धरान / धरानउपमहा नगर पालिका भित्रका अवरुद्ध विकास निर्माण, जीर्ण बन्दै गएको भौतिक संरचना लगायतका विषयमा सञ्चारकर्मीहरुले लेखेको समाचारप्रति धरान उपमहानगरपालकाका मेयर हर्क साम्पाङले प्रकाशित समाचार पोष्ट गर्दै ‘पार्टीको झोले’ भन्दै अनर्गन गाली गरेको प्रति सुनसरीको पत्रकारहरुले नेपाल पत्रकार महासंघ सुनसरीको ध्यानाकर्षण गराएका छन् । पत्रकारहरुले सत्यतथ्य समाचार प्रकाशित हुँदा उपमहानगरपालिकाले सुझावको रुपमा लिएर सच्याएर जानुपर्नेमा उल्टै सञ्चारकर्मीहरुलाई ‘पार्टीको झोले’ संज्ञा दिएको भन्दै यस विषयमा संस्थागत रुपमा अघि बढ्न महासंघ सुनसरीलाई विहीबार ध्यानाकर्षण गराएका हुन् ।
धनकुटा / धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ४ स्थित रहेको चानुवा माविको ६४औं वार्षिक उत्सव सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज कुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालित वार्षिक उत्सवको प्रदेश संसद इन्द्रमणी पराजुलीले उद्द्याटन गरेका थिए । सो अवसरमा बोल्दै साँसद पराजुलीले जिल्लामा सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास,गुणस्तर शिक्षा तथा शैक्षिक सुधारका लागि आफ्नो तर्फबाट कुनै कसुर बाकि नराख्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने–‘शिक्षाको विकासले मात्र त्यो क्षेत्रको विकास हुन्छ, शैक्षिक गुणस्तर उकास्ने खालका कामलाई म प्राथमिकतामा राखेर काम गर्छु ।’
धरान / शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको सम्यक शिक्षा समूह तिसौ वर्षमा प्रवेश गरेको छ ।शिक्षा क्षेत्रमा केन्द्रित रही विद्यालय समेत सञ्चालन आएको सामाजिक संस्था सम्यक शिक्षा समूह तिसौँ वर्षमा प्रवेश गरेको हो । धरान–१७ मा सम्यक आधारभूत विद्यालय स्थापना, सञ्चालन समेत गर्दै आएको सम्यकले असहाय, शारीरिक अपाङ्गता भएका नागरिकहरूलाई आधारभूत सहयोग पनि गर्दै आएको छ ।वार्षिकोत्सवको अवसरमा यसपालि पनि सम्यकले अपाङ्गता भएको दुई जना लाई व्हिल चियर प्रदान गरेको छ । पाँच जना दृष्टिविहिनहरुलाई सेतो छडी र १० जना ज्येष्ठ नागरिक वृद्ध, वृद्धालाई लौरो प्रदान गरेको छ । यसअघि पनि संस
धनकुटा /धनकुटाको सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर कालोपत्रेको काम तिब्र रुपले हुँदै आएको छ । कालोपत्रेका लागि निर्माण कम्पनीले तिब्रता दिएको छ । निर्माण कार्यले तिब्रता पाएपछि जिल्लाको पश्चिमी क्षेत्रका नागरिकहरु हर्षित भएका छन् । सडक निर्माणका लागि ७२ प्रतिशत काम सम्पन्न भएपछि कालोपत्रेका लागि तयारी भएको हो । हिउदमा धुलाम्बे र बर्षाद्मा हिलाम्मे सडकको पीडाले ग्रसित बन्दै आएका यस क्षेत्रका नागरिकहरु सडक कालोपत्रे भएपछि हर्षित बनेका छन् । करिब तीन दशक अघि ट्रयाक खोलिएको सडक कालोपत्रे नहुँदा बर्षेनी नागरिकहरुले सास्ती भोग्दै आएका थिए । कोशी राजमार्गसँगै जोडिएको सिधुवा, शुक्रबार ओख्रे कालोपत्
मोरङ / सहरका बीच भागमा अव्यवस्थित रुपमा छरिएर रहेका तारहरुलाई विराटनगर महानगरपालिकाले व्यवस्थापन गर्ने भएको छ । महानगरले पुस २८ गते बिहीबारदेखि विराटनगर महानगरले केवल तथा नेटको तार व्यवस्थापन गर्ने भएको हो । सोमबार विराटनगरमा केवल तथा नेट व्यवसायीका प्रतिनिधिलाई बोलाएर महानगरले तारको व्यवस्थापन गर्ने निर्णय गरेको हो । पहिलो चरणमा हिमालय रोडबाट तारको व्यवस्थापन गरिनेछ । अटेर गर्ने कम्पनीको तार काट्ने उपमहानगरपालिकाले जनाएको छ । विराटनगरको सौन्दयर्तामा ह्रास आएको भन्दै महानगरले यस्तो निर्णय गरेको हो । गत असोज १३ गते पनि बैठक राखेर केवल तथा नेट व्यवसायीलाई तार व्यवस्थापन गर्न निर्देशन दिइए
धरान / धरान उपमहानगरपालका वडा नं. १४ लाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा धरान उपमहानगरपालिकाले गुरुयोजना बनाएर अगाडि सारेको छ । यहाँ रहेका मठ मन्दिरको संरक्षण, सरसफाई, पर्यटक आउने वातावरण सिर्जना गर्ने लगायतका कुराहरु यसभित्र पर्छन् । पर्यटकलाई सहजताका लागि धरान १४ को वडा कार्यालय छेउमा सूचना केन्द्र समेत बनेको छ । तर मन्दिर आसपासमा रहेका फोहोर भने हत्तपत्त उठ्दैन ।जसले गर्दा धार्मिक पर्यटकीय क्षेत्रमा आएका धार्मिक पर्यटकहरु नाक थुनेर हिड्ने गरेका छन् । विजयपुरमा नेपाल लगायत भारतसम्मका धार्मिक पर्यटक आउने गर्छन् । उनीहरु यहाँ आउँदा विजयपुरमा रहेको पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा
धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिकालाई स्थानीय, प्रदेश र संघले समेत पर्यटकीय स्थलको रुपमा लिने गरेको छ । अँग्रेजी महिनालाई लक्षित गरी भर्खरै सम्पन्न भएको भेडेटार खाना महोत्सव बढी भन्दा बढी पर्यटक भित्र्याउने र साँगुरीगढीलाई पर्यटकीय स्थल बनाउने उद्देश्यका साथ सम्पन्न भएको छ । तर यस्ता उद्देश्यलाई सामान्य भन्दा सामान्य कुराले समेत प्रभाव पार्ने गर्छ । सुनसरीको धरानजस्तै साँगुरीगढीलाई पनि पर्यटन प्रवद्र्धनको विकासमा खानेपानी समस्याले बाधा पु¥याउने निश्चित देखिएको छ ।पानी अभावकै कारण साँगुरीगढी गाउँपालिकाको गोलखाडी, आस्कोटमा खानेपानीको चरम समस्या छ । खानेपानी समस्याकै कारण उनीहरुको दिनच
धरान /धरानस्थित पेन्सन वितरण कार्यालयले शनिवार आफ्नै हाताभित्र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । भारतीय राजदूतावास अन्तर्गतको पेन्सन वितरण कार्यालयले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चुलिदै गएको रगत अभावको परिपूर्ति गरी थोरै भएपनि विरामीलाई सहज होस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा २ सय ८३ पिन्ट रगत संकलन भएको पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले बताए । उनले भने–‘हामीले मानवीय सेवा अन्तर्गत यो रक्तदान कार्यक्रम आयोजना गरेका हौ, भारतको आजादीको अमृत महोत्सव अन्तर्गतकै कार्यक्रम यो कार्यक्रम
ताप्लेजुङ/बाल सुवोधिनी संस्कृत माध्यमिक विद्यालयले खेलाडी र दातालाई सम्मान गरेको छ । फुङलिङ नगरपालिका वडा नं. ३ मा रहेको संस्कृत विद्यालयले वार्षिक कार्यक्रमको अवसरमा विजेता फुटवल खेलाडी र विभिन्न विधामा विद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको हो । वार्षिक कार्यक्रमको अवसरमा खेलाइएको छात्र, छात्रा र हाइड्रोपावर इन्जिनियरिङ तर्फका विद्यार्थीहरुबीच भएको फुटबल खेलमा छात्रातर्फ कक्षा १२ का विद्यार्थीहरु विजेता र हाइड्रोपावर इन्जिनियरिङ दोश्रो सेमेष्टरका विद्यार्थीहरु उपविजेता भएका छन् । कक्षा ९–१२ को छात्र तर्फको फाइनल खेलमा कक्षा १२ का विद्यार्थीहरु विजेता र कक्षा १० का विद्यार्थीह
धरान/धरान मोडल कलेजको सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु भएको छ । आइतबार छोटो दौड प्रतियोगिताको आयोजना गरी खेल सप्ताह सुरु गरेको हो । धरान १ मा रहेको कलेजले विगतका वर्ष झैँ यस वर्ष पनि खेलकुद सप्ताह सुरु गरेको हो । खेलकुद सप्ताह उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले धरानको भानु चौकमा आयोजित दौड प्रतियोगितालाई रिवन काटेर सुरु गर्दै खेल सप्ताहको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै बेघाले भने : यसले धरानलाई खेलकुदको सहरका रुपमा परिचित बनाउन मद्दत गर्नेछ। यस्ता कार्यक्रमको आयोजना गरिरहने मोडल कलेजलाई धन्यवाद दिए । उद्घाटन कार्यक्रममा धरा