सुनसरी भदौ १७/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक डिनमा प्राध्यापक डाक्टर शिवेन्द्र झा नियुक्त भएका छन् । झालाई प्रतिष्ठानको नियमावली, २०५५ को नियम २०.४ को उपनियम (१) बमोजिम प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरिले बुधबार शिवेन्द्र झालाई डीन नियुक्त गरेका हुन् । प्रतिष्डानका शिक्षाध्यक्ष प्राध्यपाक डाक्टर गुरुप्रसाद खनालको सिफारिशमा फरेन्सिक विभाग प्रमुख समेत रहेका प्राडा झा शैक्षिक डिनको रुपमा उपकुलपतिले नियुक्त गरेको प्रतिष्ठानका प्रवक्ता प्राध्यपक डाक्टर निदेश सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार प्राडा झा संकाय तर्फका परीक्षा बाहेक सम्पू
इटहरी । कोरोना भाइरसको संक्रमित नभेटिएको इटहरीको चार वटा वडाहरू मध्ये २ वडामा संक्रमण फैलिएसंगै सो क्षेत्रहरू उच्च जोखिममा परेको छ । यस अघि इटहरीको वार्ड नं ३ , १० , १३ र १५ मा एक जना पनि संक्रमण देखिएको थियन। तर इटहरीको वार्ड नं १३ मा एकै दिन ११ जना पुरूष र वार्ड नं १० को दुइ पुरूषमा कोरोना पोजेटिभ देखिएपछि दुवै वडाहरू संक्रमणको उच्च जोखिममा परेका हुन । बुधबार एकै दिन इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएसंगै लामो समयदेखि भाइरसबाट जोगिदै आएको ४ वटा वडाहरूमध्ये १३ र १० पनि जोखिममा परेका छन् । अन्य वडाहरुमा संक्रमण फैलिए पनि एक जनापनि संक्रमित पुष्टि नभएको इटहरीको वडा नं १३ मा बुधबार एकैदिन ११ ज
धनकुटा, १७ भदौं / धनकुटामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै भदौं २२ गते राति १२.०० बजेसम्मलाई थप गरिएको छ । भदौं ११ गतेदेखि जारी गरिएको निषेधाज्ञा तेस्रो पटक थप गरिएको हो । कोरोना भाइरसको परिक्षण गर्ने क्रममा भदौ १३ गते कोभिड–१९ को पिसिआर परिक्षणको नतिजा अनुसार धनकुटामा १३ जना प्रहरी सहित १९ जनामा संक्रमण देखिएको थियो । उनीहरुको कन्ट्राक्ट ट्रेसिङमा रहेकाहरुको पिसिआर परिक्षण रिपोर्ट आउन बाँकी रहेकाले पाँच दिनको लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताए । निषेधाज्ञाको समय थप गरिएसँगै केही खुकुलो पनि पारिएको छ । १९ जना संक्रमितहरु भने अहिले धनकुटाको औद्य
काठमाडौ २०७७ भदौ १७ बुधबार १६:२३:०० प्रकाशित / आज थप ११ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ४१ हजार ६४९ जना पुगेको छ । नेपालमा मृतकको संख्या २५१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ सय १२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २३ हजार २ सय ९० जना रहेका छन् । बुधबार काठमाडौंमा ३५
विराटनगर, १७ भदौ । प्रदेश १ मा आज १ सय ३७ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका मध्ये ७ महिला र ५१ जना पुरुष रहेका छन् । धरानमा ७ , बर्जुमा २, इनरुवा र भोक्राहा नरसिंहमा १–१ र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरका २१ महिला २३ पुरुष, धनपालथानमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको कमल गाउँपालिकामा ३ महिला ३ पुरुष, मेचीनगरमा ३ पुरुष, विर्तामोड र गौरी
