शिक्षा सन्देश निजी क्षेत्रको पहिलो र नम्बर “वान”मा पर्छ

  • साउन २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

शिक्षा सन्देश इंग्लिस बोर्डिङ स्कुल साविक पाँचकन्याको पहिलो नीजि क्षेत्रको स्कुल हो ।

सरस्वती माध्यमिक विद्यालय तत्कालिन गाविसकै ऐतिहासिक र पुरानो बिद्यालय हो । सरकारी स्तरको पहिलो र ऐतिहासिक विद्यालय सरस्वती हो भने निजी क्षेत्रबाट सञ्चालित शिक्षा सन्देश पनि एतिहासिक र पहिलो स्कुल नै हो ।

 

यो स्कुल वि.सं. २०४८ सालदेखि सुरुवात भएको हो । धरान ६ पानबारीमा स्थापित शिक्षा सन्देशले स्थापनाकालदेखि नै अंगे्रजी माध्यमको शिक्षा प्रदान गर्दै आएको छ  ।

शिक्षा सन्देशले स्थापनाकालदेखि नै अभिभावक र बिद्यार्थीको अंग्रेजी माध्यमबाट पढाउने र पढ्ने सपनालाई स्थापनाकालदेखि नै पुरा गर्दै आएको छ । हजारौं बिद्यार्थीले उक्त स्कुलबाट माध्यमिक लेवलको पढाई पुरा गरी उच्च शिक्षा अध्ययन गरी आत्मनिर्भर भइसकेका छन् ।

नर्सरीदेखि कक्षा १० सम्म पढाई हुँदै गत बर्षदेखि भने त्यहीँ नै कक्षा ११ र १२ को पनि अध्ययन गराउने भरपर्दो,गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षा सन्देश स्कुल बन्न सफल भएको छ ।

s

अंग्रेजी माध्यमको पढाई र उच्च शिक्षा हासिल गर्न धरान बजार लगायत अन्यत्रै शहर जानुपर्ने बाध्यतात्मक परिस्थितीलाई सहज बनाएपछि बिद्यार्थी र अभिभावक पनि दंग छन् । आफ्नै घर अगाडी र आफ्नै गाउँमा सुविधा सम्पन्न स्कुलमा पढ्न पाउँदा उनीहरु खुशी भएका हुन् ।

यसै सन्दर्भमा शिक्षा सन्देश इंग्लिस बोर्डिङ स्कुल धरान ६ का स्कुल सञ्चालक समितीका अध्यक्ष चन्द्र बहादुर सुवेदीसँग कोशीपत्र दैनिकले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

– यो स्कुलको स्थापना कहिले र कसरी भएको हो ?

यो स्कुल वि.सं २०४८ सालमा स्थापना भएको हो । स्कुल स्थापना गर्दा देखि नै यसको महत्व र आवस्यकता बढ्दै गयो । वि.सं २०५४ सालदेखि यहाँकै स्थानीय शिक्षासेवीहरुद्धारा यसको सञ्चालनको जिम्मेवारी लिएर अहिले सम्म आइरहेका छौं ।

तत्कालिन अवस्थामा ग्रामीण भेगको दुरदशा र अभिभावकको आर्थिक अवस्था कमजोर रहेको थियो । दुई वटा खोलालाई पार गरेर धरान सम्म पुग्नु पर्ने बाध्यता रहेको थियो ।

त्यतिखेरको अवस्थादेखि शिक्षा क्षेत्रको लागि हामी स्थानीय ९ जना मिलेर यसको व्यवस्थापन गरेका हौं । त्यो अवस्थामा सामुदायिक विद्यालय एउटा मात्रै,उक्त विद्यालयमा विद्यार्थीको चाप एकदमै बढेकोले त्यसको न्युनिकरणको लागि यहाँका नानीबाबुहरुलाई उच्च शिक्षा पढ्नेको लागि सहज बनाउँदै आएका छौ ।

ss 1

गुणस्तरीय शिक्षा प्रदान गर्ने,सस्तो र सुलभ माध्यमबाट पढाई हुने र ग्रामीण भेगमा रहेर पनि अंगे्रजी माध्यमको पढाई हुने उत्कृष्ट स्कुलको रुपमा रहेको छ । अन्तराष्ट्रिय अंग्रेजी भाषाको लागि गाउँमा यो स्कुलले महत्वपुर्ण योगदान पुर्याउँदै आएको छ ।

यहाँ पढेका विद्यार्थीहरु देशका उच्च ओहोदामा पुगेका छन् । इन्जियिर, मेडिकल ,सरकारी स्तर अन्य सामाजिक संघ संस्था लगायतका क्षेत्रमा गर्बिलो पदमा रहेका छन् । अन्तराष्ट्रिय क्षेत्रको क्यानडा,जापान लगायतमा पनि उत्तिकै राम्रोसँग आफ्नो भाग्यको सुनिश्चिता गर्दै अब्बल भएर अघि बढ्दै हुनु हुन्छ । यसरी हामी स्थानीय स्तरमा राम्रो गुणस्तरीय शिक्षा दिने स्कुल बनाएर अघि बढेका छौ ।

गतसालदेखि यहाँको आवस्यकतालाई महसुस र मागलाई पुरा गर्नको निम्ति कक्षा ११ को पढाई पनि शुरु गरेका छौं ।

यसपाली कक्षा १२का बिद्यार्थी भाई बहिनीहरुले परीक्षा दिएका छन् र अव परीक्षाको नतिजाको पखाईमा रहेका छन् ।

हामीले कक्षा ११ मा म्यानेजमेन्ट,कम्युटर साइन्स फ्याकल्टीमा अध्यापन गराउन सुरु गरेका हौ । सवै अभिभावक र विद्यार्थी,शिक्षक शिक्षिका एवम् सम्पुर्णको सफलता पनि हो ।

–अब अहिले स्कुलको अवस्था के छ ?

अहिलेको अवस्थामा राम्रो छ । हामी दाबीकासाथ भन्छौ कि धरानभरीका स्कुलहरुमा हामी नम्बर वानमा पर्छौ । नढाँटी भन्नुपर्दा हामी धरानका नाम चलेका स्कुलहरुसँग तुलनात्मक रुपमा उत्कृष्ट छौ । किन की हाम्रा विद्यार्थीहरु राम्रो अंक ल्याएर उतीर्ण भएका छन् ।

यो वर्षको एसइई परीक्षाको रिजल्टले पनि देखाउँछ । विगतका बर्ष पनि त्यस्तै उत्कृष्ट नतिजा ल्याएर विद्यार्थी उतीर्ण हुदै आएका छन् ।

–स्कुलको पुर्वाधारहरु कस्तो छ ?

अवस्य पनि हामी सुविधा सम्पन्न भवन सहित सुविधायक्त पठनपाठन गराउन सक्षम छौ ।

हामीकहाँ यथेष्ठ जग्गा सहित खेल मैदान अनि आकर्षक कक्षा कोठाहरु रहेका छन् । विस्तारै यसलाई अझै डेभ्लोप गर्दै लैजाने छौ । हामी पुर्वाधारयुक्त र गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि अब्बल रहेका छौ । दुई मत छैन ।

–कसरी अब्बल त ? के आधारमा अब्बल भएको दाबी गर्नु हुन्छ ?

हामी गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि कुनै कसुर बाँकी राख्दैनौं । क्वालिटीमा प्रदान गर्नको लागि ढृढताको साथ लागि परेका छौं ।

हामीसँग क्वालिफाइड टिचरको व्यवस्था छ । विद्यार्थीको रुचीसँगै अतिरिक्त क्रियाक्लापमा पनि विशेष ध्यान दिन्छौं ।

यहाँ अरु पनि स्कुलहरु छन् । जुन तहगत रुपमा क्रमसः विकास हुदै गएका छन् । ५,६ वटा स्कुल छन्  ।

यो वडामा नै निजी क्षेत्रको स्कुल पछिल्लो समय भइरहँदा हामी नै अग्र स्थानमा रहेका छौं ।अरु स्कुललाई हामी प्रतिष्पर्धीको रुपमा हेर्दैनौ ,सहयोगीको रुपमा नै लिएका छौ ।

–अन्य स्कुलको भन्दा फरक विशेषता चाहिँ के छ ?

हामी नितान्त फरक नै छौं । किन की हामी विद्यार्थीलाई गुणस्तरीय शिक्षा त दिन्छौ नै । त्यसको अलवा हामी व्यवहारिक शिक्षामा पनि जोड दिने गरेका छौ । दक्ष शिक्षक र अहिलेको प्रविधी मैत्री शिक्षामा जोड दिएर अघि वढिरहेका छौ ।

त्यसैगरि महिनाको अन्तिम शुक्रबार कल्चरल पोशाकमा विद्यार्थी आउँछन् ।

विभिन्न जातजातीको सस्कृतिको जगेर्ना र संरक्षण अनि जानकारी दिनु स्कुलको कर्तव्य पनि हो ।

फलस्वरुपमा हामीले सोही अनुरुप शुक्रबार पढाउँदैनौ तर विविध कार्यक्रममा विद्यार्थी सहभागि भएर अभ्यास सहितको कार्यक्रममा सहभागि हुने गरेका छन् । हामीकहाँ छुट्टै डान्स कक्षा र त्यसका लागि डान्स डाइरेक्टर नियुक्ति गरेका छौ ।

जस्ले गर्दा विभिन्न जातजातीको कल्चरल डान्समा सिक्ने मौका पाउँछन् ।

घरायासी कामहरु कसरी गर्ने भनेर अभ्यास र साही अनुसार सिकाउँछौ  । जस्तो फाटेको लुगा सिलाउने सीप, दुना टपरी बनाउने लगायत जुन मानव जीवनको आवस्यकता भित्र पर्दछ ,त्यस्ता कुरा पनि सिकाउँछौ र ज्ञान दिन्छौ ।

–आगामी योजना के छन् ?

हामी मुलतः शिक्षासँगै भौतिक पुर्वाधारलाई बढी विकास गर्न तर्फ जोड दिन्छौ ।

आगामी दिनमा साइन्स ल्याब,म्युजिक ल्याब सहित सुविधा सम्पन्न भवन सहित सस्तो र सहुलियत रुपमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य लिएका छौं ।

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved