न्यायलयको पुनर्सरचना आवश्यक

  • असार ३१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ संघीयताको मर्म अनुसार न्यायलयको पुन संरचना आबश्यक रहेको न्याय क्षेत्रका विज्ञहरूले बताएका छन् ।

विराटनगरमा आयोजित कोशी प्रदेशका अधिबक्ताहरूका लागि संवैधानिक कानुन सम्बन्धी विशिष्टीकृत तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै न्याय क्षेत्रका विज्ञहरूले संघीयताको मर्म अनुसार न्यायालयको पुनसंरचना आबश्यक रहको बताएका हुन् ।

कार्यक्रममा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले देश संघीयतामा गइसकेका कारण न्यायालयको पुनसंरचना आबश्यक रहेको धारणा राख्नुभयो । उहाँले न्यायालयको राम्रा अभ्यासलाई भत्काएर नभई संघीयताको मर्म अनुसार न्यायालयको पुनरसंरचना आबश्यक रहेको बताए ।

घिमिरेले न्यायलयको पुनर्सरचना सहित संविधान संसोधनका लागि ८ बुंदे माग राख्दै प्रधान न्यायधिशलाई ज्ञापनपत्र बुझाउने तयारी गरिएको जानकारी दिए । उनले आफूहरूको मागलाई वेवास्था गरिए कडा आन्दोलनसहितका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिए ।

बरिष्ठ अधिबक्ता डा चन्द्रकान्त ज्ञवालीले न्यायालयको पुनर्संरचना आबश्यक भइसकेको र संघियताको मर्मअनुसार न्यायालयको पुनर्सरचना गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशका मुद्दाहरू कार्यक्षेत्र र मुद्दाको प्रकृति तोकेर उच्च अदालतले नै टुंगो लगाउने व्यवस्था गर्नुपर्ने बताए ।

उनले संघीय व्यवस्था अनुसार सरकार तीन तहको भएकाले अदालत पनि तीनै तहको बनाउनुपर्ने धारणा राखे ।

नेपाल वार काउन्सील कोशी प्रदेशको आयोजनामा भएको ७ दिने तालिममा कोशी प्रदेशका १४ वटै जिल्लाका अधिबक्ताहरूको सहभागिता रहेको थियो । तालिममा सहभागिहरूलाई कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरूले प्रमाण्पत्र बितरण गरेका थिए ।

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved