धरान / धरानमा सद्भाव भड्किने खालका गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरी निषेध गरेको छ । जारी निषेधका कारण धरानको जनजीवन प्रभावित बनेको छ । कफ्युका कारण बजार सुनसान रहेको छ भने प्रहरीले चेकपोष्टहरुम कडाई गरेको छ । अप्रिय घट्ना नघटोस् भनेर सशस्त्र प्रहरी, जनपथ प्रहरी लगायतका सुरक्षा टोली खटाइएको छ । कफ्युकै कारण सधै व्यस्त रहने धरान २ भानुचौक सुनसान रहेको छ । कोशी पहाडी क्षेत्र चल्ने सवारी साधन चल्न सकेका छैनन् भने पूर्व पश्चिम जाने यात्रुवाहक बसहरु समेत बसपार्कमा नहुदा बस स्टेन सुनसान छन् । बजार पसल पनि आंशिक रुपमा खुल्ला रहेका छन् । कोशी पहाडी क्षेत्रबाट आउने
विजयपुर / पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका विधार्थीहरुले बुधबार भानुचोकमा विरोध जुलुस निकालेका छन । इ.अ.सं. ले गरेको शुल्क वृद्धिमा उनिहरु आन्दोलित भएका हुन । सबै इन्जिनियरिङ क्यापसका विधाथीहरुले शुल्क वृद्धि विरुद्ध आवाज उढाई रहेको विधार्थीहरुको माग पुरा नभए सम्म आन्दोलन निरन्तर चलिरहने क्यापस स्ववियु सभापति नविन श्रेष्ठले बताएका छन । क्याम्पसले २ लाख ५० हजार शुल्क बाट वृद्धि गरि ७ लाख ५० हजार पुरुयाउदा विधार्थीहरुले शुल्क दान नक्ने भन्दै विरोध जुलुस निकालेका छन । सरकारको फन्ड बाट चल्ने क्याम्पसलाई व्यापारीकरण गर्ने खोजेको भन्दै यस शुल्कलाई विधार्थीहरुले कदापि नमाने भन्दै धरान&nb
धनकुटा/ समयमै मर्मत गर्न नसक्दा धनकुटा नगरपालिका १० मा उत्तरपानीमा रहेको वहुप्राविधिक शिक्षालयले जीर्ण बन्दै गएको छ । विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित यस शिक्षालयमा बालीविज्ञान र पशु विज्ञानतर्फ तीनवर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ । जिल्लाको एक मात्र कृषि प्राविधिक पढाइ हुने शिक्षालयका नामले चिनिने यस सो विद्यालय क्षेत्र कुनैबेला पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिन्थ्यो । अहिले यहाँ निर्मित ४७ भवन जीर्ण देखिन थालेका छन् भने वरिपरिको वातावरण तथा रमणीय चिया बगान, माछा पोखरीलगायतका स्थल जङ्गल बनेका छन् । बनेका भवन, प्रयोगशाला तथा विभिन्न पूर
विराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा संचानल गरेको ७ दिने प्रहरी आचरण ब्यबहार तथा नैतिक शिक्षा सम्बन्धी तालिमको समापन भएको छ । सो कार्यक्रम कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा साउन २९ गतेबाट संचालन गरिएको थियो । उक्त तालिमको आज प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। समापन कार्यक्रममा बोल्दै प्रहरी प्रमुख बास्तोलाले तालिममा सिकेका सिप, ज्ञानहरुलाई आफुलाले खटिने कार्य क्षेत्रमा व्यवहारमा उतार्न निर्देशन दिएका छन । उक्त समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा सहित अन्य प्रहरी अधिकृतहरुको समेत
विजयपुर / परिवर्तनका लागि सामाजिक अभियानको आयोजनामा निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको ४३ औं संस्करण धरान – १५ मा रहेको श्री शिक्षा सदन मा.बि मा शनिबार सम्पन्न भएको छ । उक्त शिविर स्कुलको सहकार्यमा गरिएको हो । क्लिनिकमा ७० वर्ष भन्दा माथिका जेष्ठ उमेर समुहका नागरिकहरुलाई लक्षित गरि सेवा प्रधान गर्ने उदेश्यले संचालन गरिएको हो वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाह द्वारा परीक्षण क्लिनिकमा बिशेष गरि मधुमेह, मुटु र उक्त रक्तचाप सम्बन्धिका ७८ जना विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । सो क्लनिकमा स्वास्थ्य जाँच गराउन आएका विमारीहरुले निः शुल्क उपचार गराउन पाँ
