लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन सुरक्षा बेस चतराको संयुक्त टोलीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा धरान उपमहानगरपालिका–१८ निवासी २५ वर्षीय सौगात सुनुवारले चलाएको को २८ प २४३२ नम्बरको स्कुटर रोकेर तलासी लिँदा ७.५६ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। बरामद लागूऔषध र स्कुटरसहित सुनुव

    • प्रकाशित मितिः असार ३१, २०८३
    • ७९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजदेखि देशभरि भरी सिलिण्डर ग्यास पाइने

    काठमाडौँ/ आजदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी दिएको हो । निगमले इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट भएको लोडिङ्गको अवस्थामा सुधार तथा आम उपभोक्ता वर्गबाट १४.२ केजी ग्यास सिलिण्डरको उच्च मागको अवस्थालाई समेत मध्यनजर गर्दै मुलुकभरी नै साविककै १४.२ केजी ग्यास भर्ने जनाएको छ । १४.२ केजी ग्यासको मूल्य दुई हजार ६० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि अभावलाई मध्यनजर गर्दै अस्थायी रूपमा ७.१ केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो ।

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात मजदुर व्यवसायीले बनाए संयुक्त समिति आवश्यक परे सडक संघर्षको तयारी

    काठमाण्डौं/ सार्वजनिक यातायात क्षेत्र सुधारका लागि यातायात व्यवसायी महासंघ तथा यातायात मजदुर सम्बध संगठनहरुले संयुक्त समन्वय समिति गठन गरेको छ । यातायात सम्बध ऐन, कानुनहरु संशोधन र आवश्यक परे सडक संघर्षसम्म जाने तयारी समितिको रहेको छ ।  मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कार्यालयमा सम्पन्न संयुक्त बैठकले महासंघको अध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज), नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी, महासंघका महासचिव डेकनाथ गौतम रहेको सार्वजनिक यातायात क्षेत्र

    • प्रकाशित मितिः असार ३०, २०८३
    • १,६२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मदिराको मातमा दाजुभाइबीच झगडा, भाइको ज्यान गयो

    खोटाङ/ खोटाङको साकेला गाउँपालिका–४ पारुङमा मदिरा सेवनपछि दाजुभाइबीच भएको झगडाले दुःखद रूप लिँदा एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आइतबार साँझ करिब ८ बजे ४८ वर्षीय इमानसिंह राई र उनका ३५ वर्षीय भाइ ओइमानसिंह राईबीच घरायसी विवाद चर्किएर कुटाकुट भएको थियो। दुवैले मदिरा सेवन गरेका थिए। झगडाका क्रममा ओइमानसिंह घरको बरन्डाबाट लड्दा टाउको र पेटमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइते उनलाई तत्काल जिल्ला अस्पताल खोटाङ लगिएको थियो। उपचारकै क्रममा सोमबार बिहान २:२५ बजे चिकित्सकले उनल

    • प्रकाशित मितिः असार ३०, २०८३
    • ५६७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको विद्युत् मर्मतमा निस्किएको प्राधिकरणको गाडी दुर्घटनाग्रस्त, दुई कर्मचारीको दुःखद मृत्यु

    धरान/ नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रको विद्युत् मर्मतका लागि राति खटिएको स्कारपियो गाडी दुर्घटनामा पर्दा दुई कर्मचारीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। धरान–इटहरी सडकखण्ड अन्तर्गत सेउती पुलदेखि करिब २०० मिटर दक्षिण, तरहरातर्फ कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते भएका चालकसहित दुईजनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा धरान–१३ निवासी ३३ वर्षीय बीर्खबहादुर राई (सेवा करार चालक) र ध

    • प्रकाशित मितिः असार ३०, २०८३
    • १,७८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पहिलोपटक ‘राजभगत क्लासिक’ बडीबिल्डिङ च्याम्पियनसिप, विजेतालाई ३ लाख रुपैयाँ

    धरान/  धरानमा पहिलोपटक प्रदेशस्तरीय ‘राजभगत क्लासिक बडीबिल्डिङ च्याम्पियनसिप–२०८३’ आयोजना हुने भएको छ। धरान फिटनेस क्लबले साेमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। क्लबका प्रमुख तथा स्वर्गीय राजभगत प्रधानका छोरा कुबेर भगत प्रधानाङ्गले प्रतियोगिता असोज १० गते छनोट चरण र असोज ११ गते मुख्य प्रतिस्पर्धा हुने जानकारी दिए। प्रतियोगिता धरान–१८ स्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसेरा भवनमा सञ्चालन हुनेछ। उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य युवालाई स्वस्थ, अनुशासित र सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्नु, बडीब

    • प्रकाशित मितिः असार २९, २०८३
    • ७९७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन डोजर

    विराटनगर/  विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउने अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार बिहानदेखि डोजर परिचालन गरी व्यावसायिक संरचना हटाउन सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा तीनवटा जेसिबी प्रयोग गरी अस्पतालको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संघ, गणेश मन्दिर र देवकोटा पुस्तकालयलगायत संस्थाका सटर तथा भवन भत्काउने काम थालिएको हो। ती संस्थाले लामो समयदेखि अस्पतालको जग्गामा संरचना निर्माण गरी औषधि पसल तथा चिकित्सकीय क्लिनिक सञ्चालनका लागि भाडामा लगाउँदै आएका थिए। केही दिनअघि गृहमन्त्री

    • प्रकाशित मितिः असार २९, २०८३
    • १२९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ब्राउन सुगरसहित दुई पक्राउ

    धरान/ सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल नजिकबाट प्रहरीले १०७ दशमलव ४५ ग्राम ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ। लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ नोचा टोलका २५ वर्षीय जमालउद्दिन मियाँ र सोही स्थानका २५ वर्षीय इमदाद मियाँलाई आइतबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट १०७ दशमलव ४५ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्याल

    • प्रकाशित मितिः असार २९, २०८३
    • ४१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा एकैदिन ब्राउन सुगरसहित सात जना प्रहरी नियन्त्रणमा

    धरान/ सुनसरीमा प्रहरीले एकैदिन सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन किशोरसमेत रहेका छन्। उनीहरूको साथबाट करिब पाँच ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।  शनिबार बिहान करिब ११ बजे इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले कोशी गाउँपालिका–१ लौकही बजारमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ भी ०७८४ नम्बरको मोटरसाइकललाई शङ्काका आधारमा रोकी जाँच गर्दा सिटमुनि लुकाएर राखिएको १.८२ ग्राम ब्राउन सुगर बरामद गरेको थियो। उक्त घटनामा मोटरसाइकल चालक कोशी गाउँपालिका–६ का ४० वर्षीय सुरेन्द्र महतो पक्राउ परेका

    • प्रकाशित मितिः असार २८, २०८३
    • ५७० पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved