धरान/ सुनसरीको धरानमा आइतबार दिउँसो स्थानीय युवाबीच भएको विवादले उग्र रूप लिँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ। धरान उपमहानगरपालिका–१० बेलगाछी लाइन निवासी २७ वर्षीय जीवन भुजेलमाथि दिउँसो करिब १ः४५ बजे छुरा प्रहार भएको थियो। गम्भीर घाइते भएका भुजेललाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराट नर्सिङ होम रेफर गरिए पनि उपचारकै क्रममा दिउँसो करिब ४ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रारम्भिक अनुसन्धानमा स्थानीय युवाबीचको आपसी विवादका क्रममा घटना भएको खु
बाह्रदशी/ झापाको बाह्रदशी गाउँपालिका–२ बुट्टाबारी मा जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन्। (आइतबार) आज बिहान करिब १० बजे स्थानीय तेजबहादुर खवासको घरमा जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि उनीहरू अचानक बिरामी भएका हुन्। बिरामी पर्नेहरूमा ५० वर्षीया कमला माया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित ८ जना बालबालिका रहेका छन्। सबैलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ९ जनालाई बाल अस्पताल दमक रिफर गरिएको छ। चिकित्सकका अनुसार २ जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको
इटहरी/ मोरङको सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरका ८ वर्षीय आयुस बिकको बेतना खोलामा डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राजकुमार बिकका छोरा आयुस बेलबारी नगरपालिका–३ सिमपाने चोकस्थित काका घनबहादुर तामाङको घरमा पाहुना आएका थिए। शनिबार दिउँसो करिब २ः३० बजे उनी कसैलाई जानकारी नदिई नुहाउन भन्दै नजिकैको बेतना खोलातर्फ गएको प्रहरीले जनाएको छ। घर फर्केर नआएपछि परिवारले खोजी गर्ने क्रममा घरदेखि करिब १०० मिटर दक्षिण बेतना खोलाको पानीमा साँझ ५ः५५ बजे अचेत अवस्थामा फेला पारेका थिए। उनलाई तत्काल नोबेल अस्पताल बेलबारी पुर्याइएको थियो। अस्पतालमा उपचारका लाग
दमक/ झापाको कमल गाउँपालिका–५ गुजेश्वरी टोलमा सर्पको टोकाइबाट एक ७ वर्षीय बालक गम्भीर घाइते भएका छन्। शनिबार बिहान करिब १०:५० बजे स्थानीय कर्णबहादुर राईका ७ वर्षीय छोरा सायंक राई आफ्नै घरको कोठाभित्र खेलिरहेका बेला गोमन सर्पले दाहिने खुट्टामा डसेको प्रहरीले जनाएको छ। सर्पले डसेलगत्तै परिवारले बालकलाई तत्काल दमक सर्पदंश उपचार केन्द्र पुर्याएका थिए। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि B&C Hospital बिर्तामोड रेफर गरिएको छ। अस्पताल स्रोतका अनुसार बालकको अवस्था गम्भीर रहेको छ भने उनी हाल बोल्न नसक्ने अवस्थामा उपचाररत छन्। घटनापछि स्थानीयवासीलाई वर्षायाममा सर्पबाट सतर्क रहन आ
धरान/ जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत धरानका फरार रहेका ३ जना दोषीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी ले मिति २०८३ वैशाख २५ गते सञ्चालन गरेको विशेष अभियानमा चोरी र अभद्र व्यवहार मुद्दामा दोषी ठहर भई फरार रहेका व्यक्तिहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा धरान–१५ का तेजबहादुर श्रेष्ठ रहेका छन्, जो चोरी मुद्दामा १८० दिन कैद र ५ हजार रुपैयाँ जरिवाना बाँकी रहेका थिए। त्यस्तै, धरान–१५ का मनोज विश्वकर्मा अभद्र व्यवहार मुद्दामा ४ हजार रुपैयाँ जरिवाना नतिरी फरार रहेका थिए भने धरान–१ का दिपका रिषिदे
धरान/सुनसरीको धरान–९ बगैचा लाइनस्थित रत्न होटलमा ब्राउन सुगरको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको टोलीले शुक्रबार राति करिब १० बजे होटलको कोठा नम्बर ७ मा छापा मारेर ब्राउन सुगर ३६.९१ ग्राम पदार्थ बरामद गरेको हो। प्रहरीले घटनास्थलबाट सिन्धुपाल्चोक मेलम्चीका २० वर्षीय सन्देश तामाङ, काभ्रेपलाञ्चोक पाँचखालका २२ वर्षीय समिर दियाली र झापा बिर्तामोडका २८ वर्षीय क्षितिज भण्डारीलाई पक्राउ गरेको जनाएको छ। उनीहरूको स
धरान/ धरान उप–महानगरपालिका–५ सुन्दर बस्तीमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा ठुलो परिमाणमा लागूऔषध बरामद भएको छ। मंगलबार राति करिब ९:२० बजे अस्थायी प्रहरी चौकी देउराली र श्यामचोकबाट खटिएको संयुक्त टोलीले एक १४ वर्षीय नाबालकको कोठामा खानतलासी गर्दा TRAMADOL १२०० क्याप्सुल र SPASPAN १३५० ट्याब्लेट फेला पारेको हो। बरामद लागूऔषधको कुल संख्या २५५० पिस रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा उक्त नाबालकसहित सोही कोठामा रहेका ३५ वर्षीय हरि बहादुर बि।कलाई नियन्त्रणमा लिएको छ। दुवैलाई इलाका प्रहरी कार्यालय धरानमा रा
धरान/ चिकित्सकलाई भगवानको रूप किन भनिन्छ भन्ने उदाहरण फेरि एकपटक धरानमा देखिएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा गरिएको दुर्लभ र जटिल शल्यक्रियाले एक बिरामीलाई नयाँ जीवन दिएको छ। वरिष्ठ सर्जन डा. रिकेशजंग कार्की को नेतृत्वमा रहेको चिकित्सक टोलीले इटहरी–५ का मनोज श्रेष्ठको पेटभित्र रहेको १८ किलोग्रामको विशाल ट्युमर सफलतापूर्वक निकाल्न सफल भएको हो। अत्यन्त जोखिमपूर्ण मानिएको उक्त शल्यक्रिया लामो समयसम्म सञ्चालन गरिएको थियो। चिकित्सकहरूका अनुसार ट्युमरले पेटभित्रका महत्वपूर्ण अंगहरूमा गम्भीर दबाब सिर्जना गरेको थियो, जसका कारण शल्यक्रिया निकै चुनौतीपूर्ण बनेको थ
धरान/ सुनसरीको धरान उप–महानगरपालिका वडा नं –१७ स्थित उदय सामुदायिक वनभित्र लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। मिति २०८३ साल वैशाख १७ गते दिउँसो १३:४० बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको एक्ष्त् टोली, इलाका प्रहरी कार्यालय धरान, अस्थायी प्रहरी चौकी रेल्वे र जोरसखुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले वन क्षेत्रमा पुगेको थियो। प्रहरी टोलीलाई देख्नासाथ त्यहीँ बसिरहेका धरान–१७ फोकल्याण्डका ३० वर्षीय सुरज राई भाग्न खोजेका थिए। तर प्रहरीको सक्रियतामा उनलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा उनको साथबाट १६.९५ ग्राम ब्रा
झापा/ झापाकाे कचनकवल–३ दलकीस्थित सडक खण्डमा आज बिहान स्कुल बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको विद्यापानी सेकेन्डरी स्कुलको बसले बाटोमा निस्किएको मोटरसाइकललाई ठक्कर दिँदा बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। बसमा करिब १८–२० जना विद्यार्थी सवार थिए। दुर्घटनामा मोटरसाइकल चालक ५२ वर्षीय ओमप्रसाद तिम्सिना घाइते भएका छन् भने अधिकांश विद्यार्थीको अवस्था सामान्य रहेको छ। घाइतेहरूलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पठाइएको छ। दुर्घटनापछि बस चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। दुवै