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई शैक्षिक हब बनाउनु पर्नेमा जोड दिएका छन्। विराटनगरको सगरमाथा कलेजले उत्कृष्ट अङ ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने आयोजना गरेको कार्यक्रममा बोल्दै मेयर कोइरालाले पछिल्लो समय विराटनगर शैक्षिक हब बन्दै गएको बताउदै । “शिक्षा र स्वास्थ्यको सेवा लिनका लागि अब विराटनगर बाहिर जानु नपर्नै मेयर कोइरालाले बताएका छन “देशभरिकै उत्कृष्ट अंक ल्याउने विद्यालय र कलेज विराटनगरमा रहेको छन हामीसित दुई–दुईवटा मेडिकल कलेज समेत रहेको छन् । तर पनि हाम्रा विद्यार्थीहरु काठमाडौं र विदेश पढ्न गइरहेका छन् । ” उनले गत आर्
धनकुटा/ स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा धनकुटाको छथर जोरपाटी गाउँपालिका जिल्लामा रहेका ७ स्थानिय त मध्ये पहिलो भएको छ भने प्रदेशमा आठौ स्थानमा रहेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वेवसाइटमार्फत सार्वजनिक गरेको स.स्थागत क्षमता स्वमुल्याकनको नतिजा अनुसार जिल्लाकै प्रथम भएको हो । स्वमुल्यांकन नतिजामा १ सय अंकमा छथर गाउँपालिकाले ८७ अंक प्राप्त गरेको छ । त्यस्तै स्थानिय तह वितीय सुशासन जोखिम मूल्याकनमा ८२.५ अंक प्राप्त गर्दै धनकुटा जिल्लाका पालिकामध्ये पहिलो र कोशी प्रदेशकाभरि रहेका पालिकामध्ये १० औं स्थानमा पर्न सफल भएको छ ।
विराटनगर / विराटनगरमा रहेको भानु मेमोरियल इङ्गलीश बोर्डिङ्ग स्कूलले विद्यार्थीहरुको बौद्धिक क्षमता बृद्रि गर्ने उद्देश्यले विहीवार हाजिरी जवाफ प्रतियोगीता सम्पन्न गरेको छ । उक्त प्रतियोगीतामा विद्यालयमा अध्ययनरत कक्षा ४ देखि ७ सम्मका विधार्थीहरुलाई वैज्ञानिकहरुको नाम ,न्युटन, आइस्टेन,मैक्सवेल, डारविन र टेसला नाम दिएर भएको प्रतियोगीतामा पल्लवी साह, रुविना राई र संक्षम झा ले प्रथम, स्थान हाँसिलगरेका छन ।त्यसैगरि ममता दाहाल, सोफिया खातुन, अनिमा श्रेष्ठ र इशा मेहताले दोस्रो स्थान हाँसिल गरेका छन भने युनि लगरवाल, निक्कु साह, अमजद राजा खान र सृष्टी यादवले तेस्रो भएका छन । सिनियर समूह तर्पm कक्षा ८
कोरोना भाइरस एउटा नमिठो तर लोकप्रिय परम्पराजस्तो बन्यो । जसको पनि मुखमा झुन्ड्यो । नबुझे पनि बुझेजस्तो हुनथाल्यो । संसारमा धेरैचोटी महामारीका घटनाहरु देखिएका हुन् । तर एकैचोटी एउटै अस्त्रले सिङ्गो सिस्टमलाई लक लगाउने अस्त्र भने कोरोना भाइरस ( कोभिड १९) नै देखियो । के बालक के युवा के बृद्ध सबैका दैनिकीहरु लकडाउनको फन्दामा परे । हरेक देशका सरकारले लकडाउनको अभ्यास गरे । मानवीय नियन्त्रणभन्दा बाहिर कोरोना जान थालेपछि बिकल्पहरु खोज्दै लकडाउनको सिस्टमलाई बिस्तारै परिवर्तन गर्न थाले । मानव बस्तीमा कोरोना छिरेपछि धेरै आतङ्क सिर्जना गर्यो । तर पनि मानव जाति डराएन र मानवले लखरलखर गरेकै भरमा धेरै देशक
विजयपुर / धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण यहि भदौ २५ गते बाट सुचारु हुने भएको छ । प्रतियोगितामा धरान र धरान बाहिरका १२ वटा विद्यालयका टिमले सहभागिता जनाउने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गरिरहेका विधार्थी खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् । यु १८ भनिए पनि १९ वर्ष पुरा नभएका विधार्थीहरुले खेलमा सभागिता जनाउन पाउने छैन । सो प्रतियोगिताको एक टिममा १० कक्षा सम्मका ६ जना र ११ र १२ कक्षाका ६ जना खेलाडीहरुले सहभागिता जनाउन पाउने छन । साथै कक्षा १० सम्मका खेलाडिहरुको हकमा भने १२ जनाको टिमले नै सहभाग