विराटनगर १६ भदौ । कोरोना संक्रमण देखिएर होम आईसोलेसनमा रहनु भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेको मन्त्रालयले स्वास्थ्य लाभको कामना गरेको छ । आज प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले कोरोना भाईरहेको रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन कार्यमा मन्त्री घिमिरेको महत्वपूर्ण भूमिका रहेको जनाएको छ । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीद्धारा जारी विज्ञप्तीमा भदौ १५ गते गरिएको पीसीआर परीक्षणमा मन्त्री घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ । यसैवीच मन्त्री घिमिरेको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई निरन्तरता दिएको छ । एक साताका लागि भदौ २२ गते राति १२ बजेसम्मको निषेधाज्ञा बढाइएको हो । तर, अब बजार भने अपरान्ह ४ बजेसम्म खोल्न पाइन छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधा सम्बन्धी सूचनामा बजार तथा पसल अपरान्ह ४ बजेसम्म खल्ला गर्न पाइने उल्लेख छ । अहिले भने मध्यान्न १२ बजेसम्म मात्र बजार र पसल खुल्दै आएका छन । शनिबार भने अत्यावश्यक बाहेकका पसल सञ्चालामा रोक लगाइएको छ । सैलुन, ब्युटीपार्लर, गुद्रीबजार, हाटबजार, जिममखानालगायत भने खोल्न नपाइने भएको छ । यस्तै भेला, महोत्सव, जात्रा जस्ता सामूहिक गतिविधि गर्न पनि रोक लगाईएको छ । सार्
वराहक्षेत्र । बेलका नगरपालिका र वराहक्षेत्र जोड्ने चतराघाटस्थित कोशी पुलमा बेलका प्रहरीले दादागिरी देखाउदै मास्क नलगाउने बाट पैसा असुलेर यात्रुहरु लाई दुख दिने गरेको पाइएको छ । कोभिड १९ को संक्रमण नियन्त्रण तथा बाहिर बाट बेलका प्रबेश गर्ने यात्रुहरुलाइ चेकजाँच गर्न बसेको प्रहरीको टोलिले दादागिरी शैलीमा रकम उठाउने गरेको स्थानीयको गुनासो छ । मास्क नलाएको भन्दै पुलमा ओहोर दोहोर गर्ने पैदल यात्रु लाई जरीवना लिने तर चिनजान भएको मोटरबाइक र चार चक्के गाडीलाई निर्वाध आउजान गर्न दिने गरेको यात्रुहरुको आरोप छ । प्रहरीको ज्यादतीमा पत्रकार सन्तोष गुप्ता पनि परेका छन् । कोशीपुल स्थित ढाटमा प्रहरीले
विराटनगर, १६ भदौ । प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५६, मोरंगमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा ४ महिला २२ पुरुष, इटहरीमा ३ महिला १८ पुरुष, दुहवीमा ३ महिला ४ पुरुष, धरानमा १ महिला १ पुरुष, मोरंगको विराटनगरमा ३ महिला ७ पुरुष, बेलबारीमा २ महिला १ पुरुष र रतुवामाईमा २ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको दमकमा ३ महिला ५ पुरुष, बा¥हदशीमा १ महिला ३ पुरुषm गौरीगञ्ज र कमल गाउँपालिकामा १–१ पुरुष, पाँचथरको फिदिममा १ पुरुष र धनक
धरान । समुदायको लापरवाहीका कारण धरान कोरोना संक्रमणको उच्च जोखिम तर्फ अघि बढ्दै गएको छ । नगरपालिकाले लकडाउन घोषणा गरे पनि समुदायले सुरक्षा सतर्कता नपनाउँदा जिल्लाकै धेरै कोरोना संक्रमण रहेको नगर बनेको छ भने जिल्लामै मृत्यु हुने एउटा मात्रै शहर बनेको छ । पहिलो चरणको लकडाउन खुकुलो भए पछि धरानमा फैलिएको कोरोना संक्रमणले मंगलबार बिहान सम्ममा ६ जनाको ज्यान लिइसकेको छ भने १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । वडा नम्बर २० बाहेकका सबै वडाहरुमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको छ । मृत्यु हुनेहरुमा वडा नम्बर १५ मा दुई जना, १७ मा एकै परिवारका दुई जना, वडा ८ र ११ मा १÷१ जना रहेका छन